Special News Highlights Archives | Page 5 of 24 | Education Patra

Special News Highlights

कक्षा ११ मा भर्ना: भविष्यको योजना बनाएर विषय रोज्ने कि लहडमा ?

कक्षा ११ मा भर्ना: भविष्यको योजना बनाएर विषय रोज्ने कि लहडमा ?

Special News Highlights
एजुेकेशनपत्र, काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशनसँगै कक्षा ११ मा भर्नाका लागि विद्यार्थी र अभिभावक कुन विषय कहाँ पढ्ने भनेर भौँतारिरहेका छन् । कक्षा ११ र १२ अध्यायन हुने अधिकांश शिक्षालयमा प्रवेश परीक्षाको प्रबन्ध गरिएकाले विद्यार्थी एकभन्दा धेरै विद्यालयमा परीक्षा दिन व्यस्त भएका छन् । उनीहरुले प्राप्त स्तरीकृत अङ्कका आधारमा कुन शिक्षालयमा छात्रवृत्ति वा कति शुल्क छुट पाइन्छ भनेर चासोपूर्वक बुझिरहेका छन् । कतिपय ठूला भनिएका निजी क्षेत्रका कलेजसमेतले कक्षा ११ मा भर्ना प्रक्रिया लगभग पूरा गरिसकेका छन् । परीक्षाको वार्षिक कार्यतालिका अनुसार भर्नाको राष्ट्रिय क्यालेन्डर लागू नहुँदा विद्यार्थी र अभिभावकमा एक प्रकारको अन्योल देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसको समग्र व्यवस्थापनका लागि केन्द्रीय शैक्षिक निकाय र सम्बन्धित स्थानी
जनप्रशासन क्याम्पसको भ्रष्टाचार काण्ड पर्दाफास

जनप्रशासन क्याम्पसको भ्रष्टाचार काण्ड पर्दाफास

Special News Highlights
एजुेकेशनपत्र, काठमाण्डौ । काठमाडौंको जनप्रशासन क्याम्पसमा भर्खरै करोडौं रुपैयाँ हिनामिनाको घटना बाहिर आएको छ । क्याम्पसको लेखा शाखाका कर्मचारीले १० लाखभन्दा बढी रकम हिनामिना गरेको पाइएको छ । उनले शिक्षकहरूको चेक किर्ते सही गरेर पैसा निकालेको पाइएको छ । कानुन विषय अध्यापन गराउँदै आएका शिक्षक केशव पाण्डेको चेक किर्ते सही गरेर ४ हजार भन्दा बढी रुपैयाँ निकालेको पाइएको छ । त्यो अडिट रिपोर्ट आएपछि मात्रै थाहा पाएको शिक्षक पाण्डेले बताए । यसबाहेक सञ्जय घिमिरेको चेक १० हजार निकाल्न सफल भएको खुलासा भएको छ । यसका साथै लेखा शाखाका कर्मचारीहरूले १० लाख रुपैयाँभन्दा बढी हिनामिना गरेको पाइएको हो । यस विषयमा गहिरो अध्ययन र छानविन गर्न क्याम्पस प्रमुखले समिति गठन गरेका छन्। समितिको अनुसन्धानले घोटाला भएको पुष्टि गरेपछि क्याम्पस प्रशासनले यो घटनाको विस्तृत र स्वतन्त्र छानबिन गर्न विश्वविद्यालय
विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नुपर्छ : प्रतिनिधिसभामा सांसद गगन थापा

विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नुपर्छ : प्रतिनिधिसभामा सांसद गगन थापा

Special News Highlights
एजुेकेशनपत्र, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभामा सांसद गगन थापाले विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि सैद्धान्तिक छलफलका क्रममा बोल्दै थापाले नेपालको पठन संस्कृति बदल्नुपर्ने बेला आएको पनि बताए । थापाले विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्दै विश्वविद्यालय शिक्षालाई अनुसन्धानतिर लैजानुपर्ने बताए । सरकारले विश्वविद्यालय ऐन छिटोभन्दा छिटो ल्याउनुपर्ने पनि उनले बताए । ‘अहिले पनि विश्वविद्यालयको ऐन ल्याइएको छैन । यो अर्थ मन्त्रालयतिर घुमिरहेको छ । सरकारले यसको महत्त्वलाई बुझ्न सकेन । सरकारको विश्वविद्यालय शिक्षालाई समग्रतामा हेर्ने एउटा अवसर हो । प्रदेशको सरकारलाई मागदर्शन गर्ने अवसर पनि हो । उच्च शिक्षालाई अनुसन्धानतिर कसरी लिएर जाने, पठनपाठन कसरी बदल्ने ? क
नतिजा प्रकाशन गर्ने बेला प्रअ र अध्यक्ष भागेपछि…

नतिजा प्रकाशन गर्ने बेला प्रअ र अध्यक्ष भागेपछि…

Special News Highlights
कपिलवस्तु। ‘पहिलो त्रैमासिक परीक्षा सम्पन्न भयो। शिक्षक नहुँदा पाठ राम्रोसँग पढाइ भएको छैन। अर्थशास्त्र पढाउने शिक्षकले लेखा पढाउन आउनु हुन्छ। आउने जाने मात्र हो। पढाएको फिटिक्कै बुझिँदैन। गणित र अंग्रेजी पढाउने शिक्षक पनि हुनुहुन्न’, कपिलवस्तुको बुद्धभूमि नगरपालिका ३ रनगाई नेपाल राष्ट्रिय माविमा विद्यार्थी गुनासो गर्नुहुन्छ। शैक्षिक सत्र सुरु भएपछि राहत दरबन्दीका तीन शिक्षक नियुक्त नहुँदा पढाइ अलपत्र भएको छ। राहत कोटा अन्तर्गत उच्च मावि तहको लेखा र माध्यमिक तहको अंग्रेजी र गणित विषयको शिक्षक नहुँदा पठनपाठनमा समस्या देखिएको छ। विद्यालयले वैशाख ११ गते विज्ञापन आह्वान गरेर जेठ ३२ गते लिखित परीक्षा लिएको थियो। परीक्षा सकिएपछि दाँत दुख्यो भन्दै व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पाण्डे भागेपछि नियुक्ति प्रक्रिया अलपत्र परेको छ। उत्तर पुस्तिका परीक्षण गरेर नजिता प्रकाशन गर्ने बेला भा
वैदेशिक शिक्षामा जाने नेपाली विद्यार्थीहररुको बढ्दो प्रवृत्ति-प्रभावः विदेश जाने अरबौ रुपैया रोक्नु आवश्यक

वैदेशिक शिक्षामा जाने नेपाली विद्यार्थीहररुको बढ्दो प्रवृत्ति-प्रभावः विदेश जाने अरबौ रुपैया रोक्नु आवश्यक

Banner News, Special News Highlights
डा. शैलेन्द्र गिरी- काठमाण्डौं । पछिल्लो समय विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको सङ्ख्यामा उल्लेख्य बृद्धि हुँदा विभिन्न पक्षमा छलफल भइरहेको छ । विदेशमा शिक्षाको अवसर खोज्नेहरुले ११ महिनाको अवधिमा ७५ अर्ब १४ करोड रुपैयाँको ठुलो रकम विदेश पठाएको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको वैशाख मसान्तसम्म वैदेशिक शिक्षामा ५१ अर्ब ३४ करोड रुपैयाँ खर्च भएकोमा मुख्य ररुपमा शैक्षिक प्रयोजनका लागि निकासा भएको नेपाल राष्ट्र बैंकले पुष्टि गरेको छ । एकातिर सेवा आम्दानीको ठूलो हिस्सा ओगटेको पर्यटनले ५१ अर्ब ८८ करोड आम्दानीसहित उल्लेखनीय वृद्धि गरेको छ भने अर्कोतिर नेपाल भित्रिनेभन्दा सेवामार्फत बढी रकम बाहिरिने हुँदा मुलुकले ५७ अर्ब ७४ करोड रुपैयाँ घाटा व्यहोरेको छ । सोही ११ महिनाको अवधिमा रुपैयाँ अघिल्लो वर्षको तुलनामा उल्लेखनीय ९३.८ प्रतिशतले वृद्धि भएको हो । वानअपले न
देशलाई आवश्यक कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित गर्नुस् : प्रधानमन्त्री

देशलाई आवश्यक कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित गर्नुस् : प्रधानमन्त्री

Main News, Special News Highlights
एजुकेशनपत्र काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम् प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको एघारौंं साधारण बैठकमा कुलपतिको हैसियतले सम्बोधन गर्नुहुँदै  प्रधानमन्त्रीले कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा लाग्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘‘कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा समेत सघाउ पुर्‍याउने कार्य विश्वविद्यालयले गर्ने अपेक्षा गरेको छु ।’’ प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
एसइईमा १.६ जीपीए ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न राष्ट्रिय परीक्षा बोर्डद्धारा अनुमति प्रादान

एसइईमा १.६ जीपीए ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न राष्ट्रिय परीक्षा बोर्डद्धारा अनुमति प्रादान

Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षामा १.६ जीपीए ल्याएका विद्यार्थीको कक्षा ११मा भर्ना सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको छ । बोर्डको प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बागमती प्रदेशले एसईईमा १.६ जीपीए ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न अनुरोध गरेको हो । कार्यालय प्रमुख जयन्ती सत्यालले यो निर्णयको भएको जनाकारी गराउँदै नयाँ भर्नामा मापदण्ड पालना गर्न सबै शैक्षिक संस्थालाई आग्रह गरेकी छन् । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को वैशाख १९ गते बसेको बैठकले माध्यमिक शिक्षा पूरा गरी एसइईमा न्यूनतम १.६ ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न योग्य हुने निर्णय गरेको थियो । एसईईमा १.६ जीपीए ल्याएका विद्यार्थीले अध्ययन गर्न सक्ने विषयमा बोर्डले मापदण्ड तयार गरिसकेको छ । बोर्डका अनुसार विद्यार्थीले जीपीएका आधारमा एउटै शैक्षिक वर्गमा पर
विदेशमा अध्ययन गर्ने मानसिकता परिवर्तन गर्न अर्थमन्त्रीको आग्रह

