Main News Archives | Page 67 of 81 | Education Patra

Main News

क्यान्सर पीडित दिलमायालाई सहयोग

क्यान्सर पीडित दिलमायालाई सहयोग

Main News
भगवान गिरीे, पोर्चुगल ।  पोर्चुगलका नेपाली समुदायले स्तन क्यान्सरबाट पीडित सिन्धुलीको कमलामाई नगरपालिका–१० की दिलमाया दर्लामी मगरलाई रु चार लाख १५ हजार सहयोग गरेका छन् । विगत पाँच वर्षदेखि क्यान्सरबाट ग्रसित उनी भक्तपुरमा आफन्तको घरमा बसेर उपचार गरिरहनुभएको छ । पोर्चुगलका लागि नेपाली वाणिज्यदूत राजेन्द्रकुमार खेतानले उपचाररत मगरलाई घरमै पुगेर सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । पीडितको उपचारका लागि वाणिज्यदूत खेतान स्वयंले पनि रु २५ हजार सहयोग गर्नुभएको हो । विगत सात वर्षदेखि पोर्चुगल बस्दै आउनुभएका युवा दिनेश भण्डारीको अगुवाइमा आर्थिक सहयोग गरिएको हो । पीडित मगरलाई उपचारका लागि रु १५ लाख चाहिने अस्पतालले जनाएपछि पीडितको अनुरोधमा उक्त रकम सङ्कलन गरिएको बताइएको छ । स्वस्फूर्तरूपमा सहयोग गर्ने पोर्चुगलवासी गैरआवासीय मनकारी नेपालीलाई पीडित परिवारको तर्फबाट धन्यवाद दिइएको छ । रा
कोरोनाले विदेशमा थप एक नेपालीको मृत्यु

कोरोनाले विदेशमा थप एक नेपालीको मृत्यु

Main News
जनादेश काठमाण्डौ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो ।स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा १६१ नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १५० कूल सङ्क्रमितमध्ये २९ हजार २४३ अर्थात् ९३ प्रतिशत भन्दा बढी नेपाली कोरोना सङ्क्रमणमुक्त भएका छन् । गतहप्ता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये अधिकांश सङ्क्रमणमुक्त भए पनि यस हप्ता त्यहाँ सङ्क्रमणदर केही बढेको छ । यस्तै युएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो हप्ता सङ्क्रमण बढेको समितिले जनाएको छ । रासस
वर्षातको समयमा स्क्रब टाइफसको जोखिमः सचेत रहन डाक्टरको सुझाव

वर्षातको समयमा स्क्रब टाइफसको जोखिमः सचेत रहन डाक्टरको सुझाव

Main News
जनादेश काठमाण्डौ । वर्षातको समयमा स्क्रब टाइफस रोगको जोखिम हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन । अहिले धेरैको ध्यान कोरोनामा केन्द्रीत भएकाले स्क्रब टाइफस लगायतका अरु रोगको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले सुझाव दिनुभएको छ । स्क्रब टाइफस रोगका बिरामी भेटिन थालेका उहाँले जानकारी दिनुभयो । गएका वर्षमा यो बेला स्क्रब टाइफसका बिरामी धेरै हुने गरे पनि यो वर्ष कोरोनाको डरका कारण मानिस अस्पताल नपुगेका हुनसक्ने उहाँले बताउनुभयो । ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्नेलगायतका लक्षण स्क्रब टाइफसको हो । यी लक्षण कोरोना भाइरससँग मिल्दोजुल्दो हुने भएकाले कतिपयले रोग लुकाएर अस्पताल नगएको पनि हुन सक्ने उहाँको भनाइ छ । कोरोना भाइरसको कारण हुने मृत्युदरभन्दा स्क्रब टाइफसका कारण हुने मृत्युदर बढी भएकाले रोग नलुकाउ
भारतीयलाई प्रवेश नदिँदा सशस्त्रमाथि आक्रमण

भारतीयलाई प्रवेश नदिँदा सशस्त्रमाथि आक्रमण

Main News
जनादेश रौतहट । सीमानाका बन्द रहेको अवस्थामा एक भारतीय महिलालाई रौतहट प्रवेशमा रोक लगाउँदा भारतीयद्वारा सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । भारतीयको आक्रमणबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवाका वरिष्ठ हवल्दार लीलाबहादुर थापा घाइते हुनुभएको छ । उहाँको दाहिने हातमा चोट लागेको छ । शुक्रबार साँझ भारत बिहार पूर्वी चम्पारण घोडासहन थाना क्षेत्रअन्तर्गत कोरैया गाउँका दुई महिला परोहा नगरपालिका–८ नरकटिया सीमा हुँदै रौतहट प्रवेश गर्न लागेका थिए । उनीहरुलाई रोक्न खोज्दा उल्टै सशस्त्र प्रहरी हबल्दारमाथि घरेलु हतियार हँसिया प्रहार गरेका थिए । हँसिया प्रहारबाट वरिष्ठ हवल्दार थापा घाइते भएपछि स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गर्नुको साथै एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल प्रदेश २ नं बर
पहिराबाट ज्यान गुमाएका परिवारलाई राहत

