School Education Archives | Page 9 of 12 | Education Patra

School Education

‘तीन शिक्षकले कक्षा छसम्म कसरी पढाउने’

‘तीन शिक्षकले कक्षा छसम्म कसरी पढाउने’

Main News, School Education, Special News Highlights
बझाङ। विद्यार्थी चौरमा राखिएका डेस्क बेन्चमा पढिरहेका थिए । नजिकै पीपल चौतारा र मन्दिर ।  अर्को छेउमा शौचालय तथा खानेपानी र बीचमा खुला चौरले नै सिद्धिगणेश आधारभूत विद्यालयको आंशिक परिचय दिइरहेको थियो । लहरै बालकक्षादेखि ५ कक्षामा पढ्ने बालबालिका आफ्नै धुनमा किताब पल्टाइरहेका थिए । शिक्षकले कक्षालाई समय दिएर कसैलाई लेख्न त कसैलाई पढ्न लगाएका थिए । त्यतिकैमा एउटा अनुगमन टोली आइपुग्यो र बाहिर चौरमै बसेर अनौपचारिक रूपमा शिक्षकसँग जानकारी लियो । यता विद्यार्थीलाई भने विद्यालयमा नयाँ मान्छे आएकोमा कुनै चासो थिएन । जब टोली भान्छाकोठा हुँदै कक्षा कोठातिर गयो, त्यसपछि पनि विद्यार्थी त्यही गतिमा थिए । टोलीले विद्यार्थी अनुशासित हुन् या अल्छी हुन् भन्दै कानेखुसी गर्न थाले । कक्षाकोठाबाट फर्केपछि टोलीको निष्कर्ष रह्यो विद्यार्थी अनुशासित छन् । कक्षाकोठाको अनुगमनपछि शिक्षक शिक्षिकासँगका छल
लमजुङ: राइनास नगरपालिकामा शैक्षिक सुधार कार्यक्रम सञ्चालन

लमजुङ: राइनास नगरपालिकामा शैक्षिक सुधार कार्यक्रम सञ्चालन

Banner News, Main News, School Education
लमजुङ, मङ्सिर २७ गते । लमजुङको राइनास नगरपालिकामा शैक्षिक सुधार कार्यक्रम सञ्चालन भइरहेको छ । नगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखाका कर्मचारीहरूले विद्यालय पुगेर त्यहाँको अवस्था बुझ्न थालेका छन् । नगरपालिका भित्रमा सबै विद्यालयमा पुगेर विद्यालयको अवस्था बुझ्ने, सरोकारवालाबीच छलफल गर्ने गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुँयलले बताउनुभयो । उहाँका अनुसार एक सातादेखि विद्यालय अवलोकन भइरहेको छ । विद्यालय पुग्ने, अवस्था हेर्ने, शैक्षिक अवस्थाबारे शिक्षक, अभिभावकसँग छलफल गर्ने गरिएको छ । सामुदायिक र निजी विद्यालय दुवैको शैक्षिक गुणस्तरमा ध्यान दिँदै अभियान चलाएको नगरपालिकाले जनाएको छ । नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव पूर्णबहादुर अछामीका अनुसार विद्यालय शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयको अवलोकन तथा अनुगमनको काम भइरहेको छ । शैक्ष
छोराको जन्मोत्सवको अवसरमा ६० जना विद्यार्थीलाई न्यानो कपडा प्रदान

छोराको जन्मोत्सवको अवसरमा ६० जना विद्यार्थीलाई न्यानो कपडा प्रदान

Banner News, Main News, School Education
फिदिम। जन्मदिन मनाउने चलन भड्किलो बन्दैगएका बखत पाँचथरका एक जना सर्वसाधारणले छोराको जन्मोत्सवको अवसरमा ६० जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गर्नुभएको छ । फिदिम नगरपालिका –१ मा सिदिन डेरी सञ्चालन गर्दै आउनुभएका गोपाल रिजालले आफ्ना ९ बर्षीय छोरा दिपजल रिजालको जन्मदिनको अवसर पार्दै जिल्लाको फालेलुङ गाँपालिका –७ को थोकपन आधारभुत विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत ६० जना छात्रछात्रालाई जाडो याममा लगाउने स्वेटर र स्टेशनरी वितरण गर्नुभएको हो । रिजालले सोमबार बिद्यालयमै पुगेर विद्यार्थीलाई कपडा बितरण गर्नुभयो । कपडा वितरण कार्यक्रमको संयोजन जनसेवा समाज नामक सामाजिक संस्थाले गरेको थियो । कार्यक्रममा फालेलुङ –७ का वडाध्यक्ष टेकबहादुर केरुङ, सिद्वदेवी माविका प्रधानाध्यापक सुरेन्द्र केरुङ, पूर्व प्रधानाध्यापकहरु टेकनाथ रिजाल र ओमनाथ रिजाल, पूर्व वडाध्यक्ष शेरवहादुर केरुङ र जनसेवा