Top Feature News Archives | Page 7 of 17 | Education Patra

Top Feature News

सिटिइभिटीले ट्रान्सक्रिप्ट अब प्रदेश कार्यालयबाट वितरण गर्ने

सिटिइभिटीले ट्रान्सक्रिप्ट अब प्रदेश कार्यालयबाट वितरण गर्ने

Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले विद्यार्थीको ट्रान्सक्रिप्ट लगायतका विवरण अब प्रदेश कार्यालयबाट वितरण गर्ने भएको छ । परिषद्को परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले साउनदेखि सातवटै प्रदेशमा रहेका प्रदेश कार्यालयबाट ट्रान्सक्रिप्ट, लब्धाङ्क पत्र र माइग्रेसन वितरण गर्ने जानकारी दिए । अहिले परिषद्ले भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयबाट ट्रान्सक्रिप्ट, लब्धाङक पत्र र माइग्रेसन उपलब्ध हुँदै आएको छ । सातवटै प्रदेशबाट ट्रान्सक्रिप्ट लगायतका विवरण उपलब्ध गराउने भएपछि विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने झन्झट नहुने भएको छ । उनका अनुसार सातवटै प्रदेश कार्यालयबाट ट्रान्सक्रिप्ट, लब्धाङ्क पत्र र माइग्रेसन वितरणका लागि अहिले सफ्टवेयर बनाइँदै छ । परिषद्ले कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको जनकपुर, बा
आजको आवश्यकता गुणस्तरीय शिक्षासँगै रोजगारमूलक शिक्षा: डा. मिनेन्द्र रिजाल

आजको आवश्यकता गुणस्तरीय शिक्षासँगै रोजगारमूलक शिक्षा: डा. मिनेन्द्र रिजाल

Higher Education News, Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर तयार गरिएको नीति तथा कार्यक्रमबाट मात्रै मुलुकले समृद्धि हासिल गर्न सक्ने बताउनुभएको छ । वीरगञ्ज पब्लिक कलेज (बिपीसी) मा आयोजित दीक्षान्त कार्यक्रममा नेता रिजालले वीरगञ्ज पब्लिक कलेजले वीरगञ्जको शैक्षिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै गुणस्तरीय शिक्षासँगै रोजगारमूलक शिक्षा अहिलेको आवश्यकता भएकोमा जोड दिनुभयो । कलेजका संस्थापक अध्यक्ष प्राध्यापक डाक्टर दीपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पट्टेल, मध्यपश्चिम विश्व विद्यालयका पूर्व उपकुलपति उपेन्द्र कोइराला, पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदीप श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, पूर्व अध्यक्ष गणेश लाठ, वीरगञ्ज उद्योग
सङ्घीय शिक्षा ऐन संसद्को यही अधिवेशनबाट पारित गरिने

सङ्घीय शिक्षा ऐन संसद्को यही अधिवेशनबाट पारित गरिने

Banner News, Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । सङ्घीय शिक्षा ऐन संसद्को चालु अधिवेशनबाटै पारित गरिने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सङ्घीय शिक्षा ऐन संसद्को चालु अधिवेशनबाटै पारित गर्ने स्पष्ट पारिएको हो । सरकारले विद्यालय तहको पाठ्यक्रममा समसामयिक पुनरावलोकन गर्ने, हरेक वर्ष शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक उपलब्ध हुने सुनिश्चितता गर्ने पनि बताएको छ । त्यस्तै, शिक्षा क्षेत्रका सबै किसिमका छात्रवृत्तिहरूलाई एकद्वार प्रणालीमार्फत वितरण गरिने पनि उल्लेख गरिएको छ । उच्च शिक्षामा देखिएका समस्या समाधान गरी ठोस सुझाव दिन उच्चस्तरीय शिक्षा आयोग गठन गरिने पनि राष्ट्रपति पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘सङ्घीय शिक्षा ऐन यही अधिवेशनबाट पारित गरिनेछ । विद्यालय तहको पाठ्
महानगरपालिका प्रमुख बालेन शाहको आग्रह “आईडिया बैंकमा आवेदन दिनुहोस्”

महानगरपालिका प्रमुख बालेन शाहको आग्रह “आईडिया बैंकमा आवेदन दिनुहोस्”

Banner News, Main News, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले आईडिया बैंकमा आवेदन दिनका लागि आब्हान गरेका छन् । काठमाडौँ महानगरपालिकाको वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रममा सहभागी हुनका लागि मेयर शाहले महानगरवासीलाई आब्हान गरेका हुन । ‘मेरो चुनावी घोषणापत्र तथा काठमाडौ महानगरपालिकाको वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रमको प्रमुख उद्देश्य दक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबासी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो,’ उनले भनेका छन । ‘तपाइसँग आइडिया छ, तपाईँ महानगर भित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र ३ वर्ष कटेको छैन, साथै तपाइ विद्यार्थी हुनुहुन्छ,’ भन्दै आइडिया बैंकमा आउन उनले अपिल गरेका हुन् । ‘कसरी त्यसको Business Plan बनाउने Implementati