Uncategorized Archives | Page 13 of 55 | Education Patra

Uncategorized

एमबाप्पेको चोट गम्भीर

एमबाप्पेको चोट गम्भीर

Uncategorized
एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका युवा फरवार्ड किलीयन एमबाप्पेको चोट गम्भीर रहेको क्लबले विज्ञप्ति जारि गर्दै जानकारी दिएको छ । शुक्रबार भएको कप डे फ्रान्सको फाइनलका दौरान एमबाप्पेले चोट बोकेका थिए । सेन्ट एटिएनका कप्तान लोइस पेरिनले गरेको फलका कारण चोट बोकेका एमबाप्पेले अब च्याम्पियन्स लिग गुमाउने सम्भावना बढेको छ । पेरिनको फलमा रेफ्रीले सुरुवातमा पहेंलो कार्ड दिएपनि भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले रातो कार्ड दिएका थिए । एमबाप्पेले चोट बोकेपछि खेल्न नसक्दा परिवर्तन हुनुपरेको थियो । फाइनलमा नेयमारको गोलमा अग्रता लिइसकेको पीएसजीले त्यसै गोलको मदतले उपाधि जितेको थियो । एमबाप्पे दोस्रो हाफमा बैसाखीको सहारा लिएर बेन्चमा देखिएका थिए । क्लबले उनको परिक्षण गरेर प्रारम्भिक रिपोर्टमा गम्भीर चोट देखिएको बताएको छ । क्लबले जारि गरेको विज्ञप्ति अनुसार एमबाप्पेको दाया
विपद्बाट हुने सम्भावित क्षति रोक्न उच्च तयारी, ७७ जिल्लामै परिपत्र   

विपद्बाट हुने सम्भावित क्षति रोक्न उच्च तयारी, ७७ जिल्लामै परिपत्र   

Uncategorized
     नारायण ढुङ्गाना, काठमाडौ । मनसुन न्यून चापीय क्षेत्र नेपाल नजीक आएर सोमबारदेखि पुनः मौसम सक्रिय हुने देखिएपछि विपद्बाट हुने सम्भावित क्षति रोक्न ७७ वटै जिल्लामा उच्च तयारी थालिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ७७ वटै जिल्लामा परिपत्र गरेर तयारीमा लाग्न निर्देशन दिइएको हो । “सबै जिल्लाका जोखिम क्षेत्र पहिचान भएको ठाउँमा अग्रिम टोली तयारीमा राख्न र आवश्यक उद्धार तथा राहत सामग्री दुरुस्त राख्न भनिएको छ”, प्राधिकरणका प्रमुख अनिल पोखरेलले रासससँग भन्नुभयो, “सम्भावित क्षति रोक्न क्षमताले भ्याए सम्मको उच्च तयारी गरिरहेका छौँ ।” यसअघि उच्च तयारी हुँदाहुँदै पहिराका कारण मुलुकले ठूलो क्षति बेहोरेको छ । यस वर्ष बाढीपहिरो र चट्याङबाट १८१ जनाले ज्यान गुमाइसकेका छन् भने ५१ जना अझै बेपत्ता छन् । बैभन्दा बढी १२८ जनाको पहिराका कारण मृत्यु भएको छ
बार्सिलोना छाडेपछि मेस्सी इन्टर जाने चर्चा

बार्सिलोना छाडेपछि मेस्सी इन्टर जाने चर्चा

Uncategorized
एजेन्सी । डेढ दशक भन्दा लामो व्यवसायिक खेल जीवनमा लियोन मेस्सीले बार्सिलोना बाहेक अन्य क्लबका खेलेका छैनन् । तर त्यो अब परिवर्तन हुने सम्भावना देखिएको छ । मेस्सीले आफ्नो खेल जीवनमा अर्को क्लबको बाटो रोज्छन् वा रोज्दैनन् भन्ने नै बेला बेलामा प्रश्न उठ्ने गरेको छ । अहिले फेरि मेस्सीले स्पेन छाडेर इटाली जाने सम्भावनाका विषयमा चर्चा सुरु भएको छ । क्लबसँग सम्झौता नवीकरण गर्ने छलफल रोकेका मेस्सीको भविष्यबारे प्रष्ट केहि आएको छैन । बार्सिलोनाले भने मेस्सी क्लबमै रहने बताउँदै आएको छ । इन्टर मिलानले मेस्सीलाई भित्राउने विषयमा छलफल गरिरहेको बताइएको छ । उनीसँग सम्झौता गर्ने विषयमा इन्टरले अन्तरिक तयारी अघि बढाइरहेको विश्वास गरिएको छ । कप्तानको जिम्मेवारी समेत निर्वाह गरिरहेका मेस्सीको बार्सिलोनासँगको सम्झौता सन् २०२१ रहेको छ । अर्को सिजन रातो निलो जर्सी छाडेर निलो र कालो जर्सी लगाउनका
बेन्जेमा राष्ट्रिय टोलीमा फर्कनेबारे चर्चा

