Uncategorized Archives | Page 26 of 55 | Education Patra

Uncategorized

लिभरपुलले चेल्सीलाई हरायो

लिभरपुलले चेल्सीलाई हरायो

Uncategorized
एजेन्सी । इंग्लिस प्रिमियर लिगमा यो सिजनको च्याम्पियन बनेको मर्सिसाइड क्लब लिभरपुलले लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ । घरेलु मैदानमा लिभरपुलले चेल्सीमाथि ५–३ को जित निकालेको हो । एनफिल्डमा लिभरपुलसँगको हारसँगै चेल्सीको शीर्ष चारको यात्रा कठिन जस्तै बनेको छ । अब चेल्सीले शीर्ष चारमा स्थान बनाउनको लागि अन्तिम खेलमा वल्भ्सलाई पराजित गर्नुपर्ने हुन्छ । तेस्रो र पाँचौ स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीबीचको खेलले पनि चेल्सीको शीर्ष चारको यात्रालाई तय गर्नेछ । लिभरपुलको जितमा नावी केइटा, ट्रेन्ट एलेक्सन्डर अर्नाेल्ड, जर्जिन्हो विज्नल्डम, रोवर्टाे फिर्मिन्हो र एलेक्स अक्सलेड चेम्वरलेनले गोल गरे । चेल्सीका ओलिभर जिरुउड, टम्मी अब्राहम र क्रिस्टियन पुलिसिसले गोल गरे । प्रतिस्पर्धात्मक र गोलको वर्षा भएको खेलको २३औं मिनेटमा नावी केइटाको गोलबाट लिभरपुलले खेलमा अग्रता बनाएको थिय
इन्टर मिलानलाई दोस्रो स्थानमा उक्लने अवसर

इन्टर मिलानलाई दोस्रो स्थानमा उक्लने अवसर

Uncategorized
एजेन्सी । इटालियन सिरी ‘ए’ मा आज राति ३५औं चरणको विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुँदैछ । तेस्रो स्थानमा रहेको इन्टर मिलानले घरेलु मैदानमा फियोरेन्टिनाको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः३० बजेपछि शुरु हुनेछ ।  फियोरेन्टिनामाथि जित हात पार्न सके इन्टर मिलानले एटलान्टालाई एक अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लने अवसर छ । तेस्रो स्थानमा रहेको इन्टरको ३४ खेलबाट ७२ अंक छ । एक खेल बढी खेलेको एटलान्टाको ७४ अंक छ । लाउटारो मार्टिनेज, रोमेलु लुकाकु, एलेक्सिस सान्चेज, एस्ले योङ, डिएगो गोडिन, भिक्टर मोसेस र क्रिस्टियानो विरागी जस्ता खेलाडीको साथ रहेको छ । फियोरेन्टिना पनि इन्टर मिलानलाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । फियोरेन्टिना ४२ अंक जोडेर १२औं स्थानमा छ । अन्य खेल पार्माविरुद्ध नेपोली (राति ११ः१५ बजे) लेच्चेविरुद्ध ब्रेसिया (राति १ः३० बजे) साम्पडोरियाविर
म्यानचेस्टर युनाइटेडलाई वेस्ट ह्यामको चुनौती

म्यानचेस्टर युनाइटेडलाई वेस्ट ह्यामको चुनौती

Uncategorized
एजेन्सी । शीर्ष ४ र रेलिगेसन क्षेत्रको कडा प्रतिस्पर्धासहित इंग्लिस प्रिमियर लिगमा आज राति ३७औं चरणको दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्ष चारको दौडमा रहेको चेल्सी र म्यानचेस्टर युनाइटेडले आ–आफ्नो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछन् । युनाइटेडले घरेलु मैदानमा रेलिगेसन क्षेत्रनजिक रहेको वेस्टह्याम युनाइटेडको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार ओल्ड ट्राफोर्डमा राति १०ः४५ बजे प्रतिस्पर्धा हुदैछ । घरेलु मैदानमा युनाइटेड वेस्टह्यामलाई पराजित गर्दै शीर्ष चारको यात्रालाई बलियो बनाउने योजनामा हुनेछ । वेस्टह्यामलाई पराजित गर्न सके युनाइटेडले लेस्टर सिटीलाई ३ अंकले पछि पार्दै चौथो स्थानमा उक्लनेछ । बराबरीले पनि युनाइटेड १ स्थान माथि रहँदै चौथो स्थानमा उक्लनेछ । हारले भने युनाइटेड पाँचौ स्थानमा नै रहने छ । उच्च लयमा रहेको युनाइटेडका पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेज नै वेस्टह्यामविर
चेल्सीलाई लिभरपुलको चुनौती

चेल्सीलाई लिभरपुलको चुनौती

Uncategorized
एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आज राति ३७औं चरणको दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्ष चारको दौडमा रहेको चेल्सी र म्यानचेस्टर युनाइटेडले आ–आफ्नो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछन् । चेल्सीले यो सिजनको प्रिमियर लिगको च्याम्पियन बनिसकेको लिभरपुलसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार एनफिल्डमा राति १ बजे शुरु हुनेछ । आजको खेलपछि नै लिभरपुलले प्रिमियर लिगको उपाधि उचाल्नेछ । शीर्ष चारको यात्रालाई थप बलियो बनाउन चेल्सीलाई लिभरपुलविरुद्धको खेल निकै महत्त्वपूर्ण छ । चेल्सी घरेलु टोली लिभरपुललाई पराजित गर्दै शीर्ष चारको यात्रालाई थप बलियो बनाउने लक्ष्यसहित मैदान उत्रनेछ । चेल्सीका लागि ओलिभर जिरुउड, मासन माउन्ट, क्रिस्टियन पुलिसिस, विलियन, मार्काेस अलन्सो, माटियो कोभासिस, जर्गिन्हो र कप्तान सेजर एज्पिक्वेटाको साथ रहनेछ । लिभरपुलसँग पराजित भएको अवस्थामा चेल्सीको शी
पीएसजीमै रहेर उपाधि जित्ने एमबाप्पेको इच्छा

पीएसजीमै रहेर उपाधि जित्ने एमबाप्पेको इच्छा

Uncategorized
एजेन्सी । फ्रान्सेली युवा फरवार्ड किलियन एमबाप्पेको नाम लामो समयदेखि स्पेनिस महारथी रियल म्याड्रिडसँग जोडिंदै आएको छ । तर रियलका समर्थकले एमबाप्पेलाई म्याड्रिड टोलीको जर्सीमा हेर्न कम्तिमा अझै एक सिजन कुर्नुपर्ने भएको छ । पछिल्लो समय पीएसजी छाड्ने चर्चा चलेपनि एमबाप्पे आफैंले त्यस सम्भावना नरहेको बताएका छन् । बिइन स्पोर्ट्ससँग बोल्दै एमबाप्पेले कम्तिमा एक सिजन फ्रान्सेली क्लबमा नै रहेर उपाधि जित्ने लक्ष्य रहेको बताए । ‘म पेरिसमा छु र यसै योजनाको साथ बस्न चाहन्छु,’ उनले भने, ‘मैले अर्को सिजन यहीं रहेर धेरै भन्दा धेरै उपाधि जित्ने लक्ष्य राखेको छु ।’ एमबाप्पेले अर्को सिजन विशेष रहने बताउँदै त्यसमा आफू पनि उपस्थित हुन लालायित रहेको बताए । ‘ म यस क्लबमा चौथो सिजन बिताउन लागिरहेको छु । अर्को सिजन क्लबको ५० औं वार्षिकोत्सव हो । समर्थक र टोलीले हामीबाट धेरै अपेक्षा गरेका छन् । हामी सकेसम्म सब
ला लिगाका उत्कृष्टमा रियलकै बाहुल्यता

