Uncategorized Archives | Page 4 of 55 | Education Patra

Uncategorized

श्रेष्ठको निधनबाट प्रगतिशील आन्दोलनमा क्षति : प्रम ओली

श्रेष्ठको निधनबाट प्रगतिशील आन्दोलनमा क्षति : प्रम ओली

Uncategorized
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी तथा प्राध्यापक डा माणिकलाल श्रेष्ठको निधनले नेपालको प्रगतिशील आन्दोलनमा क्षति पुगेको बताउनुभएको छ । उहाँले आज शोक वक्तव्य जारी गर्दै श्रेष्ठको निधनको खबरले आफूलाई दुःख लागेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले वामपन्थी आन्दोलनमा श्रेष्ठले पु¥याउनुभएको योगदानलाई स्मरणसमेत गर्नुभएको छ । माक्र्सवादको गहिरो अध्ययन गर्नुभएका प्रा श्रेष्ठ विसं २०१४ मा काठमाडौँ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिसमेत हुनुहुन्थ्यो । प्राध्यापन पेशामा लामो समय बिताउनुभएका श्रेष्ठले वामपन्थी आन्दोलन लागेकै कारण जागिर गुमाउनुभएको थियो । मिर्गाैला र मुटु रोगबाट पीडित उहाँको ८९ वर्षको उमेरमा आज निधन भएको हो ।रासस
नेपाल समूहको भेलाको तयारी पूरा, दुई हजार नेता-कार्यकर्ता सहभागी हुने

नेपाल समूहको भेलाको तयारी पूरा, दुई हजार नेता-कार्यकर्ता सहभागी हुने

Uncategorized
जनादेश नेपाल, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका पदाधिकारीलाई प्रधानमन्त्री तथा अध्यक्ष ओलीले जिम्मेवारीविहीन बनाएपछि माधवकुमार नेपाल समूह समानान्तर कमिटी निर्माण जुटेको छ । सोहीअनुसार बुधबार र बिहीबार राष्ट्रिय कार्यकर्ता भेला बोलाइएको छ । भेलाको सम्पूर्ण तयारी पूरा भएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । पत्रकार सम्मेलनमार्फत भोलिदेखि सुरु हुने कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा भएकाले भेलामा सहभागी हुने नेता कार्यकर्तालाई आह्वान गरिएको छ । भोलिदेखि सुरु हुने भेलामा केन्द्रीय टोलीले वर्तमान राजनीतिक अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने कार्यसूची रहेको भट्टराईले जानकारी दिए । पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भेलामा देशभरबाट दुई हजार नेता कार्यकर्ता सहभागी हुने बताए । ‘दुई हजारभन्दा
प्राध्यापक श्रेष्ठको निधनले सिंगो वामपन्थी आन्दोलनलाई क्षति : प्रचण्ड

प्राध्यापक श्रेष्ठको निधनले सिंगो वामपन्थी आन्दोलनलाई क्षति : प्रचण्ड

Uncategorized
जनादेश नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राध्यापक माणिकलाल श्रेष्ठको निधनले सिंगो वामपन्थी आन्दोलनलाई क्षति पुर्‍यfएको बताएका छन् । सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले प्राध्यापक श्रेष्ठको निधनमा गहिरो दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले लेखेका छन् ‘नेपालको कम्युनिस्ट आन्दोलनका धरोहर तथा प्राध्यापक माणिकलाल श्रेष्ठको ८९ वर्षको उमेरमा भएको निधनको खबरले हामीलाई स्तब्ध बनाएको छ । प्राध्यापक  श्रेष्ठको निधनले नेपालको सिंगो वामपन्थी आन्दोलनमा अपूरणीय क्षति पुगेको छ । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दिवंगत प्राध्यापक श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त  गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकसन्तप्त परिवारजन तथा आफन्तजनप्रति समवेदना प्रकट गर्दछ ।’ श्रेष्ठ लामो
प्रतिगमनविरुद्ध सिंहदरबार र बालुवाटार घेर्ने अर्को आन्दोलन गर्न नपरोस् : प्रचण्ड