बेन्जेमा राष्ट्रिय टोलीमा फर्कनेबारे चर्चा

Uncategorized
एजेन्सी । रियल म्याड्रिडले स्पेनिस ला लिगा उपाधि जित्दा उच्च प्रदर्शन गरेका कारण फ्रान्सेली फरवार्ड करीम बेन्जेमाको विषयले फ्रान्सेली पत्रिकामा स्थान पाएको छ । रियलले उपाधि जित्दा टोलीका सर्वाधिक गोलकर्ता रहेका बेन्जेमाले गोल मात्र गरेनन्, आक्रमणमा समन्वयकारी भूमिका पनि खेलेका थिए । उनी ला लिगाको उत्कृष्ट खेलाडीको दाबेदार पनि थिए । विगत ५ वर्षयता बेन्जेमा अनुशासन कारवाहीका कारण राष्ट्रिय टोलीमा छैनन् । तर उनको उच्च प्रदर्शनसँगै संचारमध्यममा उनी टोलीमा फर्कने हो की भन्ने विषयले स्थान पाएको छ । धेरैले फ्रान्सेली फुटबल टोलीका प्रशिक्षक डिडिएर डेसच्याम्पस ब्यालोन डी’ओर र युरो स्थगित हुँदा आलोचनाबाट जोगिएको बताएका छन् । रियलबाट उनले गरेको प्रदर्शनका कारण पाँच वर्षयता बेन्जेमालाई टोलीमा बोलाउनु पर्ने अवस्था बनेको थियो । सन् २०१८ मा फ्रान्सेले विश्वकप उपाधि जितेको थियो । तर , त्यत
बार्सिलोनाले एक दर्जन खेलाडी बेच्ने

बार्सिलोनाले एक दर्जन खेलाडी बेच्ने

Uncategorized
एजेन्सी । बार्सिलोनाका लागि यस सिजनको अन्त्य अझै भएको छैन । च्याम्पियन्स लिगको राउन्ड अफ १६ को दोस्रो लेग खेल्न बाँकी रहेको क्याटलान टोलीले अर्को सिजनको लागि खेलाडी तयारी भने सुरु गरिसकेको छ । बार्सिलोनाले इन्टर मिलानका फरवार्ड लौटारो मार्टिनेजलाई अनुबन्ध गर्ने आफ्नो मुख्य योजनाका रुपमा अगाडि सारेको छ । तर त्यसका लागि बार्सिलोनाले आवश्यक रकम जोहो गर्न आफ्नो टोलीमा हाल रहेका खेलाडी बेच्नुपर्ने हुन्छ । क्लबको योजनामा नरहेका धेरै खेलाडीले अर्को सिजन अन्यत्र जानुपर्ने छ । हाल क्लबमा भएका खेलाडी मात्र नभएर अन्य क्लबबाट लोनमा खेलिरहेका खेलाडी पनि बेच्न बार्सिलोनाले तयारी गरिरहेको छ । बार्सिलोनाले हाल बेच्न तयारी गरेका खेलाडीबाट मात्र छुट्टै टिम समेत निर्माण गर्न सकिनेछ । बार्सिलोनाले आफ्नो योजनामा रहेका खेलाडी अनुबन्ध गर्न खेलाडी साटफेर सहितको प्रस्ताव पनि अगाडी सार्न सक्नेछ । ब
एमबाप्पेले च्याम्पियन्स लिग नखेल्ने सम्भावना

एमबाप्पेले च्याम्पियन्स लिग नखेल्ने सम्भावना

Uncategorized
एजेन्सी । कप डे फ्रान्सको फाइनलमा सेन्ट एटिएनविरुद्ध चोट बोकेपछि फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले च्याम्पियन्स लिगको अन्तिम चरणका खेल गुमाउने सम्भावना बढेको छ । खेलको पहिलो हाफमा नै सेन्ट एटिएनका कप्तान लोइस पेरिनको ट्याकलमा एमबाप्पे घाइते भएका थिए । रेफ्रीले उक्त फलका लागि सुरुवातमा पहेंलो कार्ड दिएपनि भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेरिनलाई रातो कार्ड देखाएका थिए । उक्त खेल पेरिनले संन्यास लिनुअघि अन्तिम खेल पनि थियो । यता फलका कारण चोट बोकेका एमबाप्पेले भने त्यसपछि खेल्न नसक्दा परिवर्तन भएका थिए । उनको स्थानमा पाब्लो सराबिया मैदान प्रवेश गरेका थिए । पीएसजीले नेयामारको गोलसँगै १-० को जित दर्ता गर्दै उपाधि जितेको हो । यस चोटका कारण एमबाप्पेले च्याम्पियन्स लिगका बाँकी खेल गुमाउने डर बढेको छ । उनी दोस्रो हाफका दौरान नै बेन्चमा बैसाखीको सहयोगमा हिडिरहेका देखिएका
बंगलाचुलीमा ३० घर पहिरोको जोखिममा, गाउँलेले घर छोडे

