Employment Archives | Education Patra

Employment

सुदूरपश्चिम विश्वविद्यालयले माग्यो कर्मचारी

सुदूरपश्चिम विश्वविद्यालयले माग्यो कर्मचारी

Employment, Main News
डडेलधुरा । सुदूरपश्चिम विश्वविद्यालयले करारमा नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ । विश्वविद्यालयले स्वास्थ्य विज्ञान संकाय अन्तरगत डडेलधुरा मेडिकल कलेजका लागि पदपूर्ति गर्नेगरी शुक्रबार दरखास्त आह्वान गरेको हो । जसअनुसार सहप्राध्यापकसहित विभिन्न विषयका लागि उपप्राध्यापकको माग भएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ १५ भित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ।
इञ्जिनियर पदको परीक्षा सञ्चालन भएको छैन : आयोग

इञ्जिनियर पदको परीक्षा सञ्चालन भएको छैन : आयोग

Employment, Main News, Public Service Preparation
धनगढी। सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले आयोगबाट यो प्रदेशमा इञ्जिनियर पदको कुनै पनि परीक्षा सञ्चालन नभएको जनाएको छ । आयोगको नाममा नक्कली सूचना जारी भएर परीक्षासमेत सञ्चालन भएको समाचार सञ्चार माध्यममा आएपछि आयोगले इञ्जिनियर पदको कुनै पनि परीक्षा सञ्चालन नभएको स्पष्ट पारेको हो । आयोगका प्रवक्ता हिरालाल चौधरीले अहिलेसम्म आयोगले इन्जिनियर पदको परीक्षा सञ्चालन नगरेको बताउनुभयो । “आयोगले अहिलेसम्म इञ्जिनियर पदको परीक्षा सञ्चालन गरेको छैन”, उहाँले भन्नुभयो,“कर्णाली प्रदेशको विज्ञापन तानेर त्यसमा सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको नाम जोडी भ्रम फैलाइएको छ ।” बाँकेस्थित खजुरा गाउँपालिका–२ का मनिष शर्माले सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको नाममा जारी नक्कली सूचनाको आधारमा परीक्षा दिएर ठगीमा परेको समाचार गोरखापत्रमा प्रकाशित भएको छ । उहाँले गोदावरी नगरपालिकाको अत्तरियास्थित जेके सेकेण्डरी स्
सिप हासिल गरेर विदेश जाने युवा बढ्दो

सिप हासिल गरेर विदेश जाने युवा बढ्दो

Employment, From Today's Newspaper, Main News
एजुेकशनपत्र, काठमाण्डौं । वैदेशिक रोजगारीमा जाने युवाका लागि पेसागत सिप अनिवार्य गरिएसँगै दक्ष भएर विदेश जाने युवाको सङ्ख्या क्रमशः बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा भन्दा आव २०७९/८० मा वैदेशिक रोजगारीमा दक्ष भएर जानेको सङ्ख्या ३१ प्रतिशतले बढेको हो । आव २०७५/७६ मा वैदेशिक रोजगारीमा जान पाँच लाख आठ हजार ८२७ जनाले श्रम स्वीकृति लिएकामम ३५ प्रतिशत दक्ष रहेको पाइएको छ । आव २०७९/८० मा सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएकामा दक्ष जनशक्तिको सङ्ख्या पाँच लाख छ हजार ७४६ जना (६६ प्रतिशत) रहेको छ । यो सङ्ख्या हेर्दा आव २०७८/७९ मा भन्दा आव २०७९/८० मा १९ प्रतिशत बढेको देखिन्छ । दुई वर्षको तथ्याङ्कबाट पनि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने क्रम बढेको पुष्टि गर्छ । यस्तै आव २०७८/७९ मा छ लाख ३० हजार ९० जनाले श्रम स्वीकृति लिएर विदेश गएकामा दुई लाख
रोजगारीका लागि भिजिट भिसामा थाइल्याण्ड र म्यानमार नजान परराष्ट्रको आग्रह

रोजगारीका लागि भिजिट भिसामा थाइल्याण्ड र म्यानमार नजान परराष्ट्रको आग्रह

Employment, Main News
एजुेकशनपत्र, काठमाण्डौं ।  विदेशमा रोजगारी गर्न जाँदा पर्यटक वा भिजिट भिसामा नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । थाइल्याण्ड र म्यानमारमा सूचना प्राविधिक क्षेत्रमा आकर्षक रोजगारीका लागि भन्दै गएका नेपाली बन्धक बनेको भन्दै श्रम स्वीकृतिबिना त्यहाँ नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै रोजगारीका लागि विदेश जानुअघि सरकारका सम्बन्धित कार्यालय र विदेशस्थित नियोगमा सम्पर्क गरेर रोजगारदाता कम्पनीबारे बुझ्न पनि भनेको छ । ‘आफैँले समेत सम्बन्धित कम्पनी, रोजगारदाताबारे वेबसाइट, टेलिफोन र इमेलमार्फत जाँच गर्नुहुन अनुरोध गरिन्छ’, परराष्ट्र मन्त्रालयले भनेको छ, ‘नक्कली रोजगारीका विज्ञापनहरू प्रायः सामाजिक सञ्जालमा आउने गरेका देखिएकाले यस्ता झुठा आश्वासनमा नपर्न नेपाली नागरिकहरूलाई अनुरोध गरिन्छ ।’
गत आर्थिक वर्ष २०७९/८० मा उद्योग विभागमा तीन सय २२ उद्योग दर्ता