प्रतिगमनविरुद्ध सिंहदरबार र बालुवाटार घेर्ने अर्को आन्दोलन गर्न नपरोस् : प्रचण्ड

Uncategorized
जनादेश नेपाल, काठमाण्डौ ।  नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिगमन विरुद्धको प्रधानमन्त्री केपी शर्मा ओलीको कदम नसच्चिए सिंहदरबार र बालुवाटार घेर्नका लागि अर्को ओन्दोलन गर्ने चेतावनी दिएका छन्। काठमाडौंमा प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘सभा कस्तो हुन्छ ओलीले भन्नुभयो केपी जी सभा कस्तो भयो देख्नुभयो? विरोध कस्तो हुन्छ? हामी आज यहाँ साथीहरूको जानकारी अनुसार ५ लाख हाराहारी उपस्थित भएका छौँ।’ ओलीलाई चुनौति दिँदै प्रचण्डले भने प्रतिगमनविरुद्ध सिंहदरबार र बालुवाटार घेर्ने अर्को आन्दोलन गराउने बताए। ‘सर्वोच्च अदालतको न्यायधीहरूले पनि पनि जनताले के चाहेको छ भन्ने देखिसकेका छन्। जनताको शान्तिपूर्ण आन्दोलनमा गयो भने के हुन्छ भन्ने बुझे हुने चेतावनी दिए’ उनले भने, ‘आजको जनताको उपस्थितिले संविधान र जनताको पक्षमा निर
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त, कुलमान घिसिङ आउट

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त, कुलमान घिसिङ आउट

Uncategorized
जनादेश नेपाल, काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने भनेर कुलमान घिसिङलाई रोकेको सरकारले हितेन्द्रदेव शाक्यलाई भने सीधै नियुक्ति दिएको छ । प्रधानमन्त्री केपी ओलीले ऊर्जा मन्त्रालयबाट प्रस्ताव मगाएर शाक्यलाई नियुक्ति दिएका हुन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको छ । यसअघि २७ कात्तिकदेखि उनी निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गत भदौमा घिसिङलाई पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । तर, प्रधानमन्त्री ओलीले प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छान्ने भन्दै नियुक्ति रोकेका थिए । घिसिङ बिदा भएपछि प्राधिकरण निमित्त कार्यकारी निर्देशकको नेतृत्वमा थियो । करिब दुई महिना प्राधिकरण
निर्वाचनका लागि सात अर्ब बराबरको स्रोत सुनिश्चित

निर्वाचनका लागि सात अर्ब बराबरको स्रोत सुनिश्चित

Uncategorized
सरकारको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका छन् । अर्थमन्त्री पौडेलले खर्च नहुने विभिन्न क्षेत्र तथा आयोजनाको रकम निर्वाचनमा खर्च गर्ने गरी बजेट निर्धारण गरिएको बताए । उनले निर्वाचनमा हुने खर्चलाई मितव्ययी बनाउने समेत जानकारी दिए । निर्वाचन आयोग पुगेर प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री पौडेलले निर्वाचनको तयारीबारे छलफल गरेका थिए । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले आयोगसँग छलफल भएको जानकारी दिए । पत्रकार सम्मेलनमा अर्थमन्त्रीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गत परियोजनासम्बन्धी संसद्बाट हुनुपर्ने अनुमोदन नयाँ संसद् गठन भएपछि हुने बताए ।
पामेलाले आफ्नै बडीगार्डसंग गरिन् छैटौं बिहे

पामेलाले आफ्नै बडीगार्डसंग गरिन् छैटौं बिहे

Uncategorized
एजेन्सी । हलिउड नायिका पामेल एण्डरसनले आफ्नै बडीगार्ड डल ह्यैहस्टसंग गुपचुप विवाह गरेकी छिन् । ५३ वर्षिय यी नायिका प्लेब्वाई म्यागजिनमा छापिएपछि चर्चित भएकी थिइन् । उनी ‘बेवाच’की नायिका हुन् । डेलीमेल डटकमका अनुसार लकडाउनको समयमा यी नायिका हयैहस्टसंग नजिक भएकी थिइन् । क्रिशमस इभको अवसरमा क्यानडा स्थित आफ्नै घरमा विवाह गरेकी थिइन् । यो उनको कतिऔं विवाह हो भन्नेमा मिडियामा फरक फरक रिपोर्ट आएको छ । ‘द रोड रेयान’ले यो उनको छैटौ विवाह भएको दावी गरेको छ । सन १९९५ मा पहिलो पटक उनले टमीसंग विवाह गरेकी थिइन् । तीन वर्षमै उनीहरुको सम्बन्ध विच्छेद भएको थियो । सन २००६ मा किड रकसंग विवाह गरिन् । एक वर्षमै उनीहरु छुट्टिए । सन २००७ मै रिक सलोमोनसंग विवाह गरेकी पामेलाले सन २०१५ मा दोस्रो विवाह गरेकी थिइन् ।
यस्तो स्कूल, जहाँ विद्यार्थीलाई डेटिङ कला सिकाइन्छ

