Main News Archives | Page 18 of 81 | Education Patra

Main News

विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्नुस् : प्रधानमन्त्री

विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्नुस् : प्रधानमन्त्री

Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिनुभएको छ । मङ्गलबार बिहान त्रिभुवन विश्वविद्यालय सभाको ६४औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरूको आधारभूत दायित्व भएकोसमेत स्मरण गराउनुभएको छ । बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु ।’’ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ मुलुुककै जेठो
“हजारौं विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्दै हिसान शैक्षिक मेला सम्पन्न”

“हजारौं विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्दै हिसान शैक्षिक मेला सम्पन्न”

Main News, Top Feature News
एजुकेशनपत्र काठमाण्डौं । ‘नेपालमा उत्कृष्ट शिक्षा’ भन्ने नाराका साथ सञ्चालन भएको हिसान शैक्षिक मेला काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । जुन ८ बाट सुरु भएको मेलामा चार दिनको अवधिमा करिब १२५,००० विद्यार्थी र अभिभावकले अवलोकन गरेका थिए । आयोजकका अनुसार आइतबार मात्रै ५० हजार विद्यार्थी तथा अभिभावकको उल्लेख्य सहभागिता रहेको थियो । भृकुटीमण्डपमा विभिन्न कलेज र विश्वविद्यालयका ७५ भन्दा बढी स्टलहरू शैक्षिक अवसरहरू झल्काउने गरी राखिएका थिए । हिसानले आयोजना गरेको मेलाले मुख्यतया कक्षा ११ मा भर्ना हुने र उच्च शिक्षा हासिल गर्ने योजना बनाएका विद्यार्थीहरूलाई लक्षित गरेको थियो। विद्यार्थी र अभिभावकहरूले कलेजहरू र शैक्षिक संस्थाहरूसँग सम्बन्धित विषयहरूको दायराबारे सोधपुछ गर्दा सूचना प्रविधि सहभागीहरूका बीचमा चासोको लोकप्रिय क्षेत्रको रूपमा देखा पर्‍यो। हिसानका वरिष्ठ उपाध्यक्ष यु
काठमाडौं महानगरपालिकाद्धारा शिक्षाका लागि १ अर्ब ३२ करोड बजेट विनियोजन

काठमाडौं महानगरपालिकाद्धारा शिक्षाका लागि १ अर्ब ३२ करोड बजेट विनियोजन

Main News, Special News Highlights
एजुकेशनपत्र काठमाण्डौं । काठमाडौं महानगरपालिकाले शिक्षाका लागि १ अर्ब ३२ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत महानगरले शिक्षा क्षेत्रका लागि विभिन्न कार्यक्रम अगाडि बढाएको छ । आर्थिक वर्ष २०८०–८१ मा महानगरपालिकाको समग्र शिक्षा क्षेत्र तर्फको विभिन्न कार्यक्रम संचालन गर्न तथा नियमित क्रियाकलापको लागि आन्तरिक श्रोतबाट १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रकम विनियोजन गरेका हो । महानगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयको पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थीहरुमा आधारभूत प्राविधिक ज्ञान र सीप समेतको प्रबद्र्धन गर्न ‘गरीखाने शिक्षा, महानगरको इच्छा’ योजना अन्तर्गत विभिन्न कार्यक्रम संचालन गर्न ५० करोड विनियोजन गरेको छ । त्यस्तै सामुदायिक विद्यालय परिसरभित्रको सरसफाई र सौन्दर्यीकरणलाई नियमित र स्वचालित बनाइ विद्यालय क्षेत्र हराभरा र सुन्
अन्तरमाध्यमिक विद्यालय निबन्ध प्रतियोगितामा कृतिका जिसी प्रथम

अन्तरमाध्यमिक विद्यालय निबन्ध प्रतियोगितामा कृतिका जिसी प्रथम

Main News, School Education
काठमाडौँ । रक्तदानबारे चेतना जागृत गर्ने उद्देश्यले ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) ले आयोजना गरेको उपत्यकाव्यापी अन्तरमाध्यमिक विद्यालय निबन्ध प्रतियोगितामा बुद्धनगरस्थित केएमसी स्कुलकी कृतिका जिसी प्रथम भएकी छन् । ब्लोदानरा जारी विज्ञप्तिअनुसार, जुन १४ मा विश्वभर मनाइने रक्तदाता दिवसका अवसरमा आयोजित ‘म रक्तदान गर्नेछु’ विषयमा भक्तपुरस्थित सैनिक आवासीय विद्यालयका आयुष बञ्जारा द्वितीय र सुन्दरीजलस्थित नयाँपाटीमा रहेको डा. फोडील पब्लिक स्कुलका अटलदेव ढकाल तृतीय भएका छन् । पुरस्कृतलाई नगद क्रमशः ५०, २५ र १० हजार नगद, प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । ब्लोदानले गत वर्ष यही दिवसलाई साइत पारेर बाजुरा, चितवन, जाजरकोटलगायत जिल्लाका विद्यार्थीलाई निबन्ध प्रतियोगीतामा सहभागी गराएको थियो । यो कार्यक्रम हरेक वर्ष ब्लोदानका संस्थापक तथा विश्व रक्तदाता अर्जुनप्रसाद मैनालीको सहयोगमा
साउथ एसियन युनिभर्सिटी नयाँ दिल्लीः विद्यार्थी आन्दोलनलाई उक्साएको आरोपमा चार प्राध्यापकलाई निलम्बन

