Thought/Blog Archives | Page 8 of 9 | Education Patra

Thought/Blog

कमरेड पुष्पलालप्रति हार्दिक श्रद्धाञ्जली !

कमरेड पुष्पलालप्रति हार्दिक श्रद्धाञ्जली !

Thought/Blog
बन्ने कम्निस्ट र भन्ने कम्निस्ट भागवत खनाल, पूर्वसहसचिवः नेपाल सरकार दुई कक्षामा पढ्दाको कुरा हो । चार कक्षामा पढ्ने हरि दाइ ( पल्लाटोला हरिप्रसाद आचार्य , हाल दिवङ्गत ) ले मलाई "यता आउ त" भन्दै एकान्तमा लैजानुभयो । केही खानेकुरा होला भन्ने ठानेर पछि लागियो । उहाँले हात्तिमार कापीको पाना च्यातेर के के लेख्नुभयो । मैले केही नबुझे तापनी त्यो कागजले मलाई कम्युनिस्ट पार्टीको सदस्य बनायो । कागजको अन्तिममा "मासिक चन्दा रु दुई" उल्लेख भएको सम्झना छ । सायद हरि दाइले केही बुझ्नु भएको थियो कि ! हुर्कदै जांदा भूमिगत सङ्गठनमा आवद्ध कम्युनिस्टको सांकेतिक पत्रवाहक पनि बनियो ( बुझेर हैन , जा यो दिएर आ भनेको मानेको मात्र ) । कलेजमा राजनीतिशास्त्र मुख्य विषय छनौट गरिएछ ( अरुले फर्म भरिदिएको ) । सर्वप्रथम प्लेटोको साम्यवाद पढ्दा बडो आनन्द लाग्यो । प्लेटो भन्छन - समाजविकासको वाधा अज्ञा
बालबालिकाका मानव–अधिकार

बालबालिकाका मानव–अधिकार

Thought/Blog
अधिवक्ता–दिर्घलालगिरी स्कुलमा नेपाली,अग्रेजी,विज्ञान,सामाजिक,नैतिक शिक्षा समेतका धेरै विषयहरु अध्ययन गर्दछौ । धेरै विषयहरु तल्लो कक्षामा हुने र माथिल्लो कक्षामा कम हुने र माथि आफैमा विशिष्ट हुने गर्दछन । उच्च शिक्षाका विषयहरु विशिष्ट हुने र सोको अध्ययनले विशिष्ट कार्यको क्षमता हुन्छ । दैनिक व्यावसायिक तथा व्यक्तिगत जीवनमा कति फलदायी प्रतिफल निर्धारण गर्दछ ? विद्यालय विश्वविद्यालय स्तरको अध्ययन सामान्यबाट असामान्य तर्फ विशिष्ट हुँदै जान्छन । अध्ययन अनुसन्धान असमान्यबाट सामान्य हुँदैन अन्तत विशिष्ट हुन्छ, परिणाम राम्रो प्रतिफल दिन्छ । व्यावहारिक हरेक विषयका आफ्नै विधि पद्धतीले सिमांकन गर्दा कारागार जीवन जस्तै सबै तिर सामाजिक, नैतिक, मुल्य मान्यताले घेरियको अनुशासीत जीवनको प्रतिफल मीठो र आनन्ददायी हुन्छ । यो विशिष्ट जीवन पाउन विशिष्ट ज्ञान ध्यानले मात्र उन्मुक्ती हुन्छ । दक्क्षता र ज्ञानक
विकराल बन्दै बेरोजगारी

विकराल बन्दै बेरोजगारी

Thought/Blog
आर्थिक वृद्धिका लागि श्रमशक्ति अत्यावश्यक मानिए पनि श्रमबजारमा उपलब्ध सबै श्रमशक्तिको उपयोग गर्ने क्षमता नभएका कारण बेरोजगारीको स्थिति बढेको हो । (more…)
केही दृष्टान्त

केही दृष्टान्त

Thought/Blog
भागवत खनाल पृथ्वीनारायण शाहले चारैतिरबाट घेरा हाल्दै थिए । उपत्यकाभित्र प्रशस्त जासुस समेत छिराए । उता काठमाडौंमा आन्तरिक सत्ता सङ्घर्ष तीव्र हुँदै थियो । आन्तरिक गुटबन्दीले लखतरान भएपछि जोसिला र राष्ट्रभक्त तर हतास र बुद्धिहीन राजा जयप्रकाश मल्लले आफ्नै नजिकका मानिसलाई समेत राष्ट्रघाती देख्न थाले । पाल्पाली राजा मुकुन्द सेनले पाँच सय वर्षअघि नै करिब करिब नेपाल एकीकरण गरिसकेका थिए । धेरै राजा भए धेरैजना जागिरे हुन पाइन्छ भन्ने भावना भएका स्वार्थीहरुको झुण्डले राजालाई जोगी हुन उक्साएर देश विभाजन गर्न प्रेरित गर्‍यो । राजा आफैले निर्माण गरेको देशलाई टुक्राटुक्रा पारेर तपस्या गर्न देउघाटतिर लागे । सत्ता र शक्तिमा हुँदा प्राप्त हुने प्रशंसा र उक्साहट प्रायः बनावटी हुन्छ भन्ने थाहा पाएका व्यक्ति समेत सत्तामा पुगेपछि यो वास्तविकता बिर्सन्छन । सुगौलीको सन्धि अघि अङ्ग्र
समाचार शीर्षकका सामाजिक मनोविज्ञान