गत आर्थिक वर्ष २०७९/८० मा उद्योग विभागमा तीन सय २२ उद्योग दर्ता

Employment, Main News
एजुेकशनपत्र, काठमाण्डौं ।गत आर्थिक वर्ष २०७९/८० मा उद्योग विभागमा तीन सय २२ उद्योग दर्ता भएका छन् । विभागले सार्वजनिक गरेको गत आवको प्रगति विवरणअनुसार स्वदेशी र विदेशीसमेत गरी तीन सय २२ उद्योग दर्ता भएका हुन् । गत आवमा विभागमा दर्ता भएका उद्योगले प्रस्ताव गरेको कूल लगानी रू दुई खर्ब १४ अर्ब बराबर रहेको छ । ती उद्योगहरुबाट प्रस्तावित रोजगारीको सङ्ख्या २३ हजार तीन सय २४ रहेको विभागले जनाएको छ । दर्ता भएकामध्ये ठूला उद्योग ६६, मझौला ७० र साना एक सय ८६ रहेका छन् । औद्योगिक व्यवसाय ऐन, २०७६ ले रू ५० करोडभन्दा बढी स्थिर पूँजी भएका उद्योगलाई ठूला, रू १५ करोड देखि रू ५० करोडसम्म मझौला र लघु तथा घरेलु उद्योगबाहेक रू १५ करोडसम्मको स्थिर पूँजी भएकालाई साना उद्योगका रुपमा वर्गीकरण गरेको छ । उद्योग विभागमा गत वर्ष पाँच प्याटेन्ट र १८ डिजाइन दर्ता भएका छन् । त्यस्तै गत आवमा दर्ता भएका ट्रेड
निजी विद्यालयलाई सरकारी विद्यालयमा सरह समान तलब उपलब्ध गराउन मेयर बलेन शाहको निर्देशन

निजी विद्यालयलाई सरकारी विद्यालयमा सरह समान तलब उपलब्ध गराउन मेयर बलेन शाहको निर्देशन

Employment, Main News, Special News Highlights
जनादेश, काठमाण्डौं ।  काठमाडौं महानगरपालिकाका मेयर बलेन शाहले निजी विद्यालयलाई सरकारी विद्यालयमा सरह समान तलब उपलब्ध गराउन निर्देशन दिएका छन् ।। शैक्षिक क्षेत्रमा शिक्षकको तलबमा अनियमितता भएको गुनासो आएपछि यस्तो निर्देशन हुन् । सामाजिक सञ्जालमार्फत बालेनले लेखेका छन्-' काठमाडौँ महानगरपालिकामा संस्थागत (निजी)  विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ। तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ। यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी सङ्घीय शिक्षा कानुनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ। सोही बमो
रत्ननगरमा नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम

रत्ननगरमा नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम

Employment, Main News
एजुकेशनपत्र काठमाण्डौं ।  चितवनको रत्ननगर नगरपालिकामा नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम शुभारम्भ भएको छ । उद्यमी बन्न चाहेका नगरवासीमध्येबाट पहिलो चरणमा छनोट गरिएका ३८ जनालाई नेपाल बैंकसँगको सहकार्यमा रु तीन लाखका दरले ‘चेक’ हस्तान्तरण गर्दै कार्यक्रमको थालिएकोे हो । सो अवसरमा नगरप्रमुख प्रलाद सापकोटाले आर्थिक अवस्था कमजोर भएकालाई पहिलो प्राथमिकता दिँदै उद्यमशीलता प्रवर्द्धन गर्न चेक हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले उद्यमीले इमान्दारिताका साथ व्यवसाय सञ्चालन गरे थप लगानी गर्ने वातावरण मिलाउन आफू तयार रहेको जानकारी दिनुभयो । “हामी उद्यमीलाई राजनीतिक आँखाले हेर्दैनौँ, प्राथमिकताका आधारमा छनोट गर्छौं”, उहाँले भन्नुभयो, “एकल महिला, सीमान्तकृत, अल्पसङ्ख्यक र दलित महिलालाई पहिलो प्राथमिकता दिएका छौँ ।” कार्यक्रममा नेपाल बैंक लिमिटेड टाँडी शाखाका प्रमुख सरोज खनालले उद्यमश
सबै विषयमा अध्ययनरत व्यक्तिले शिक्षक लाइसेन्स परीक्षामा सहभागी हुन पाउने

