Main News Archives | Page 20 of 81 | Education Patra

Main News

१४४ कर्मचारी हटाउँदै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

१४४ कर्मचारी हटाउँदै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

Employment, Main News
हेटौँडा । आर्थिक सङ्कटका कारण गत चालु आर्थिक वर्षको भन्दा कम बजेट प्राप्त भएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाले कर्मचारी कटौतीको तयारी गरेको छ । बजेट अभावका कारण आगामी आर्थिक वर्षमा तलब भत्ता वितरणमा समस्या हुने भएपछि प्रतिष्ठान र हेटौँडा अस्पतालका प्रतिष्ठानले हेटौँडा अस्पतालमा सेवा विस्तार र गुणस्तर वृद्धिका लागि चालु आर्थिक वर्षमा लोक सेवा आयोगसँगको समन्वयमा विज्ञापन गरी ती कर्मचारीहरू नियुक्त गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवम् हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईँले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानको कार्यकारी परिषद्को बैठकले बजेट अभावका कारण आगामी आर्थिक वर्षमा तलब भत्ता वितरण गर्न नसक्ने भन्दै अस्पतालबाट कर्मचारी हटाउने निर्णय गरेको हो । प्रतिष्ठानका उपकुलपति विश्वराज जोशीको अध्यक्षतामा आइतबार बसेको बैठकले ब
प्राध्यापक सूर्यप्रसाद सुवेदी मानार्थ फेलो फेलोको पदमा निर्वाचित

प्राध्यापक सूर्यप्रसाद सुवेदी मानार्थ फेलो फेलोको पदमा निर्वाचित

Main News, Special News Highlights
करुण अर्याल, लण्डन । अक्सफोर्ड विश्वविद्यालयको एक्सेटर कलेजको प्राज्ञ सभाले प्राध्यापक सूर्यप्रसाद सुवेदीलाई मानार्थ फेलोकाे पदमा निर्वाचित गरेको छ । कला, साहित्य, विज्ञान, प्रविधि, चिकित्साशास्त्र, मानविकी, समाजशास्त्र, कानुनजस्ता विधामा उत्कृष्ट योगदान दिने व्यक्तिलाई नियुक्ति गरिने उक्त फेलोसिप अक्सफोर्डको कलेजहरूले दिन सक्ने सबभन्दा उच्च सम्मान हो । उक्त कलेजका प्राचार्य प्राध्यापक सर रिक ट्रेनोरले प्राध्यापक सुवेदीलाई अक्सफोर्डमा उच्च सम्मानको रूपमा हेरिएको बताउनुभयो  । हेरी पोटरकी चर्चित लेखिका जे के राउलिंग, बेलायती लेखकद्वय आलन बेनेट र सर फिलिप पुलम्यान,  स्पेनकी महारानी सोफिया, घानाका पूर्वराष्ट्रपति डा. जोन कुफोउर, जीव विज्ञानशास्त्री सर जोन आसवोर्थ र नेल्सन मण्डेलालगायतका व्यक्ति उक्त कलेजका मानार्थ फेलो छन् । यस्ता चर्चित व्यक्तिबीच आफूलाई पनि मानार्थ फेलो नियुक्त गरि

मेला रोकिएपछि १५ करोड रुपियाँबराबरको क्षति दाबीसहित मुद्दा दायर

Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं ।  स्पष्ट आधारबिना काठमाडौँ महानगरपालिकाले राजधानीको शैक्षिक मेला रोकेको आरोप लगाउँदै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले १५ करोड रुपियाँबराबरको क्षति दाबीसहित मुद्दा दायर गरेको छ। आइतबार हिसानद्वारा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो। हिसानका महासचिव लोकबहादुर भण्डारीका अनुसार मेला रोकिँदा भएको १५ करोड रुपियाँबराबरको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ। हिसानले जेठ ३२ गतेदेखि भृकुटीमण्डपमा शैक्षिक मेला आयोजना गरेको थियो। तर माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक नहुँदै मेला स्थलबाटै विद्यार्थी भर्ना गरिएको, उनीहरूको नाम दर्ता गरेको तथा शुल्कबारे जानकारी दिइएको आरोप लगाउँदै महानगरपालिकाले सोही दिन मेला बन्द गराएको थियो। महानगरपालिकाले मेला सञ्चालन गर्नुअघि नै सार्वजनिक स
साइबर सुरक्षा अहिलेको मुख्य चुनौती: मन्त्री रेखा शर्मा