समाचार शीर्षकका सामाजिक मनोविज्ञान

Thought/Blog
डीबी.नेपाली नेपाली समाज सामाजिक–साँस्कृतिक तथा अर्थ–राजनीतिक प्रणालीले निर्माण गरेको रुढीवादी परम्पराबाट निर्देशित पुरातनवादी समाज हो । विशेषगरी आमसञ्चारका विभिन्न समाचार शीर्षकलाई मसिनो गरी नियाल्ने हो भने सकारात्मक भन्दा नकारात्मक शीर्षक बढी आउने गरेको देखिन्छ । यसमा पनि सबैभन्दा बढी लैंगिक र जातीय विभेदका समाचार बढी आएको पाइन्छ । जबसम्म पुरातनवादी सोचको सामाजिक संरचना, आदिम कबिला प्रकारका मूल्यमान्यताहरु सचेत ढंगले भत्काइँदैन । आधुनिक विज्ञानले विकास गरेको ज्ञान–विज्ञान,सीप–प्रविधि र विज्ञानमा आधारित समाज र सामाजिक प्रणाली बन्दैन । तबसम्म देश र जनता समृद्ध बन्न सक्दैनन् । आर्थिक विकास हुनसाथ नाटकीय रुपमा समृद्धि आइहाल्छ भन्ने किसिमको प्रचारबाजी भैरहेको छ । यो सोच बिलकुलै गलत छ । आदिमकालीन कुरीति,कुसँस्कार,रुढिवादी परम्परा,अन्धविश्वास,प्रथा–परम्परा जस्ता सामाजिक विकृतिलाई नतोडेसम्म म
प्रविधिको दुरूपयोगबाट बालबालिका बढी प्रभाबित

प्रविधिको दुरूपयोगबाट बालबालिका बढी प्रभाबित

Science and Technology, Thought/Blog
माया केसी      बुटवल, २७ कार्तिक । सूचना प्रविधिको विकास दिनदिनै बढिरहेको छ । योसँगै इन्टरनेटको प्रयोग गर्नेको संख्यामा पनि बृद्धि भएको पाइन्छ । इन्टरनेट प्रयोगबाट जति धेरै राम्रा कुराहरू पाइन्छ जति धेरै फाइदाहरू लिन सकिन्छ, त्यसको दुरूपयोगले यसका बेफाइदहरूमात्र हात लाग्छन् । पछिल्लो समयमा विशेषगरी साना बालबालिकाहरूमा प्रविधिको दुरूपयोग देख्न सकिन्छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाकी सिता दर्लामीलाई आप्mनो १० वार्षिय छोरा सनम दर्लामीलाई पढाउन नसकिएको बताउँछिन् । भारतीय सेनामा कार्यरत बावुले समयअनुसारका प्रविधिका सामग्रीसँग घुलमिल हुन आवश्यक ठानेर महङ्गो मोवाइल किनिदिए । त्यसको सही प्रयोग छोराले नगरेको देख्दा आजभोलि उनको मन खिन्न हुन्छ । विद्यालय पछिको समयमा खाली मोवाइलमा झुन्डिएकाले पढाइमा समेत कमजोर भएको बताइन् । विभिन्न प्रकारका चलचित्र कार्टुन हेरेर पढाइसमेत बिगारेको गुनासो आमाले
बालबालिकाका कानूनी अधिकारहरु

बालबालिकाका कानूनी अधिकारहरु

Thought/Blog
  अधिवक्ताः दिर्घलाल गिरी ‘बालबालिका तथा मानव–अधिकार’‘बालबालिकाका कानूनी अधिकारहरु’दुई शिर्षक समानदेखिए पनि फरक छ । मानव अधिकार र कानूनी अधिकारमा समानता वा भिन्नता? नबुझी आफ्नो अध्ययनलाई अगाडि बढाउँदा फरक पर्न सक्ने हुँदा विद्यालयमा ठुलो संख्यामा रहेका बालबालिका प्रतिको सम्मानमा कमी होलाकी ?‘बालबालिकाका कानूनी अधिकारकोयो लेख महत्वपूर्ण हुने ठानेको छुँ । हामी बच्चा,वयस्क,वृद्ध हुँदै पृथ्वीबाट अन्त्य हुन्छौ । समाजमा असहाय शारीरिक दुर्बलताले हुनु एउटा पक्ष रहेतापनि बच्चा अवस्थाको दुर्बलता स्वभाविक हो । बालबालिका सबै युगहरु र समयमा हुँदै आएको हो । सम्पन्न, घरानिया, राजा, महाराजा,सामन्त महासामन्त,गरिब,दिन–दुखि,मालिक नोकर,उद्योगपति,श्रमिक,सबैका बालबालिका हुन्छन । समयले नेपालमा वा विश्वमा दासदासी प्रथा थियो,सति प्रथा जस्तै अन्त्य भयो । उद्योगको विकासले मजदुर र उद्योगपति हुँदै अहिले सम
सार्वभौमिकताको मूल्यमा एमसिसी

सार्वभौमिकताको मूल्यमा एमसिसी

Thought/Blog
रत्नसंसार श्रेष्ठ अमेरिकी सरकारको ५० करोड डलर अनुदान सहयोगमा चार सय केभीको प्रसारण लाइन निर्माण र सडक विस्तार तथा सुधार गर्न सेप्टेम्बर १४, २०१७ मा नेपाल सरकारले अमेरिकी सरकारको एमसिसीसँग सम्झौता (कम्प्याक्ट) सम्पन्न गरेपछि सेप्टेम्बर २९, २०१९ मा यसको कार्यक्रम कार्यान्वयन सम्झौता पनि गरियो। एमसिसीको समालोचना गर्न गुण/दोषबारे धेरै लेख प्रकाशित भइसकेकाले प्रस्तुत लेखमा एमसिसीको सार्वभौमिकतामा पर्ने प्रभाव तथा लागतबारे विवेचना गरिएको छ। संसदीय अनुमोदन यो सम्झौता संसद्ले अनुमोदन गर्नुपर्छ भनिँदैछ र त्यस उद्देश्यले २०७६ असार ३० गते यो सम्झौता प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता गराइयो। सम्झौताको दफा ७.२ मा विभिन्न पूर्वसर्त उल्लेख छन् तर संसदीय अनुमोदनको पूर्वसर्त उल्लेख छैन। त्यस्तै, अनुसूची ४ र ५ मा समेत थप पूर्वसर्तको व्यवस्था भए पनि संसदीय अनुमोदनको पूर्वसर्त उल्लेख छैन। संविध
गुरु को हुन् ?

गुरु को हुन् ?

Thought/Blog
डा. नम्रता पाण्डे सन्दर्भः गुरुपूर्णिमा गुरु गोविन्द दोऊ खडे, काके लागूं पांय, बलिहारी गुरु आपने, गोविन्द दियो बताय ! (सन्तकबीर) मानिसको चाहना गोविन्द अर्थात् भगवान्लाई जान्नु, पाउनु र उनको आशीर्वादले जीवनलाई खुसी र आनन्दसाथ बिताउनु हो। तर, सन्तकविर भन्छन्, ‘गोविन्दलाई जान्न पहिले गुरुको पहिचान गर्नुपर्छ। गुरुले नै गोविन्द अर्थात् परम चेतनासम्म पुग्ने सहज मार्ग निर्देशन गर्छन्।’ गुरुको बारेमा ओशो भन्छन्, ‘गुरुले माटोमुनि पुरिएर रहेको बिउलाई अंकुरित गराएर फल दिने वृक्ष बनाइदिन्छन्।’ ओशो सिद्धार्थ भन्छन्, ‘आन्तरिक ज्ञान अर्थात् अध्यात्म यात्रामा मार्ग निर्देशन गर्न गुरुको आवश्यकता पर्छ। गुरु अर्थात् जीवनको अन्धकारबाट उज्यालोको यात्रामा मार्गनिर्देशन गर्ने गुणवत्ता। हुन त, जीवनमा जसले पनि सत्मार्गमा हिँड््न प्रेरित गर्छन्। सबै गुरु हुन्। जीवनको विकासमा, जीवन रूपान्तरणमा जसक
साईबर अपराध बढ्दो

साईबर अपराध बढ्दो

Thought/Blog
शुवास गोतामे २२ आषाढ काठमाण्डौ ।  शान्तिनगरमा बसोबास गर्दै आएका देवरानी सम्झना (नाम परिवर्तन) र जेठानी एन्जिला (नाम परिवर्तन) को सम्बन्ध राम्रै थियो। परिवार भित्र कसले कसलाई आदर गर्ने भन्ने विषयमा उनीहरु बीच मनमुटाव सुरु भयो। उनीहरु सम्बन्ध राम्रो रहँदा एकले अर्काको फेसबुक खोलेर चलाउँथे। एन्जिलालाई सासुससुराले अलि बढी माया गरेको भान सम्झनालाई पर्न थाल्यो। उनले जेठानीलाई कसरी तह लगाउने भनेर सोच्न थालिन्। एन्जिलाको फेसबुक एकाउन्टको पासवर्ड सम्झनालाई थाहा थियो। गलत हर्कत अपनाउन सम्झनाले एन्जिलाको फेसबुक रोजिन्। जुन घटना प्रहरीसम्म पुग्ला भन्ने उनले सोचेकीसम्म थिइनन्। सम्झनाले आफ्नै संवेदनशील अंगको फोटो खिचेर एन्जिलाका फेसबुक फ्रेन्डहरुलाई पठाउन थालिन्। फेसबुकको पासवर्ड फेरेर सम्झनाले गरेको उक्त हर्कतबारे एन्जिला बेखबर थिइन्। लगातार एन्जिलाका साथीहरुलाई त्यस्ता फोटो र भिडियो पुग्न था