Uncategorized Archives | Page 15 of 55 | Education Patra

Uncategorized

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार प्रहरीमा कोरोना संक्रमण

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार प्रहरीमा कोरोना संक्रमण

Uncategorized
जनादेश, काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणको लक्षण देखिएपछि उनीहरूको स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएकोे स्रोतले जनाएको छ । प्रहरी प्रधान कार्यालयको सवारी शाखाका ४ जनालाई कोरोन संक्रमण पुष्टि भएको हो । हालसम्म देशभर १२० जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ भने १०० जना कोरोना मुक्त भइसकेका छन् ।
लकडाउनका कारण सडकको ३९ प्रतिशत बजेट खर्च हुन सकेन

लकडाउनका कारण सडकको ३९ प्रतिशत बजेट खर्च हुन सकेन

Uncategorized
चन्द्रप्रकाश नेपाली घोराही। कोरोना भाईरसको संक्रमण फैलन नदिनका लागी गरिएको लकडाउनका कारण दाङमा सडक निर्माणको कार्यप्रगति न्युन भएको छ । सडक डिभिजन कार्यालय दाङका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा कुल एक अर्व २८ करोड ३१ लाख रुपैया बजेट विनियोजन भएको हो । कुल बिनियोजित मध्ये ६१ प्रतिशत रकम खर्च भएको छ । बिनियोजित मध्ये ७९ करोड ३६ लाख १६ हजार रुपैया मात्र खर्च भएका हो । गत आर्थिक वर्ष २०७६/०७७ मा बिनियोजित मध्ये ३९ प्रतिशत रकम अर्थात ४८ करोड ९४ लाख ८२ हजार रुपैया खर्च हुन नसकेको कार्यालय सुचना अधिकृत खुमबहादुर भण्डारीले जानकारी दिनुभयो । यस्तै सरकारले चैत ११ गते लकडाउन शुरु हुनुभन्दा पछि म्याद सकिएका सबै आयोजनाहरुलाई ६ महिना ठेक्का समय थप गरेको छ भने लकडाउनभन्दा पहिले सम्झौता समय सकिएका तर काम पुरा नभएकाको हकमा भने कुनै निर्णय भएको छैन् ।  
तोलामा ९६ हजार ३०० पुग्योः सुनको मूल्य

तोलामा ९६ हजार ३०० पुग्योः सुनको मूल्य

Uncategorized
जनादेश संवाददाता काठमाण्डौ ।सुनको मूल्य लगातार बढ्दै गएको छ । मूल्य बढ्ने क्रममा आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अन्तिम दिन शुक्रबारको तुलनामा सुनको मूल्य आज तोलामा रु ५०० बढेको हो । महासंघले शुक्रबार सुनको मूल्य तोलामा ९५ हजार ८०० कायम गरेको थियो । यस्तै आइतबार तेजावी सुनको मूल्य ९५ हजार ८६० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य ११५५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ ।  
जोखिम मोल्दै पानी भर्दै

जोखिम मोल्दै पानी भर्दै

Uncategorized
तनहूँ । व्यास नगरपालिका वडा नं २ स्थित बुल्दीखोला छेउमा रहेको खानेपानीको धारामा जोखिम मोल्दै पानी भर्दै स्थानीय । तस्वीर ः सानेबहादुर नेपाली, रासस
फलफूल बेचेरै चलेको छ जीवन हजुर

फलफूल बेचेरै चलेको छ जीवन हजुर

Uncategorized
पोखराको फेवाताल किनार चौतारीमा बिक्रीका लागि फलफूल काट्दै महिला । उहाँले फेवाताल घुम्न आएकाहरुलाई प्रति प्लेट एकसय रुपैयामा फलफूल बिक्री गर्दै आउनु भएको छ । तस्वीर ः जमुना वर्षा शर्मा, रासस
कति राम्रो जाल बुनेको, …

कति राम्रो जाल बुनेको, …

Uncategorized
व्यास नगरपालिका वडा नं ५ बेनी पाटन निवासी भइरम बोटे माछा मार्ने जाल बुन्दै । उनीहरुको पुर्खौली पेसा माछा मार्ने भएपनि पछिल्लो समय तरकारी खेतीतर्फ आकर्षित हुँदै गएका छन् । तस्वीर ः सानेबहादुर नेपाली, रासस
पहिरामा स्काभेटर पुरियो , दुई चा लक बेपत्ताः उद्दारको तयारी

पहिरामा स्काभेटर पुरियो , दुई चा लक बेपत्ताः उद्दारको तयारी

Uncategorized
दुई चालक सहित पुरिएको स्काभेटर, ट्रिपर र ट्याक्टरको उद्दारका लागि खटिएका ससस्त्र तथा प्रहरी टोली । बागलुङ नगरपालिका–१ रामरेखाको गणेशथान घुम्टी देखि निरयघाट सडकमा शनिबार राति खसेको सुख्खा पहिरोले पुरेको स्काभेटर, ट्रिपर र ट्याक्टर तथा दुई चालक समेत पुरेको छ। बागलुङ० रासस जनादेश बागलुङ । तस्वीर ः खेमराज गौतम, गलकोट बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनुभयो । स्काभेटर चालक भने सम्पर्कमा आएको उहाँको भनाइ छ । ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिराले ध१च ४७ नंको ट्र्याक्टर र ग१ख ४६३७ नंको टिपर र स्काभेटर पुरिएको हो । स्काभेटरको नम्बर खुलेको छ
मेहेन्दी लगाउँदै

मेहेन्दी लगाउँदै

Uncategorized
काठमाडौँ, काठमाडौँको न्युरोडमा शनिबार मेहेन्दी लगाउँदै युवती । तस्वीर ः चन्द्रकला क्षेत्री,रासस
कुबो र रेनिएरले रियलबाट नखेल्ने

कुबो र रेनिएरले रियलबाट नखेल्ने

Uncategorized
एजेन्सी ।   स्पेनिस च्याम्पियन रियल म्याड्रिडका युवा मिडफिल्डरद्वय ताकेफुसा कुबो र रेनिएर कार्भाल्होले अर्को सिजन रियल म्याड्रिडबाट नखेल्ने देखिएको छ । स्पेनिस लिगको नियम अनुसार कुनैपनि टोलीले आफ्नो टोलीमा ५ जना र एकै खेलमा ३ जनामात्र युरोप बाहिरको खेलाडी खेलाउन पाउँछन् । हाल रियलमा उक्त कोटाबाट ब्राजिलका भिनीसियस जुनिअर, एडर मिलिसाओ र रोड्रीगो गोएस छन् । यसकारण रियलले कुबोलाई अर्को सिजन पनि लोनमा पठाउने सम्भावना देखिएको छ । युरोपका केहि ठूला टोलीले पनि उनीमाथि नजर राखेका छन् । यद्यपि कुनैपनि खेलाडीले लगातार दुई वर्ष स्पेनमै खेलेको खण्डमा भने उनीहरुले स्पेनी पासपोर्ट आवेदन दिन पाउनेछन् । भिनिसियस स्पेनी पासपोर्ट आवेदन दिन योग्य भइसक्दा पनि कोरोनाका कारण प्रक्रिया अगाडि बढ्न नसक्दा उनले समयमा नै पासपोर्ट नपाउने देखिएको छ । त्यसैले उनी अर्को सिजन कोटाबाट नै खेल्नेछन् ।