नेपाली राजनीतिमा “विनिर्माणवाद र भेलुवाद”
लीला बहादुर के.सी. ।
स्थानीय तहको निर्वाचनमा कुनै पनि पार्टीमा सदस्यता नलिएका, समाजमा त्यती चर्चामा नआएका स्वतन्त्र व्यक्तीहरुले सबैभन्दा बढीमत ल्याएर विजयी भए पछि नेपालको राजनीतिमा एउटा नयाँ बहश सुरु भएको छ । नेपालको राजनीतिक क्षेत्रमा विशेष महत्व राख्ने राजधानी काठमाडौं, पूर्वांचलमा राजनीतिक क्षेत्रमा चर्चित् धरान, सुदुर पश्चिमान्चलको केन्द्र मानिने धनगढीका महानगर र उपमहानगरपालिकाहरुमा भएका निर्वाचनमा स्वतन्त्र उमेदवारहरुले अप्रत्यासित रुपमा अत्यधिक मत प्राप्त गरेर विजयी भएका घटना प्रति चर्चा परिचर्चा चलिरहेको छ ।
स्वतन्त्र उमेदवारी दिनेमा दुई किसिमका व्यक्तीहरु पाइएको छ । पहिलोमा, कुनै पनि पार्टीमा आवद्ध नभएका, विद्यमान लोकतान्त्रिकगणतान्त्रिक व्यवस्था, संसदवादी पार्टीका नेता र तिनको चरित्र, व्यवहार र क्रियाकलापसँग असन्तुष्ट, यथास्थितीको विपक्षमा रहेका, राज्य व्यवस्थाको चरित्रमा क