Banner News Archives | Page 8 of 28 | Education Patra

Banner News

भागबण्डाले विश्वविद्यालयमा विकृति: मन्त्री राई

भागबण्डाले विश्वविद्यालयमा विकृति: मन्त्री राई

Banner News, Main News, Special News Highlights, Top Feature News
विराटनगर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले विश्वविद्यालयहरूलाई बढी राजनीतिकरण गरिएको बताएका छन् । राजनीतिक भागबण्डाको आधारमा पदाधिकारी नियुक्त हुने परिपाटीको अझै अन्त्य गर्न नसकिएको भन्दै मन्त्री राईले भागबण्डाले विश्वविद्यालयमा विकृति आएको बताए । पूर्वाञ्चल विश्वविद्यालय परिसरमा शुक्रबार आयोजित सात सय ५० सिट क्षमताको सभाहल शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री राईले विश्वविद्यालयमा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले बढी राजनीति गर्दा विश्वविद्यालयलाई घाटा भइरहेको बताए । अन्य देशमा राजनीतिक व्यक्तिलाई विश्वविद्यालयको पदाधिकारी बनाउने परिपाटी नरहेको उल्लेख गर्दै मन्त्री राईले नेपालमा पनि यसलाई बिस्तारै कम गर्दै लैजाने बताए । आफू मन्त्री बनेको एक महिनाको अवधिमा शिक्षा क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरी सुधार गर्नुपर्ने धेरै कुराहरूको विषयमा जानकारी लिएको उ
विद्यालय तहमा हुने ऐच्छिक कम्प्युटर किन पढ्ने ?

विद्यालय तहमा हुने ऐच्छिक कम्प्युटर किन पढ्ने ?

Banner News, Main News, School Education, Special News Highlights, Top Feature News
सञ्जीवन राई, काठमाडौं । विमोचन विश्वकर्मा अहिले त्रिभुवन विश्वविद्यालयको बीएससी सीएसआईटी (ब्याचलर अफ साइन्स इन कम्प्युटर एन्ड इन्फरमेसन टेक्नोलोजी) को पहिलो सेमेस्टरका विद्यार्थी हुन् । उनी एक सफ्टवेयर कम्पनीमा जुनियर प्रोग्रामरका रूपमा समेत काम गरिरहेका छन् । विश्वकर्मालाई यस सेमेस्टरमा पढाइको उति धेरै तनाव छैन । उनले कक्षा ६ देखि नै कम्प्युटर शिक्षा पढ्न सुरु गरेका थिए । कक्षा ९-१२ सम्म त  ऐच्छिक विषयका रूपमा कम्प्युटर नै पढे । अहिले पहिलो सेमेस्टरमा भएका धेरै कुरा पहिलेका कक्षामा नै पढिसकेकाले सजिलो भएको उनी सुनाउँछन् । विश्वकर्मा एक प्रतिनिधि विद्यार्थीमात्र हुन्, जसले भविष्यमा सूचना प्रविधि (आईटी) अध्ययन गर्न विद्यालय तहमा नै कम्प्युटर शिक्षा पढे । नेपालमा राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार कक्षा ९-१० मा ऐच्छिक प्रथम पत्रमा ४२ र दोस्रो पत्रमा ३५ विषय रहेका छन् । विद्यार्थीले
राष्ट्रिय समाचार समितिद्धारा विभिन्न पदका लागि आवेदन आव्हान

राष्ट्रिय समाचार समितिद्धारा विभिन्न पदका लागि आवेदन आव्हान

Banner News, Employment, Main News, Public Service Preparation
ऐजुकेशनपत्र, काठमाण्डौं । राष्ट्रिय समाचार समिति (रासस)ले विभिन्न पदका लागि आवेदन आव्हान गरेको छ । आज एक सूचना जारी गर्दै नवौँदेखि चौथो तहसम्मका लागि आवेदन आह्वान गरेको हो। खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत कर्मचारी परिपूर्ति गर्न  राससले कार्यकारी सम्पादकदेखि समाचार सहायकसम्मका पदमा  आवेदन माग गरेको हो । योग्यता पुगेका नेपाली नागरिकले जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर जेठ १८ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
कक्षा १२ को परीक्षामा ‘नन ग्रेडेड’ प्राप्त गरेका विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाइने

कक्षा १२ को परीक्षामा ‘नन ग्रेडेड’ प्राप्त गरेका विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाइने

Banner News, Main News, Top Feature News
ऐजुकेशनपत्र, काठमाण्डौं । कक्षा १२ को परीक्षामा ‘नन ग्रेडेड’ प्राप्त गरेका विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाइने व्यवस्था गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीस्तरीयबाट लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गर्ने निर्णय भएको हो । बोर्डका सदस्य सचिव दुर्गा अर्यालले दुई विषयभन्दा बढी जतिसुकै विषयमा ‘नन ग्रेडेड’ प्राप्त गरेकाले जे जति विषयमा त्यस्तो ग्रेड प्राप्त गरेका छन्, ती सबै विषयमा ग्रेड वृद्धिको परीक्षामा सम्मिलित हुन पाउने जानकारी दिनुभयो । ३५ प्रतिशतभन्दा कम प्राप्त गर्नेले ‘नन ग्रेडेड’मा वर्गीकृत हुने व्यवस्था छ । यसअघि बढीमा दुई विषयमा  ‘नन ग्रेडेड’ प्राप्त गर्नेले मात्र ग्रेड वृद्धिको परीक्षामा सहभागी हुन पाउने व्यवस्था थियो । दुई विषयभन्दा बढीमा त्यस्तो ग्रेड प्राप्त गर्नेले सबै विषयमा पुनः परीक्षा दिनुपर्ने हुन
प्रावि शिक्षकका लागि १ लाख १२ हजारको आवेदन

प्रावि शिक्षकका लागि १ लाख १२ हजारको आवेदन

Banner News, Employment, Main News, Special News Highlights
ऐजुकेशनपत्र, काठमाण्डौं । प्राथमिक तहको स्थायी शिक्षकका लागि खोलिएको विज्ञापनमा १ लाख १२ हजार भन्दा बढीको आवेदन परेको छ । शिक्षक सेवा आयोगले गत ९ चैतमा विज्ञापन आह्वान गरेको थियो । खुला प्रतियोगितात्मक परीक्षामा सहभागी हुनका लागि १ लाख १२ हजार ८५ जनाले आवेदन दिएको आयोगले जनाएको छ । आगामी जेठ २० गते विषयगत सामान्य परीक्षा हुँदैछ । उक्त परीक्षामा सहभागी हुनका लागि अनलाइनबाटै प्रवेशपत्र प्रिन्ट गर्नुपर्ने आयोगले जनाएको छ ।   प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकोले प्रवेशपत्र सुरक्षित साथ राख्न भनेको छ । परीक्षामा सहभागी हुन आउँदा प्रवेश पत्रसहित आधिकारिक निकायबाट जारी भएका परिचय खुल्ने प्रमाणपत्र जस्तै: नागरिकता वा अध्यापन अनुमतिपत्र वा सवारी चालक अनुमतिपत्र वा राहदानी अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय: एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय: एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने

Banner News, Higher Education News, Main News, Special News Highlights, Top Feature News
ऐजुकेशनपत्र, काठमाण्डौं । उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब  अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो। एनओसीका लागि अनलाइनबाटै आवेदन दिने व्यवस्था भए पनि अबदेखि भने अनलाइनबाट प्रिन्ट पनि गर्न मिल्ने बनाउन लागिएको एनओसी शाखा प्रमुख वासुदेव वस्तीले जानकारी दिए। उनले ढिलोमा अर्को हप्ताबाट अनलाइनबाटै आफैँले प्रिन्ट गर्न मिल्ने व्यवस्था हुनेछ। सरोकारवाला शैक्षिक संस्थाको ‘एपिआई इन्ट्रिग्रेड’ गरी आवेदकले प्रविष्ट गरेका कागजातका आधारमा ‘अटोनोमस भेरिफिकेसन’ गर्ने शाखा प्रमुख वस्तीले बताए। उनले भने, ‘विद्यार्थीले वैदेशिक मुद्राको सटही सुविधा लिए–नलिएको विवरणसमेत बैंक तथा वित्तीय संस्थाबाट ‘अटोमेटिक’ हुनेछ ।
धेरै विद्यार्थीमा प्राविधिक शिक्षाप्रतिको आकर्षण बढदो

धेरै विद्यार्थीमा प्राविधिक शिक्षाप्रतिको आकर्षण बढदो

Banner News, Main News, School Education, Special News Highlights
भोजपुर। प्राविधिक शिक्षा यहाँका ग्रामीण भेगका विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न सामुदायिक विद्यालयले माध्यमिक तहमा पनि प्राविधिक शिक्षाको थालनी गरेपछि विद्यार्थीमा प्राविधिक शिक्षाप्रति आकर्षण बढेको हो । रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेपछि वडाका अधिकांश विद्यार्थीले यो शिक्षा लिँदै आएका छन् । विद्यालयले दुई वर्षअघिबाट यहाँ प्राविधिक शिक्षाको थालनी गरेको हो । यहाँका विद्यार्थीले कृषि विषयमा प्राविधिक शिक्षा लिँदै आएका छन् । शिक्षा हासिल गरेपछि सहज रुपमा रोजगार पाइने तथा जीवन उपयोगी सीप हासिल हुने भएसँगै विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा परेको हो । शिक्षालाई पराम्परामूखी भन्दा पनि व्यावहारिक र प्रविधियुक्त बनाउन विद्यालयले यहाँ प्राविधिक शिक्षाको थालनी गरेको विद्यालयका प्रधानाध्यापक पेशलकुमार तिमल्सेन
शिक्षामा पहुँच अभिवृद्धि गर्न सार्वजनिक शिक्षा सुधारअनिवार्य’: नेता प्रकाशमान सिंह