साइबर सुरक्षा अहिलेको मुख्य चुनौती: मन्त्री रेखा शर्मा

Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, घोराही।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा अहिलेको प्रमुख चुनौती रहेको बताउनुभएको छ । शनिबार घोराहीमा आयोजित सञ्चार, साइबर सुरक्षा नीति तथा कानूनसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै यसको सुरक्षाका चुनौती बढेको बताउँनु भयो । मन्त्री शर्माले भन्नु भयो, नेपालमा सूचना प्रविधिको विकास तीव्र गतिमा भइरहेको छ, तर प्रभावकारी कानुन, नीति र नियमावली नहुँदा यसको दुरुपयोगको जोखिम बढेर गएको छ र यसलाई सम्बोधन गर्नुपर्ने चुनौती सरकारका सामु छ। कमजोर साइबर सुरक्षा कानुनका कारण नागरिकको गोपनियता हनन भई विभिन्न साइबर अपराध हुने गरेको मन्त्री शर्माले बताउँनु भयो । यस्ता दुरुपयोग हुन नदिन सरकारले साइबर सुरक्षा ऐन बनाउँन लागेको उहाँले बताउँनु भयो । । ‘सूचना र प्रविधिको दुरुपयोग र साइबर अपराधमा भएको वृद्धि
पेसागत सुरक्षा हुनुपर्ने माग राख्दै विद्यालय कर्मचारीहरू पुनः आन्दोलनमा

पेसागत सुरक्षा हुनुपर्ने माग राख्दै विद्यालय कर्मचारीहरू पुनः आन्दोलनमा

Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । विद्यालय कर्मचारीका माग पूरा गर्न सरकारले चार दशकमा आधा दर्जन सम्झौता गरे पनि कार्यान्वयनमा उदासीनता देखाएको छ। विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने र आफूहरूको पेसागत सुरक्षा हुनुपर्ने माग राख्दै कर्मचारीहरू यस पटक पुनः आन्दोलनमा होमिएका छन्। उनीहरू जेठ २० गतेदेखि चरणबद्ध रूपमा राजधानी केन्द्रित आन्दोलनमा छन्। आन्दोलन अन्तर्गत नै उनीहरू जेठ २७ गतेदेखि भद्रकालीमा रिले अनसनमा छन्। नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले आफूहरूको माग सम्बोधन नभए आइतबारदेखि सबै सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिनुभयो। विद्यालय कर्मचारी सहायक (लेखापाल) का लागि ३६ हजार ७३० रुपियाँ, विद्यालय सहयोगीका लागि २६ हजार २१० रुपियाँ तलब सुनिश्चित गर्नुपर्ने, कर्मचारीलाई दरबन्दीमा समायोजन गरी स्थायी बनाउनुपर्नेलगायतका माग रहेका छन्। गत वर्ष पनि सोही माग लिए
दाङ घोराही: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ पढाई सुरु

दाङ घोराही: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ पढाई सुरु

Main News, Special News Highlights
घोराही। दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ अध्ययन–अध्यापन सुरु गरेको छ । स्थापना भएको ६ वर्षपछि प्रतिष्ठानले बि.एस.सी. नर्सिङ र बि.एन.एस. कक्षामा भर्ना भएका विद्यार्थीहरूलाई पठनपाठन सुरु गरेको हो । प्रतिष्ठानमा पहिलो वर्ष बि.एस.सी. नर्सिङ र बि.एन.एस.तर्फ २०-२० जना विद्यार्थीहरू गरेर ४० जना भएका छन् । ४ वर्षीय बि.एस.सी. नर्सिङ र ३ वर्षीय बि.एन.एस. कक्षामा हरेक वर्ष १५ जना नेपाल सरकारको छात्रवृत्ति प्राप्त र ५ जना पेइङमा अध्ययन गर्ने विद्यार्थीहरू भर्ना हुन पाउने व्यवस्था गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. विकास लामिछानेले जानकारी दिनुभएको छ। तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताललाई २०७४ असोज १२ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति गरिएको थियो । राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्
नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह सम्पन्न

नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह सम्पन्न

Main News, Special News Highlights
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह दाङको बेलझुण्डीमा आज सम्पन्न भएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त समारोहको अध्यक्षता गरेका थिए । समारोहमा भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठी सहभागी रहेका थिए । झण्डै १२ वर्षपछि दीक्षान्त समारोह आयोजना गरिएको हो । समारोहमा विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल संस्कृत विश्वविद्यालय स्थापनाबारे प्रकाश पारेका थिए । संसारभर मानवता, विश्वशान्ति र विश्वबन्धुत्वको भावना जागृत गराउन भूमिका निर्वाह गर्न उनले दीक्षित छात्रछात्रालाई आग्रह गर्नुभयो । मन्त्री राईले कुनै जाति, वर्ग, समुदाय र पक्षसँग मात्र सम्बन्धित नभई संस्कृत वाङ्मय सबैको साझा सम्पत्ति भएका बताए । समारोहमा विश्वविद्यालयका उ
काठमाडौँ महानगरले रोक्यो शैक्षिक मेला

काठमाडौँ महानगरले रोक्यो शैक्षिक मेला

Main News, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले रोकेको छ । प्रक्रिया पुरा नगरेको भन्दै महानगर प्रहरीले शैक्षिक मेला रोकेको हो । आवश्यक प्रक्रिया पुरा गरेपछि पुनः सञ्चालन गर्न दिइने मेयर बालेन साहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति लिने क्रममा स्थानीय तहसँग पनि सहमति लिनु भनेको थियो । तर, अनुगमनको क्रममा काठमाडौँ महानगरपालिकासँग सहमति नलिएको उनको भनाई छ । त्यस्तै कक्षा १० र १२ को नतिजा सार्वजनिक नभई अग्रिम भर्ना लिन नपाउने कानुनी व्यवस्था छ । तर, शैक्षिक मेलामा विद्यार्थीहरूलाई अग्रिम रसिद दिएर पछि भर्ना खुलेको छुट पाउने भन्दै दिने गरेको पाइएकोले मेलालाई रोक लगाइएको उनको भनाई छ । उच्च शिक्षा पढ्न चाहने विद्यार्थीहरूका लागि हिसानले एडुफेयर (शैक्षिक मेला) को आयोजना गरेको थि
महानगरपालिकाले तोड्यो दुई वटा स्कुलमा लगाइएको ताला

महानगरपालिकाले तोड्यो दुई वटा स्कुलमा लगाइएको ताला

Main News, School Education
एजुकेशनपत्र, काठमाण्डौं । महानगरपालिकाले सानो भर्‍याङस्थित संस्कृति स्कुल र बाँसबारीस्थित युलेन्स स्कुलमा अनेरास्ववियु क्रान्तिकारीले तालाबन्दी गरेको खबर आएको जनाएको छ । शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले तालाबन्दी गरिएको खबर प्राप्त भएलगत्तै तत्काल एक्सन लिएर पठनपाठन सहज बनाइएको जानकारी दिए । ‘अनेरास्ववियू क्रान्तिकारीले दुई स्कुलमा ताला लगाएको खबर आएसँगै हामीले तत्काल एक्सन लिएका हौँ’, उनले भने । यसैबीच मेयर शाहले काठमाडौं महानगरपालिकाको प्रमुख प्राथमिकता शिक्षा भएको बताए । ‘हामी महानगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न निरन्तर लागिपरेका छौँ र महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने हो’, उनले भनेका छन्, ‘यदि कुनै विद्यालयले नियमको पालना नगरे काठमाडौं महानगरपालिकालाई उजुरी गर्ने हो।’ तर, पढ्ने ठाउँमा ताला लगाएर अमुक दलको शैक्
समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस गर्न त्रिविको आग्रह

समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस गर्न त्रिविको आग्रह

Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयले समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस  गर्न आग्रह गरेको छ । सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पस पूर्णरुपले एक आपसमा गाभिई समायोजन हुन चाहेमा यही असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न आग्रह गरेको हो । त्रिविले आज सूचना जारी गर्दै सम्बन्धित इच्छुक क्याम्पसलाई समायोजन हुन चाहने क्यापसले आफ्नो क्याप सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई तोकिएको समयभित्र निवेदन पेस गर्न सूचना जारी गरेको हो । निवेदन गर्दा दुवै क्याम्पसको बेग्लाबेग्लै निवेदन  दिने, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्र, नवीकरण पत्र र अक्षयकोषको रसिदको प्रतिलिपि पेस गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।  रासस