साउथ एसियन युनिभर्सिटी नयाँ दिल्लीः विद्यार्थी आन्दोलनलाई उक्साएको आरोपमा चार प्राध्यापकलाई निलम्बन

International, Main News, Top Feature News
नयाँ दिल्ली  ।  नयाँ दिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालयले विद्यार्थी आन्दोलनलाई उक्साएको आरोपमा चार प्राध्यापकलाई निलम्बन गरेको छ । गत वर्ष नोभेम्बरमा मासिक छात्रवृत्तिको रकम बढाउन माग गर्दै विद्यार्थीले आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा आन्दोलनमा संलग्न रहेको भन्दै ६ विद्यार्थीलाई निलम्बन गरिएको थियो । उक्त विश्वविद्यालय दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क) अन्तर्गत सञ्चालित छ । सार्कका परियोजनामध्ये विश्वविद्यालय मात्रै सञ्चालनमा छ । तर, सार्कमा उत्पन्न समस्याहरूको असर विश्वविद्यालयमा पर्न थालेको धेरै भइसकेको छ । शिक्षक र विद्यार्थीमाथि गरिएको कारबाहीले सार्क विश्वविद्यालय विवादमा तानिएको हो । अर्थशास्त्र विभागका स्नेहाशीष भट्टाचार्य, कानुन विभागका श्रीनिवास बुर्रा, सामाजिक विज्ञान विभागका इरफानुल्लाह फारुकी र रविकुमारलाई गत साता निलम्बन गरिए पनि कारण भनिएको छैन । नि
शिक्षा मन्त्रालयले छान्यो मुलुकभर १९७ वटा उत्कृष्ट सामुदायिक विद्यालय

शिक्षा मन्त्रालयले छान्यो मुलुकभर १९७ वटा उत्कृष्ट सामुदायिक विद्यालय

Main News, School Education, Science and Technology
काठमाडौँ, असार १० गते । शिक्षा मन्त्रालयले मुलुकभरका सामुदायिक विद्यालयमध्येबाट १९७ वटा उत्कृष्ट विद्यालय छनोट गरेको छ। मुलुकभरिका करिब २८ हजार सामुदायिक विद्यालयमध्येबाट शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका क्षेत्रमा उत्कृष्ट काम गरेका ती विद्यालय छनोट गरिएको हो। छनोटमा परेका विद्यालयलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत पाँच लाख रुपियाँका दरले आर्थिक सहायता उपलब्ध गराउने छ। हरेक जिल्लाको एक निर्वाचन क्षेत्रबाट एउटाका दरले १६५ वटा विद्यालय छनोट गरिएको मन्त्रालयले जनाएको छ। त्यसबाहेक हरेक महानगरपालिका र उपमहानगरपालिकाभित्रबाट थप दुई वटाका दरले यस्ता विद्यालय छनोट गरिएको छ। मुलुकभर पाँच महानगरपालिका र ११ वटा उपमहानगरपालिका छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले उत्कृष्ट घोषित प्रत्येक विद्यालयलाई पाँच लाख रुपियाँका दरले आर्थिक सहायता उपलब
इमान्दार र दक्ष जनशक्ति उत्पादनतर्फ विश्वविद्यालय केन्द्रित हुनुपर्छ: उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछाने

इमान्दार र दक्ष जनशक्ति उत्पादनतर्फ विश्वविद्यालय केन्द्रित हुनुपर्छ: उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछाने

Higher Education News, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछानेले दक्षमात्र नभई नैतिकवान् जनशक्ति उत्पादनतर्फ विश्वविद्यालय केन्द्रित हुनुपर्ने बताउनुभएको छ । वाल्मीकि विद्यापीठ काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘विश्वविद्यालयबाट उत्पादित जनशक्ति दक्षसँगै इमान्दार र नैतिकवान् हुनुपर्छ । यसै मान्यताका साथ विश्वविद्यालय अगाडि बढ्नुपर्छ ।’ नेपाल संस्कृत विश्वविद्यालयले विद्यापीठ र गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई नैतिकवान् बनाउन विशेष कक्षाको व्यवस्था गर्ने योजना बनाएको उपप्राध्यापक प्रा.डा. लामिछानेले बताउनुभयो । प्रकाशशास्त्रबाट आउने विद्यार्थी मात्र नभई गुरुकुलबाट उत्पादन हुने विद्यार्थीलाई पनि विश्वविद्यालयमा भित्र्याउनतर्फ आफू लागिपरेको बताउनुभयो । पुस्तकालय व्यवस्थापन तथा सूचना सेवा केन्द्रद्
रत्ननगरमा नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम

रत्ननगरमा नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम

Employment, Main News
एजुकेशनपत्र काठमाण्डौं ।  चितवनको रत्ननगर नगरपालिकामा नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम शुभारम्भ भएको छ । उद्यमी बन्न चाहेका नगरवासीमध्येबाट पहिलो चरणमा छनोट गरिएका ३८ जनालाई नेपाल बैंकसँगको सहकार्यमा रु तीन लाखका दरले ‘चेक’ हस्तान्तरण गर्दै कार्यक्रमको थालिएकोे हो । सो अवसरमा नगरप्रमुख प्रलाद सापकोटाले आर्थिक अवस्था कमजोर भएकालाई पहिलो प्राथमिकता दिँदै उद्यमशीलता प्रवर्द्धन गर्न चेक हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले उद्यमीले इमान्दारिताका साथ व्यवसाय सञ्चालन गरे थप लगानी गर्ने वातावरण मिलाउन आफू तयार रहेको जानकारी दिनुभयो । “हामी उद्यमीलाई राजनीतिक आँखाले हेर्दैनौँ, प्राथमिकताका आधारमा छनोट गर्छौं”, उहाँले भन्नुभयो, “एकल महिला, सीमान्तकृत, अल्पसङ्ख्यक र दलित महिलालाई पहिलो प्राथमिकता दिएका छौँ ।” कार्यक्रममा नेपाल बैंक लिमिटेड टाँडी शाखाका प्रमुख सरोज खनालले उद्यमश
मेचीनगरका विद्यालयलाई  ‘फिल्टर मेसिन’ वितरण

मेचीनगरका विद्यालयलाई ‘फिल्टर मेसिन’ वितरण

Main News, Uncategorized
एजुकेशनपत्र । वातावरण संरक्षण केन्द्र नेपालले मेचीनगरको छ माध्यमिक विद्यालयलाई शुद्ध पिउने पानीको सुविधाका लागि रु ३६ लाख मूल्य बराबरको अत्याधुनिक फिल्टर मेसिन प्रदान गरेको छ । एक हजार लिटर क्षमताको एउटा फिल्टरको मूल्य रु छ लाख रहेको छ । केन्द्रले विद्यालयलाई निःशुल्करुपमा फिल्टर दिएको केन्द्रका झापा प्रतिनिधि अमर मेचेले जानकारी दिनुभयो । फिल्टर मेसिन पाउने विद्यालय मेचीनगर–८ को आदर्श माध्यमिक विद्यालय, वडा नं १० को इस्ट होराइजन आवासीय अङ्ग्रेजी माध्यमिक विद्यालय र धुलाबारी माध्यमिक विद्यालय, वडा नं ९ को कवि शिरोमणि माध्यमिक विद्यालय, वडा नं १३ को सहिद दशरथ माध्यमिक विद्यालय र वडा नं १४ को बालसुबोधिनी माध्यमिक विद्यालय रहेका छन् । मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होम भण्डारीले प्राप्त भएका फिल्टर मेसिनबाट दश हजारभन्दा बढी विद्यार्थी शुद्ध पिउने पानीको सुविधाबाट लाभान्वित
साइबर सुरक्षा नीति, सूचना प्रविधिसम्बन्धी ऐन–कानूनहरू पारित गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री दाहाल

साइबर सुरक्षा नीति, सूचना प्रविधिसम्बन्धी ऐन–कानूनहरू पारित गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री दाहाल

ICT News, Main News, Top Feature News
एजुकेशनपत्र काठमाण्डौं । आईसीटी फाउन्डेसन नेपालले हुवावेसँगको सहकार्यमा काठमाडौंमा ‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ सम्पन्न गरेको छ । दुई दिने कार्यक्रमले नेपालको डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्ने र आवश्यक नीति र तिनको कार्यान्वयनमा सहयोगी हुनेछ । ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ मा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्दै साइबर सुरक्षा नीतिलगायत सूचना प्रविधिसम्बन्धी ऐन–कानूनहरू पारित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले सार्वजनिक सेवा प्रवाहमा सुदृढीकरणका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिँदै सम्बन्धित निकायलाई नीति, नियम र कानुनको कार्यान्वयनलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन । प्रधानमन्त्रीले डिजिटल नेपाल फ्रेमवर्कलाई सरकारले परिमार्जन गरी डिजिटल सशक्त नेपालका लागि आवश्यक पूर्वाधार विकासका लागि आवश्यक कदम चाल्ने बताए । उनले स