सुचना प्रविधिले समाज रुपान्तरणमा सहयोग गरेको छः मेयर टिकाराम खडका
एजुकेशनपत्र काठमाण्डौं । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले अहिले सबैको पहुँचमा मोबाइल फोन र इन्टरनेट पुगेकोले समाजको रुपान्तरणमा यसले सहयोग गरेको बताउँनु भएको छ ।
गत शनिबार घोराहीमा आयोजित सञ्चार, साइबर सुरक्षा नीति तथा कानूनसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै मेयर खडकाले जनताको जीवनमा सूचना प्रविधिको महत्व र यसको नियमन र सुशासनको आवश्यकतामा समेत जोड दिनुभएको हो ।
साइबर अपराध र सुरक्षाको विषय आमनागरिकको सरोकारको विषय भएकोले स्थानीय तहले यसलाई चासो र महत्वकासाथ ग्रहण गर्नु पर्छ । अहिले बालकालिकाहरुलाई सामाजिक संजालहरुमा प्रयोग गरिदै आएको छ । यसो गरिनु राम्रो होइन । सामाजिक संजाल मार्फत नागरिकका गोप्य सुचनाहरु चुवावट भइरहेका छन् । यसलाई तीन तहको सरकारले रोक्न सक्नु पर्छ मेयर टिकाराम खडकाले भन्नु भयो ।
साइबर अपराध र सुरक्षाको विषय आमनागरिकको सरोका