यस्तो स्कूल, जहाँ विद्यार्थीलाई डेटिङ कला सिकाइन्छ

Uncategorized
जनादेश नेपाल, काठमाण्डौ । आम रुपमा विद्यार्थीहरुले विद्यालयमा औपचारिक शिक्षा तथा सीपमूलक शिक्षा समेत प्राप्त गर्दछन् । तर चीनमा एउटा यस्तो स्कुल छ जहाँ विद्यार्थीहरुलाई प्रेम सम्बन्ध कसरी कायम गर्ने तथा कसरी प्रभावकारी डेटिङ जाने भन्ने विषयमा सिकाइन्छ । चीनको उक्त डेटिङ स्कुलमा विद्यार्थीहरुलाई प्रभावकारी डेटिङको शिक्षा तथा सुविधा प्राप्त हुन्छ । चीनमा विगतको एक सन्तान नीतिका कारण त्यहाँको लैंगिक अनुपात निकै खल्बलिएको छ । केटाहरुका लागि बिहे गर्न केटी पाउनसमेत हम्मेहम्मे पर्दछ । अर्थात् डेटिङका लागि कुनै युवती पट्याउनका लागि चिनियाँ युवाहरुले निकै कसरत गर्नु पर्दछ । त्यसैले चीनमा डेटिङ स्कुल मात्र होइन डेटिङ सम्बन्धी ट्युसनको व्यापार समेत निकै चम्किएको छ । एक रिपोर्ट अनुसार बेइजिङमा लभ इनर्जी नामबाट उक्त डेटिङ स्कुल खुलेको छ । त्यहाँ डेटिङलाई एक नृत्यकलाकै रुपमा लिएर सिकाइन
बदाम, ओखर र हेजलनट खाँदा शुक्रकीट उत्पादन बढ्ने: अध्ययन्

बदाम, ओखर र हेजलनट खाँदा शुक्रकीट उत्पादन बढ्ने: अध्ययन्

Uncategorized
बीबीसी । नियमित रूपमा बदाम, ओखर र हेजलनटजस्ता फल खाँदा शरीरमा स्वस्थ शुक्रकीट उत्पादन बढ्ने एउटा वैज्ञानिक शोधले देखाएको छ। चौध हप्तासम्म दैनिक दुई मुट्ठी बदाम, ओखरको दिउल र हेजलनट सेवन गरेका पुरुषहरूमा शुक्रकीटको कुल सङ्ख्या बढेको र तिनमा भरिला शुक्रकीट पनि धेरै पाइएको वैज्ञानिकहरूले बताएका छन्। पाश्चात्य जगत्मा प्रदूषण, धूमपान एवम् खानपिन आदिका कारणले वीर्यमा शुक्रकीटको सङ्ख्या घट्ने क्रम देखिएका बेला सो शोध गरिएको हो। शोधकर्ताहरूका अनुसार स्वस्थ खानाले गर्भाधानको सम्भावना बढाइदिने प्रमाण पनि भेटिएको छ। अहिले सातमध्ये एक जोडीमा गर्भाधान नहुने समस्या देखिएको छ। झन्डै ४० देखि ५० प्रतिशत बाँझोपन पुरुषका कारण हुने गरेको बताइन्छ। वैज्ञानिकहरूले १८ देखि ३५ वर्ष उमेर भएका ११९ स्वस्थ पुरुषहरूलाई दुई समूहमा विभाजित गरे। एउटा समूहका प्रत्येक पुरुषलाई ६० ग्राम बदाम, ओखर र हेजलन