सबै विषयमा अध्ययनरत व्यक्तिले शिक्षक लाइसेन्स परीक्षामा सहभागी हुन पाउने

Employment, Main News, Special News Highlights
एजुकेशनपत्र काठमाण्डौं । सरकारले शिक्षक लाइसेन्स परीक्षामा जुनसुकै विषयमा अध्ययनरत व्यक्तिले पनि सहभागी हुन पाउने व्यवस्था गरेको छ । सरकारले आर्थिक वर्ष २०८०र८१ को बजेट भाषणमा यस्तो घोषणा गरेको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिए । सरकारले शिक्षक लाइसेन्स परीक्षामा सबै विषयमा अध्ययन गरेका व्यक्तिलाई सहभागी हुन दिने निर्णय गरेको छ । तर, परीक्षाको ठ्याक्कै मिति भने घोषणा भइसकेको छैन, शिक्षा तथा विज्ञान मन्त्रालयका एक अधिकारीले भने । हाल ऐनमा परिमार्जन हुन नसक्दा यो व्यवस्था कार्यान्वयनमा समस्या भएको ती अधिकारीले बताए । सरकारले बजेट भाषणमा आगामी आर्थिक वर्षदेखि यो व्यवस्था लागू गर्ने प्रस्ताव गरेको उनले बताए । तर, शिक्षक सेवा आयोगले कार्यान्वयनका लागि तत्काल आफ्नो नियमावली परिमार्जन गर्न आवश्यक छ । हालको कानूनले कुनै पनि विषय अध्ययन गर्ने व्यक्तिलाई परीक्षा दिन नदिने भए पनि स
१४४ कर्मचारी हटाउँदै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

१४४ कर्मचारी हटाउँदै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

Employment, Main News
हेटौँडा । आर्थिक सङ्कटका कारण गत चालु आर्थिक वर्षको भन्दा कम बजेट प्राप्त भएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाले कर्मचारी कटौतीको तयारी गरेको छ । बजेट अभावका कारण आगामी आर्थिक वर्षमा तलब भत्ता वितरणमा समस्या हुने भएपछि प्रतिष्ठान र हेटौँडा अस्पतालका प्रतिष्ठानले हेटौँडा अस्पतालमा सेवा विस्तार र गुणस्तर वृद्धिका लागि चालु आर्थिक वर्षमा लोक सेवा आयोगसँगको समन्वयमा विज्ञापन गरी ती कर्मचारीहरू नियुक्त गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवम् हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईँले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानको कार्यकारी परिषद्को बैठकले बजेट अभावका कारण आगामी आर्थिक वर्षमा तलब भत्ता वितरण गर्न नसक्ने भन्दै अस्पतालबाट कर्मचारी हटाउने निर्णय गरेको हो । प्रतिष्ठानका उपकुलपति विश्वराज जोशीको अध्यक्षतामा आइतबार बसेको बैठकले ब
युवालाई युरोपमा रोजगारीको आकर्षण देखाई ठगने गिरोह सक्रिय

युवालाई युरोपमा रोजगारीको आकर्षण देखाई ठगने गिरोह सक्रिय

Employment, Main News
एजुकेशनपत्र, काठमाण्डौं । केही संस्था वा व्यक्तिले भ्रमण भिसाका विभिन्न मुलुकमा आकर्षक तलब र सेवासुविधा उपलब्ध गराउने भन्दै नेपाली युवालाई ठगी गरेकोप्रति वैदेशिक रोजगार विभागको ध्यानाकर्षण गराएको छ । विभागले विज्ञप्तिमार्फत नेपाली युवालाई युरोपका विभिन्न देशमा  लगेर अलपत्र पारेका उजुरी आउने क्रम  बढेकाले यसप्रति ध्यानाकर्षण भएको जनाएको हो । विभागका अनुसार शैक्षिक परामर्शनका लागि खोलिएका कन्सल्टेन्सी, व्यक्तिले फेसबुक, युट्युबमार्फत फिलिपिन्स, माल्टा, इजरायललगायतका देशमा आकर्षक तलबको प्रलोभन देखाउने, ठूलो परिणाममा रकम असुल गर्ने र युवालाई अवैध ढङ्गबाट पठाई विदेशमा अलपत्र पार्ने घटना बढ्दै गएको छ । सरकारबाट अनुमति नभएका संस्था वा व्यक्तिको कुरालाई विश्वास गरी विदेश नजान आमयुवालाई आग्रह गर्दै यसरी ठगी गर्ने संस्था वा व्यक्तिलाई कानुन अनुसार हदैसम्म कारबाही हुने विभागका प्रवक्ता ग