पहिराबाट ज्यान गुमाएका परिवारलाई राहत

Main News
जनादेश तनहुँ। तनहुँको भानु नगरपालिका–९ सिमलगैह्रामा पहिरामा पुरिएर निधन भएका दुई जनाको परिवारलाई आज राहत रकम प्रदान गरिएको छ । साउन ५ गते पहिरामा पुरिएर निधन भएका ८० वर्षीया तीलमाया धौराली र १५ वर्षीया शिताष्मा धौरालीका परिवारलाई सङ्घ सरकारको तर्फबाट उपलब्ध गराइएको रु तीन लाख राहत रकम प्रदान गरिएको हो । तनहुँ निर्वाचन क्षेत्र नं १ का सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले उक्त रकम आज मृतकका घरमै पुगेर आफन्तलाई हस्तान्तरण गर्नुभएको छ । पहिरामा पुरिएर निधन भएका व्यक्तिका परिवारलाई यस अगाडि प्रतिमृतक रु एक लाखका दरले राहत रकम उपलब्ध गराइएको भए पनि सरकारले साउन ४ गते निर्णय गरेर पहिराबाट मृत्यु हुनेलाई रु दुई लाख र एकै घरका अन्य व्यक्तिको पनि मृत्यु भएमा थप रु एक लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो । मानिसको जीवनको मूल्य पैसामा जोख्न नमिल्ने भए पनि राहत रकमले पीडामा
नेकपाले पहिरो पीडितको ६० घर निर्माण गर्ने

नेकपाले पहिरो पीडितको ६० घर निर्माण गर्ने

Main News
जनादेश काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मस्र्याङ्दी गाउँ कमिटीले पहिरो पीडितहरुको घर निर्माण गर्ने भएको छ । गाउँ कमिटीले श्रम शिविर सञ्चालन गरेर मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारीका पहिरो पीडितहरुको घरटहरा निर्माण गर्ने निर्णय गरेको हो । गाउँ कमिटीका अध्यक्ष धनसिंह तामाङले भन्नुभयो, “पहिरो पीडितहरुको घर निर्माणको लागि जस्तापाता, बाँस, काठपात प्रयोग गरी घर निर्माण गर्न पार्टी नेता तथा कार्यकर्ताहरुलाई तीन दिनसम्म श्रम शिविरमा खटाइने निर्णय गरेका छौँ । पहिरो पीडितहरुको घर निर्माण गर्न उनीहरुको सहयोगका लागि प्रत्येक वडा कमिटी, शिक्षक सङ्घठन, निजामती कर्मचारी सङ्गठनलाई आर्थिक सहयोग सङ्कलनको जिम्मा दिएको छ । गाउँपालिकाको वडा नं. १ लाई रु २५ हजार, वडा नं. २ लाई रु ५० हजार, वडा नं. ३ लाई रु ७५ हजार, वडा नं. ४ लाई रु २५ हजार, वडा नं. ५ लाई रु २५ हज
रञ्जन कोइराला सम्बन्धी पुनरावलोकन मुद्धा आइतबार पेशीमा चढ्ने

रञ्जन कोइराला सम्बन्धी पुनरावलोकन मुद्धा आइतबार पेशीमा चढ्ने

Main News
जनादेश काठमाण्डौ । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको पुनरावलोकन निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ । यो मुद्धाको पुनरावलोकन सम्बन्धी पूरक निवेदन आइतबार पेशीमा चढ्ने सर्वोच्च अदालतले स्रोतले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला उपर परेको पुनरावलोकन निवेदनमा अब तीन जना न्यायाधीशहरुबाट सुनुवाइ हुने भएको छ । पुनरावलोकनको अनुमति पाएमा यो मुद्धा सवोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशहरुको इजलासबाट सुनुवाइ हुने छ । पूर्व डीआईजी रञ्जन कोइरालाले २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए । महाराजगञ्जमा श्रीमतीको हत्या गरेर उनले घटना लुकाउन पालुङमा शव जलाएका थिए । सो मुद्दामा जिल्ला अदालत र पुनरावेदन अदालतले उनलाई सर्वश्व सहित जन्मकैदको फैसला सुनाएको थिय
युवालाई कृषिमा प्रोत्साहन

