Special News Highlights Archives | Page 11 of 24 | Education Patra

Special News Highlights

प्राविधिक शिक्षातर्फ विद्यार्थीको आर्कषण बढदो: सर्वेक्षणमा विद्यार्थीको संख्या २.५ प्रतिशतले बढ्यो

प्राविधिक शिक्षातर्फ विद्यार्थीको आर्कषण बढदो: सर्वेक्षणमा विद्यार्थीको संख्या २.५ प्रतिशतले बढ्यो

Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं  । आर्थिक सर्वेक्षण २०७९/८० ले सबै तहमा गत शैक्षिक सत्रभन्दा यस शैक्षिक सत्रमा विद्यार्थी संख्यामा वृद्धि भएको जनाएको छ । सर्वेक्षणका अनुसार गत शैक्षिक सत्रको तुलनामा शैक्षिक सत्र २०७९ मा अध्ययनरत विद्यार्थीको संख्या २.५ प्रतिशतले वृद्धि भइ ७२ लाख ६९ हजार ५२१ पुगेको छ । तर विद्यार्थीको संख्या बढेको भन्ने कुरा विश्वास गर्न नसकिने शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाको भनाइ छ । उनी भन्छन्, ‘यो तथ्यांकमा विश्वास गर्न सकिने आधार छैन । विद्यार्थीको चाप हुने क्षेत्र यताउता भएको हुनसक्छ तर बढेको भनेर कसरी भन्न सकिन्छ ? जन्मदर नै घटिरहेको अवस्था छ । अधिकांश विश्वविद्यालयले विद्यार्थीको घटिरहेको भन्दै तथ्यांक बनाइरहेका छन् ।’ उनका अनुसार जन्मदर घट्दै गइरहकोले तल्लो कक्षामा स्वत: विद्यार्थी कम हुने र माथिल्लो तहमा वैदेशिक अध्ययनलगायतको कारणले विद्यार्थी कम भएकोले
शिक्षण सिकाई किन कम्जोर छ?

शिक्षण सिकाई किन कम्जोर छ?

Special News Highlights, Thought/Blog
एजुकेशनपत्र, काठमाण्डौं । विद्यालयमा जे पढाइन्छ, विद्यार्थीले त्यसलाई व्यवहारमा उतार्न सकेनन् भने मान्नुपर्छ—उनीहरूले सिकेनन् वा उनीहरूलाई सिकाइएन। त्यसो त नेपालमा विद्यालय जाने भनेको शिक्षकले पढाउने र विद्यार्थीले पढ्ने भन्ने धारणा छ। त्यो मान्यतामै खोट छ। खासमा विद्यालयमा पढ्ने, पढाउने होइन, सिक्ने सिकाउने हो। किताबमै भएकै कुरा रटाउनुलाई पढाउने भनेर बुझिएको छ। तर, खासमा किताबमा जुन ज्ञान हुन्छ, त्यसलाई व्यवहारमा उतार्न सक्ने बनाउनुचाहिँ सिकाउनु हो। किताबमा भएकै कुरामात्रै घोक्ने र घोकाउने अनि परीक्षामा उत्कृष्ट अंक ल्याउने मानसिकता र प्रवृत्ति विद्यालय र अभिभावक दुवैमा छ। त्यही न सरासर गलत हो। त्यसैले त विद्यालयका परीक्षामा उत्तीर्ण विद्यार्थी जिन्दगीका परीक्षामा फेल भइरहेका हुन्छन्। हाम्रा सामुदायिक विद्यालयहरूमा पढाएकै कुरा कमै विद्यार्थीले सिकेको पटक–पटकका परीक्षणले देखाएका छ
विश्वविद्यालय आविष्कार र अनुसन्धानका केन्द्र बन्नुपर्छ : प्रधानमन्त्री

विश्वविद्यालय आविष्कार र अनुसन्धानका केन्द्र बन्नुपर्छ : प्रधानमन्त्री

Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयलाई आविष्कार र अनुसन्धानको केन्द्रको रूपमा विकास गर्न जरुरी रहेको बताएका छन्। नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अनुसन्धानमा आधारित मौलिक  उच्चशिक्षाको आवश्यकता रहेको बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले भने, ‘प्राज्ञिक क्षेत्रमा तपाईंहरूले विकास र रूपान्तरणका कैयन सैद्धान्तिक र दार्शनिक पक्षको चर्चा  गर्न आवश्यक छ । विश्वका कतिपय अनुभव, सिद्धान्त र दर्शनलाई नेपाल सुहाउँदो विकास र परिवर्तनको मोडेलको खोजीका लागि विश्वविद्यालय तहमा अनुसन्धान जरुरी छ र तपाईं प्राध्यापकहरू अनुसन्धानमा केन्द्रित हुनुपर्दछ।’ शैक्षिक बेरोजगारी राष्ट्रको मूल समस्या भएको बताउँदै देशभित्रै उद्यमशील वातावणको निर्माण गरी रोजगारी सिर्जना, स्वरोजगारी र समृद्धि हासिल
सबै सामुदायिक आधारभूत विद्यालयहरूमा इन्टरनेट जडान गरिने

सबै सामुदायिक आधारभूत विद्यालयहरूमा इन्टरनेट जडान गरिने

Main News, School Education, Special News Highlights, Top Feature News
काठमाडौँ । ६६ जिल्लाका सबै सामुदायिक आधारभूत विद्यालयहरूमा इन्टरनेट जडान गरिने भएको छ । भूकम्प प्रभावित ८ वटा जिल्ला र काठमाडौँ उपत्यकाबाहेक ६६ जिल्लाका सबै सामुदायिक आधारभूत विद्यालयहरूमा ब्रोडब्याण्ड इन्टरनेट जडान गरिन लागेको हो । त्यसका लागि स्थानीय तहहरूसँग समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । भूकम्पबाट अति प्रभावित ८ जिल्लाहरू (काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट,दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा) र काठमाडौं उपत्यमा भने यो सम्झौता कार्यान्वयन हुनेछैन । सामुदायिक आधारभूत विद्यालयमा ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत जडान गर्न लागिएको हो । त्यसका लागि “ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी स्थानीय तह मार्फत ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पुऱ्याउने सम्बन्धी कार्यविधि, २०७८ अनुसार जडान गरिने ने
निजी मेडिकल कलेजको मनपरी शुल्क नियन्त्रणमा

निजी मेडिकल कलेजको मनपरी शुल्क नियन्त्रणमा

From Today's Newspaper, Higher Education News, Main News, Special News Highlights
ईश्वरराज ढकाल, काठमाण्डौं ।  चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले निजी मेडिकल कलेजको मनपरी शुल्क नियन्त्रण गर्नु नै आयोगको मुख्य सफलता भएको बताउनुभएको छ । आयोग गठन भएदेखि विरोधमा उत्रिएका निजी मेडिकल कलेजले शुल्क घटाएकोमा आपत्ति जनाएको प्रसंग उल्लेख गर्दै भन्नुभयो– ‘उहाँहरू शुरूदेखि नै आयोगको विपक्षमा पटकपटक आन्दोलन उत्रिनुभयो । कलेज सञ्चालन गर्न सक्दैनौं भनेर हामीलाई चाबी नै बुझाउनुभयो । आयोग स्थापना हुनुअघि एमबीबीएसको लागि १ करोड रुपियाँसम्म असुल्ने गरिएको थियो, हाल ४०–४५ लाखमै पढ्न पाइन्छ । आयोगको यो नै ठूलो सफलता हो ।’ चारवर्षे कार्यकाल सकिन करिब दुई महिना बाँकी रहँदा बिहीबार आयोगले पत्रकार सम्मेलन गरी आयोगले अहिलेसम्म गरेको कामको बारेमा जानकारी दिएको हो । कार्यक्रममा उपाध्यक्ष प्राडा गिरीले आयोगकै कारण चिकित्सा शिक्षा क्षेत्रमा सुधार आएको दाबी गर्नुभयो ।
विद्यालयको गुणस्तर सुधार्न प्रधानाध्यापकसँग करारनामा सम्झौता

विद्यालयको गुणस्तर सुधार्न प्रधानाध्यापकसँग करारनामा सम्झौता

Main News, Special News Highlights
एजुकेशनपत्र, धनगढी। बाजुराको बुढीगंगा नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि सो पालिकामा रहेका २९ वटा विद्यालयका प्रधानाध्यापकसँग एक वर्षीय ३४ बुँदे करारनामा गरेको छ । करारनामा हस्ताक्षर गर्ने क्रममा नगर प्रमुख रामबहादुर बानियाँले करारनामापछि अहिले भएको सिकाई उपलब्धिबाट यो शैक्षिक सत्रमा ३ बाट ३० पुग्ने विश्वास गर्नुभयो । बुधवार भएको करारनामा सम्झौता सफल बनाउन अभिभावक,शिक्षक,कर्मचारी ,राजनीतिक दल र जनप्रतिनिधि सबैको साथ सहयोगका हुने अपेक्षा पनि नगरप्रमुख बानियाँको छ । ३४ बुँदामा शैक्षिक क्यालेन्डर बनाउने, मातहतका शिक्षकसँग पनि प्रधानाध्यापकले करार सम्झौता गर्ने विद्यालयले गाउँ टोलमा अभिभावक शिक्षा दिनु पर्ने , कक्षामा वालमैत्री बसाइँ बनाउने, गुणस्तर सुधारको अवस्था बारे त्रैमासिक र अर्धवार्षिकरुपमा समीक्षा गर्ने, परीक्षा इकाई बनाउने, अभिभावक भेला तीन-तीन महिनामा गर्ने, विद्यालयको
कक्षा १२ को ऐच्छिक नेपालीबाट भुपाल राईको कविता ‘हरिनन्द र माटो’ हटाउन दबाव

कक्षा १२ को ऐच्छिक नेपालीबाट भुपाल राईको कविता ‘हरिनन्द र माटो’ हटाउन दबाव

Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । कक्षा १२ को ऐच्छिक नेपालीमा राखिएको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको कविता ‘हरिनन्द र माटो’ लाई किताबबाट हटाउन विभिन्न समूहहरूले दबाव दिन थालेका छन् । एजुकेशनपत्र, काठमाण्डौं । पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरलाई कुलपति राईको कविता किताबबाट हटाउन दबाव आएको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । सार्वजनिक रूपमा पुस्तक बिक्री वितरणमा रोक लगाउने चर्चा चले पनि केन्द्रले निर्णय गरिनसकेको पाठ्यक्रम विकास केन्द्रको भनाइ छ । केन्द्रका सूचना अधिकृत डा.बाबुराम ढुंगानाले अनलाइनखबरसँग कवितामा प्रयोग भएको शब्द सच्याउनको लागि सुझाव आए पनि निर्णय नभइसकेको बताए। ‘कवितामा प्रयोग भएको शब्दमाथि धेरै सुझाव आएको छ। विषय समितिले लेखकसँगै बसेर समाधानको उपाय खोज्ला। अहिले केन्द्रले केही निर्णय गरिसकेको छैन,’ उनले भने । कुलपति राईको ‘आगोले जन्मोत्सव म
बृहत् यौनिकता शिक्षा सम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु

बृहत् यौनिकता शिक्षा सम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु

From Today's Newspaper, Main News, School Education, Special News Highlights
काठमाडौँ। बृहत् यौनिकता शिक्षा सम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन काठमाडौँमा बुधवारदेखि सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले सम्मेलनको उद्घाटन गर्दै सफलताको कामना सहित यो सम्मेलनले नेपालको संविधानमा भएको प्रजनन् स्वास्थ्यमा मदत पु–याउने विश्वास आफूले लिएको बताउनुभयो । उहाँले विद्यालय शिक्षामा  यौनिक शिक्षा समेट्ने कुरामा नेपाल सरकार सजक रहेको र यसका लागि सरोकारवाला निकायको प्रभावकारी समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनुभयो । उहाँले हाल भइरहेका प्रयासहरूको विस्तृत छलफल गरी सान्दर्भिक सुझाव प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु भन्नुभयो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, यूएनएफपीए नेपाल लगायतका विभिन्न संघ संस्थाहरुको आयोजनामा सञ्चालित सम्मेलनको महत्त्व र आवश्यकतालाई प्रकाश पार्दे शिक्षा मन्त
राप्ती इञ्जिनियरिङ कलेज -‘लुम्बिनी प्रदेशकै उत्कृष्ट कलेज’ बन्न सफल: बरिष्ट ईन्जिनियर रामधन श्रेष्ठ

राप्ती इञ्जिनियरिङ कलेज -‘लुम्बिनी प्रदेशकै उत्कृष्ट कलेज’ बन्न सफल: बरिष्ट ईन्जिनियर रामधन श्रेष्ठ

Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । घोराही उपामहानगरपालिका १६मा संचालित राप्ती इञ्जिनियरिङ कलेजले स्प्रीरिङ सेमेष्टर २०२२ मा अध्ययरत बिई सिभिल र बिसिए कार्यक्रममा अध्ययरत विद्यार्थीहरुको लागि अभिमुखिकरण तालिम सम्मपन्न भएको जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं प्रशिक्षक घोराही उपमहानगरपालिका ईन्जिनियर रामधन श्रेष्ठले राप्ती इञ्जिनियरिङ कलेज लुम्बिनी प्रदेशकै उत्कृष्ट कलेज बन्न सफल भएको बताएका छन् । कलेज स्थापनाको छोटो समयमै कलेजबाट उत्पादीत ८० प्रतिशत शैक्षिक जनशक्तिले रोजगार प्राप्त गर्न सफल हुन चानचुन कुरा नभएको बताए । साथै उनले इञ्जिनियरिङ शिक्षा अन्य शिक्षाको तुलनामा अलि जटिल भएतापनि यसले दिने उत्पादन राम्रो हुने बताएका छन् । कलेजले शुरु गरेको अनुसंधान विधीमा आधारीत शिक्षण सिकाईले गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने हुँदा उक्त विधि कलेजले प्रयोग गरेकोमा कलेजलाई धन्यवाद दिएका छन् ।
असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

Banner News, Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । मन्त्रिपरिषद्को बैठकले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मंगलबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा प्रत्येक वर्षको असोज २ गते सो दिवस मनाउने निर्णय गरेको जानकारी दिनुभयो । यसैगरी, अर्थ मन्त्रालयको प्रस्तावमा शिक्षा क्षेत्र रुपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने एक सय २० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्ने निर्णय भएको उहाँले बताउनुभयो । उहाँले परराष्ट्र मन्त्रालयको प्रस्तावमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति तेस्रो संशोधन आदेश, २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो । सञ्चारमन्त्री शर्माले भन्नुभयो, “तेस्रो संशोधन आदेशलाई स्वीकृत गर्ने प्रक्रियामा केही जटिलता