नर्सको लाइसेन्सको प्रश्नपत्र र उत्तर पुस्तिका ‘लिक’ गराएको आरोपमा ३ जनालाई पक्राउ
एजुकेशनपत्र, काठमाण्डौं। नेपाल नर्सिङ काउन्सिलले सञ्चालन गरेको नर्सको लाइसेन्सको प्रश्नपत्र र उत्तर पुस्तिका ‘लिक’ गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ परेको छ ।
शनिवार काठमाडौँको सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा परीक्षामा सहभागी ३ जना परीक्षार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा पोखरा घर भएकी २० वर्षीया समीक्षा थापा, धादिङ घर भएकी २३ वर्षीया सविना आले मगर र कास्कीको लेखनाथ घर भएकी २० वर्षीया भावना गुरुङ छन् ।
उनीहरूले परीक्षा केन्द्रबाट प्रश्नपत्र र उत्तर पुस्तिकाको फोटो खिचेर म्यासेन्जर मार्फत लिक गरेको एसएसपी कार्कीले जानकारी दिए ।
परीक्षार्थीहरुले प्रश्नपत्र र उत्तर पुस्तिकाको फोटो खिचेर म्यासेन्जरमार्फत ‘अल ब्राइट इन्स्टिच्युट’ पोखराका गाडी चालक ५० वर्षीय चिज कुमार श्रेष्ठलाई पठाएका थिए । तनहु