युवालाई कृषिमा प्रोत्साहन

Main News
बलेवा, खेतबारीमा काम गर्ने जनशक्तिको अभाव र उब्जनीमा किसानको विश्वास कम भएकै कारण कृषिजन्य उत्पादन निर्यात गर्ने गलकोट नगर क्षेत्रमा अहिले तरकारीसमेत बाहिरी बजारबाट आउँछ । “खेतीयोग्य जमीन प्रशस्तै छन् तर उब्जनी घटेको छ”, नगरप्रमुख भरत शर्मा गैह्रेले भन्नुभयो, “अब हामी उत्पादन बढाउनेतिर लागेका छौँ ।” कोरोना कहरले देश फर्केका युवाको परिचालन गरेर कृषिजन्य उत्पादन बढाउने योजना नगरपालिकाले बनाएको छ । नगर युवालाई कृषि प्रतिको उत्प्रेरणा जगाउने योजनामा छ । कृषिमा आत्मनिर्भर बनाउन ‘मेरा लागि म आफैँ उब्जाउँछु’ कार्यक्रम तयार भएको छ । ‘नगर प्रमुख रोजगार कार्यक्रम’ र महिलासँग उपप्रमुख रोजगार कार्यक्रम’लाई सदुपयोग गर्ने योजना नगरको छ । “जमीन हुने किसानले बाँझो नराखून्, कम्तीमा आफूलाई चाहिले अन्न र तरकारी आफैँले उत्पादन गरून्”, गैरे भन्नुहुन्छ, “आयात प्रतिस्थापन नै निर्यातको आधर
नक्कली नोटसहित २२ वर्षे युवक पक्राउ

नक्कली नोटसहित २२ वर्षे युवक पक्राउ

Main News
जनादेश, काठमाडौं । नक्कली नोटसहित काठमाडौँको सेन्टजेभियर्स कलेजमा अध्यनरत २२ वर्षे युवक पक्राउ परेका छन् । अनलाइन साइटमा बेच्न राखिएको स्मार्ट फोन किन्दा प्रशान्त सिंह ठकुरी पक्राउ परेका छन् । एक जना मानिसले ‘भिभो–३’ मोवाइल बेच्न अनलाइनमा सूचना राखेका थिए । सिंह र मोबाइल बिक्रेताबीच स्वयम्भुमा भेटेर २० हजार पाँच सयमा मोबाइल किनबेचको कुरा भएको थियो । सो रकम नक्कली भएको शंका लागि मोबाइल बेच्ने व्यक्तिले प्रहरीमा खबर गरेका थिए । १९ हजार नक्कली नोट रहेको थाहापाएपछि प्रहरीले सिंहलाई पक्राउ गरेको हो । पक्राउ परेका सिंहमाथि थप अनुससन्भान भइरहेको प्रहरीले जनाएको छ ।
जुम्लाका स्थानीय तहमा ३० करोडभन्दा बढी बेरुजु

जुम्लाका स्थानीय तहमा ३० करोडभन्दा बढी बेरुजु

Main News
विजय रावत, खलङ्गा । जुम्लाका आठ स्थानीय तहको रु ३० करोडभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा जुम्लाका एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तहको रु ३० करोड १५ लाख २८ हजार बेरुजु देखिएको हो । यहाँका स्थानीय तहको आर्थिक वर्ष २०७५/७६ को महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा सबैभन्दा बढी चन्दननाथ नगरपालिकाको ८.२२ प्रतिशत अर्थात रु सात करोड चार लाख ४८ हजार बेरुजु रहेको छ । त्यस्तै सबैभन्दा कम हिमा गाउँपालिकाको २.३१ प्रतिशत अर्थात रु १ करोड १५ लाख ९५ हजार बेरुजु देखिएको छ । त्यसैगरी तिला गाउँपालिकाको ८.२० प्रतिशत अर्थात ५ करोड ७३ लाख आठ हजार, पातारासी गाउँपालिकाको ११.२ प्रतिशत अर्थात रु ५ करोड ५५ लाख ५७ हजार, सिंजा गाउँपालिकाको ८.४७ प्रतिशत अर्थात रु चार करोड ५६ लाख ९५ हजार रकम बेरुजु रहेको छ । गुठीचौर ग