विदेशमा अध्ययन गर्ने मानसिकता परिवर्तन गर्न अर्थमन्त्रीको आग्रह

Banner News, Higher Education News, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । नेपाल पब्लिक क्याम्पस एशोसिएशनको ३३औँ वार्षिकोत्सवको उपलक्ष्यमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशरण महतले वैदेशिक अध्ययनलाई जोड दिने नेपाली मानसिकतामा परिर्वतन गर्नुपर्ने कुरामा जोड दिएका छन। विदेशमा शिक्षा हासिल गर्दा परिवारमा पर्ने आर्थिक भार र विदेशमा हुदाँ हुन सक्ने सम्भावित कमी कमजोरीप्रति मन्त्रीले चिन्ता व्यक्त गरेका छन।मन्त्री महतले विदेशमा गरिने अध्ययनले उच्च शिक्षा र समृद्ध भविष्यको ग्यारेन्टी हुने धारणालाई पुनर्विचार गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थी विदेश गएपछि आर्थिक जिम्मेवारी निकै बढेको र परिवारका हरेक पक्षमा सफलताको ग्यारेन्टी नहुनेमा कुरामा जोड दिए । यस प्रकारको कार्यलाई उल्टाउन आवश्यक छ, उनले भनेका छन। विदेश अध्ययनको आफ्नै अनुभव सुनाउँदै मन्त्रीले भने, विदेश जाने कुरा विरलै हुने गरेको थियो । पूर्ण छात्रवृत्ति प्रा
कक्षा ११मा विद्यार्थी भर्नाको समयमा आएर क्रान्तिकारी तथा समाजवादी विद्यार्थी युनियनद्धारा आन्दोलन कार्यक्रम सार्वजनिक

कक्षा ११मा विद्यार्थी भर्नाको समयमा आएर क्रान्तिकारी तथा समाजवादी विद्यार्थी युनियनद्धारा आन्दोलन कार्यक्रम सार्वजनिक

Banner News, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं ।कक्षा ११मा विद्यार्थी भर्नाको समयमा आएर अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले तीन मागसहित काठमाडौंमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । हालै अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले तीनवटा प्रमुख मागहरू प्रस्तुत गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । युनियनले सोमबार जारी गरेको संयुक्त विज्ञप्तिमार्फत यस्तो घोषणा गरिएको हो । यसअघि शनिबार दुई विद्यार्थी संगठनबीच भएको बैठकमा शिक्षाका विषयमा सहकार्य गर्ने सहमति भएको थियो । बैठकपछि अखिल क्रान्तिकारीका प्रवक्ता उपदेश यादवले आन्दोलनको कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए । संघले उच्च शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न, संघीय शिक्षा ऐन जारी गर्न र विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागू गर्न माग गरेको छ । अखिल क्रान्तिकारीका संयोजक पवन कार्की र समाजवादी विद्यार्थी युनिय
गोरखामा पढ्दै कमाउँदै विद्यार्थी

गोरखामा पढ्दै कमाउँदै विद्यार्थी

Banner News, Main News, School Education, Special News Highlights
एजुकेशनपत्र गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाक बहुप्राविधिक विद्यालय अध्ययनरत विद्यार्थीले पढाइसँगै आम्दानीसमेत गर्न थालेका छन् । शिक्षालयमा पढ्ने विद्यार्थीलाई उत्पादनसँग जोड्न गाउँपालिकाले ‘सिक, कमाउ र तिर कार्यक्रम’ लागू गरेपछि कृषि उत्पादन गरी बिक्री वितरण गरेर विद्यार्थीले आम्दानी गर्न थालेका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम आर्चायले जानकारी दिनुभयो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आङ्गिक शिक्षालयको रुपमा वडा नं ४ स्थित सौरपानीमा रहेको प्राविधिक शिक्षालयमा कृषि बाली विज्ञानमा अध्ययनरत विद्याथीले आलु, प्याज, गोलभेडा र च्याउ खेती तथा फलफूल खेती गरेर आयआर्जन गर्न थालेको उहाँले बताउनुभयो । शिक्षालयमा अहिले कृषि बाली विज्ञान र पशु विज्ञान कार्यक्रमअन्तर्गत पढाइ हुँदै आएको छ । आचार्यले भन्नुभयो, “हाल शिक्षालयमा एक सय २४ विद्यार्थी