बंगलाचुलीमा ३० घर पहिरोको जोखिममा, गाउँलेले घर छोडे

Uncategorized
चन्द्रप्रकाश नेपाली घोराही, बंगलाचुली गाउँपालिका वडा नम्बर ७ ढाव स्थित करिब ३० घर पहिरोको उच्च जोखिममा परेका छन् । यस बर्षको बर्षातका कारण पहिरो जाँदा ढाव गाउँ नै पहिरोको उच्च जोखिममा परेको हो । केही दिन अघिको बर्षाले टोपबहादुर आलेको घर भत्कीएको छ भने गिरबहादुर आले, ज्ञानबहादुर आले, खड्गबहादुर आले, दानबहादुर आले, तुलबहादुर आलेको घर भत्किने अवस्थामा रहेका छन् । त्यसैगरी रेसमान थापा, यमबहादुर थापा,तेजबहादुर थापा, मिनबहादुर थापा,टोमान सिङ थापा,मिन्द्रा आले,देवबहादुर आले,हिमबहादुर आले, बोमबहादुर अधिकारी र पुर्णबहादुर अधिकारीको घर माथिबाट पहिरो खस्ने अबस्थामा रहेका छन् । अर्को तर्फ मानबहादुर आले,भानबहादुर आले,अम्बरबहादुर आले, नमबहादुर आले र टेकबहादुर थापाको घर पहिरोले बगाउने अबस्थामा पुगेको गाउँपालिकाले जनाएको छ । बस्ती नै पहिरोको जोखिममा परे पछि उनिहरु अहिले खेतमा बनाईएको टाँडीमा बसे
अनशनरतको जीवनको रक्षा गर्न आग्रह

अनशनरतको जीवनको रक्षा गर्न आग्रह

Uncategorized
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट बचाउन पिसिआर परीक्षणको बढाउनुपर्ने लगायतका माग राख्दै नौ दिनदेखि अनशनरत व्यक्तिको मागको सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा अनशनरत व्यक्तिको न्यायोचित मागहरु सम्बोधन गरी जीवनको अधिकार रक्षा गर्न र अनशनका कारण निजहरुको स्वास्थ्यमा पर्न सक्ने असरप्रति संवेदनशील भई सार्थक संवाद र यसअघिको सम्झौता कार्यान्वयन गरी समस्याको समाधान गर्न सरकारलाई आग्रह गरिएको छ । आयोगले आफ्ना मागहरु राख्ने क्रममा आमरण अनशनजस्तो कठोर बाटो नरोज्न र समस्या समाधानका लागि संवादलाई जोड दिन अनशनरत पक्षसँग समेत अनुरोध गरेको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ बाट नेपालसमेत प्रभावित भएको अवस्थामा यसको रोकथामका लागि सरकारद्वारा पिसिआर परीक्षणलाई तीव्रता दिनुपर्ने तथा स्वास्थ्य तथा जनसङ्ख्या म
एमसीसीः विषयमा अमेरिकी राजदूत र्‍याण्डी बेरीको चासो

एमसीसीः विषयमा अमेरिकी राजदूत र्‍याण्डी बेरीको चासो

Uncategorized
जनादेश संवाददाता, काठमाण्डौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो देखाएकाे छ । आइतबार उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले एमसीसीका विषयमा चासो राखेका हुन् । गएकाे जेठ १६ गते एमसीसी संसदबाट पारित गरिसक्नु पर्ने भए पनि पारित हुन नसकेपछि नेपालले गरेको आन्तरिक तयारीबारे राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेर यसबारे बुझेका हुन् । भेटमा राजदूत बेरीले एमसीसीको विषय के भइरहेका छ भन्दै चासो राखेकाे रक्षा मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले बताउनुभयो । भेटका अवसरमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि भएका प्रयासका साथै द्विपक्षीय हित र सरोकारका विभिन्न विषयमा छलफल भएको थियो । रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनार