विश्वविद्यालय र मिडिया समावेशी बनाउन जोड
काठमाण्डौं । विश्व विद्यालयहरुका पाठ्यक्रमदेखि भौतिक संरचनामा दलित समुदायलाई समेट्नु पर्नेमा अधिकारकर्मीले जोड दिएका छन् । काठमाडौंमा आइतबार जागरण मिडिया सेन्टरले ‘विश्व विद्यालयहरुको पत्रकारिता शिक्षामा समावेशिता’ अन्तक्रियामा वक्ताहरुले उक्त विषयमा धारणा राखेका हुन् ।
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभागका प्रमुख चिरन्जीवी खनालले पाठ्यक्रम समावेशी बनाउने विषयमा संवेदशील रहेको बताए । उनले कतिपय शैक्षिक संस्थाले आफ्ना पाठ्यक्रममा समावेशिता झल्किने विषय समेट्दै आएको सुनाए । ‘टियूले पनि समावेशी अभ्यास सुरु गर्ने प्रक्रियामा छ,’ उनले भने,‘जसमा संरचनागत समावेशी र पाठ्यक्रम दुवै पर्छ ।’ खासगरी विद्यार्थीले लेख्ने शोधपत्रमा पनि दलित समुदायका विषय उठान गर्न विशेष जोड दिइँदै आएको उनले सुनाए ।
प्रा डा. कुन्दन अर्यालले पत्रकारिता विषयमा अन्तर्राष्ट्रियरुपमा 'इन्टर कल्चर जर्नालीजम' पढा