शिक्षामा पहुँच अभिवृद्धि गर्न सार्वजनिक शिक्षा सुधारअनिवार्य’: नेता प्रकाशमान सिंह

Banner News, Main News, School Education, Special News Highlights
ऐजुकेशनपत्र, काठमाण्डौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहले सबै बालबालिका शिक्षाको पहुँच अभिवृद्धि गर्न सार्वजनिक शिक्षा सुधार गर्नुपर्ने बताउनु भएको छ । बुधवार त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयको प्रयोगशाला भवन निर्माणको शिलान्यास गर्दै सिंहले केही सामुदायिक विद्यालयले दिएको स्तरीय शिक्षाकै कारण पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको पनि बताउनुभयो । सामुदायिक विद्यालयले स्तरीय शिक्षा दिन नसकेका कारण अभिभावकले बाध्य भएर निजी विद्यालयमा नानीबाबु पढाउनुपरेको बताउँदै सिंहले भन्नुभयो, “ तर हिजोआज सामुदायिक विद्यालयमा पनि विद्यार्थीको आकर्षण निकै बढेको छ । यसको ज्वलन्त उदाहरण विश्व निकेतन स्कुल बनेको छ । अन्य स्कुललाई पनि यस्तै बनाउन हामी सबैको पहल आवश्यक छ ।” सामुदायिक विद्यालयमा राज्यको लगानी बढ्न
अनलाइनबाटै एनओसी जारी गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तयारी

अनलाइनबाटै एनओसी जारी गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तयारी

Banner News, Higher Education News, Main News, Special News Highlights, Top Feature News
ऐजुकेशनपत्र, काठमाण्डौं । वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) अनलाइनबाटै प्रिन्ट गर्न मिल्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो । अहिले पनि एनओसीका लागि अनलाइनबाटै आवेदन दिनुपर्ने हुन्छ । तर, अबदेखि एनओसीको प्रिन्ट पनि अनलाइनबाट आफैँले गर्न मिल्ने व्यवस्था बनाउन लागेको हो ।एनओसी शाखा प्रमुख बासुदेब वस्तीका अनुसार ढिलोमा अर्को हप्ताबाट अनलाइनबाटै प्रिन्ट गर्न मिल्ने व्यवस्था गर्न लागिएको हो । सरोकारवाला शैक्षिक संस्थाहरूको एपीआई इन्ट्रिग्रेड गरी आवेदकले सबमिट गरेका कागजातहरूका आधारमा अटोनोमस भेरिफिकेसन गर्ने वस्तीले बताए । विद्यार्थीले वैदेशिक मुद्राको सटही सुविधा लिए–नलिएको विवरण समेत बैङ्क तथा वित्तीय संस्थाहरूबाट अटोमेटिक हुनेछ । यसका लागि शाखाले बैङ्क तथा वित्तीय संस्थाहरूलाई अभिमुखीकरण ग
सम्बन्धनको विषयलाई लिएर मध्यपश्चिम विश्वविद्यालयमा लफडा

सम्बन्धनको विषयलाई लिएर मध्यपश्चिम विश्वविद्यालयमा लफडा

Banner News, Higher Education News, Main News
ऐजुकेशनपत्र, सुर्खेत । सम्बन्धनको विषयलाई लिएर यतिबेला मध्यपश्चिम विश्वविद्यालयमा विवाद बढ्दै गएको छ । केही समय अघि निजी कलेजलाई समेत सम्बन्धन दिने गरी सूचना प्रकाशित गरेपछि विद्यार्थी संगठन र प्राध्यापक संघ–संगठनहरु विरोधमा उत्रिएका हुन् । उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले विश्वविद्यालयलाई निजीकरण गर्न खोजेको भन्दै केही दिन अघिदेखि विश्वविद्यालयमा तालाबन्दी गरिएको छ । सोही विषयलाई लिएर उपकुलपति सिंहले मंगलबार आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । तर, उनको निवासमै विद्यार्थी नेताहरुको धर्ना जारी थियो भने प्रहरी तैनाथ गरिएको थियो । जसका कारण केही समय पत्रकारलाई समेत भित्र छिर्न दिइएन । पछि पत्रकारहरु गेटभित्र छिरे । करिब साढे १ घण्टा बोलेका सिंहले आफूले ऐन नियममै भएको व्यवस्थामा टेकेर सम्बन्धनको विज्ञापन खुलाएको दाबी गरे । सम्बन्धन दिने विषयमा केही सीमा रहेको र त्यस