ला लिगाका उत्कृष्टमा रियलकै बाहुल्यता

Uncategorized
एजेन्सी । निकै प्रतिस्पर्धात्मक मोडमा रहेको लिगमा बार्सिलोनाले अन्त्यतिर लय गुमाउँदा अन्तिम खेलअघि नै रियल म्याड्रिडले यो सिजनको ला लिगा उपाधि पक्का गरेको थियो । त्यसअर्थ रियलकै खेलाडीहरुले सिजनभर उच्च प्रदर्शन गरेको बुझ्न सहज हुन्छ । स्पेनको प्रतिष्ठित संचार माध्यम मार्काले ला लिगाको सिजनको समिक्षा गरेको छ । १ लाख २० हजारबाट लिएको मतका आधारमा विभिन्न पोजिसनका उत्कृष्ट खेलाडी छनोट गर्दा त्यसमा रियलका खेलाडीको बाहुल्यता रह्यो । ला लिगाका उत्कृष्ट ३६ प्रतिशत मतका साथ रियलका फरवार्ड करिम बेन्जेमा ला लिगाको उत्कृष्ट खेलाडी बनेका छन् । बार्सिलोनाका सुपरस्टार मेस्सी ३२ प्रतिशतका साथ दोस्रो स्थानमा रहँदा रियलका कप्तान सर्जियो रामोस १४ प्रतिशतका साथ तेस्रो स्थानमा परे । उत्कृष्ट साइनिङ सेभिल्लाका फरवार्ड लुकास अ‍ेकापोस ३८ प्रतिशत मतका साथ सिजनको उत्कृष्ट साइनिङ खेलाडी बने । उनले सिजन
विपद्मा परी २५ को मृत्यु   

विपद्मा परी २५ को मृत्यु   

Uncategorized
जनादेश कर्णाली । विभिन्न प्राकृतिक विपद्मा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यही वैशाख १ गतेदेखि यता बाढीपहिरो, चट्याङ जस्ता विपद्मा परी २५ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाका अनुसार जाजरकोटमा १३, सल्यान र रुकुमपश्चिममा चार/चार जना तथा कालीकोट र सुर्खेतमा दुई/दुई जनाको मृत्यु भएको छ । हालसम्म कर्णालीमा २८४ वटा घरमा क्षति पुगेको छ । प्राकृतिक विपद्का कारण यस अवधिमा करिब रु छ करोड ६५ लाख ५३ हजार ७९० भौतिक सम्पत्तिमा क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । रासस
पीएसजीको फराकिलो जित

पीएसजीको फराकिलो जित

Uncategorized
एजेन्सी । युइएफए च्याम्पियन्स लिगको तयारीमा रहेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मैत्रीपुर्ण खेलमा स्कटिस क्लब सेल्टिकमाथि फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा पीएसजीले सेल्टिकमाथि ४–० को फराकिलो जित निकालेको हो । पीएसजीको फराकिलो जितमा केलियन एमबाप्पे, नेयमार, एन्डर हेरेरा र पाब्लो सारावियाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल भएको थियो । एमबाप्पेले खेलको पहिलो मिनेटमा नै गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । २५औं मिनेटमा नेयमारले अग्रता दोब्बर पारे । दोस्रो हाफमा पुरै टोली परिवर्तन गरिएपनि पीएसजीले थप दुई गोल गर्न सफल भएको थियो । ४८औं मिनेटमा एन्डर हेरेराले तथा ६७औं मिनेटमा पाब्लो सारावियाले गोल गर्दै पीएसजीलाई ४–० को फराकिलो जित दिलाए । फ्रान्समा मे देखि नै फुटबल गतिविधि स्थगित भएपछि पीएसजीले लगातार अभ्यास खेल खेलिरहेको छ । अभ्यास खेलमा पीएसजीक
आर्सनल भिल्लासँग स्तब्ध

आर्सनल भिल्लासँग स्तब्ध

Uncategorized
एजेन्सी । लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको एस्टन भिल्लासँग १–० ले स्तब्ध बनेको छ । ट्रेजिगुएटले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा आर्सनल घरेलु टोली एस्टन भिल्लासँग पराजित हुन पुगेको हो । उनले खेलको २७औं मिनेटमा टायरोन मिङ्सको पासमा गोल गरेका थिए । खेलमा ६९ प्रतिशत बल पोजेसन राखेपनि आर्सनलले घरेलु टोली भिल्लाको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो । यो जितले एस्टन भिल्लाले रेलिगेसन जोन छाडेपनि रेलिगेसनमा पर्ने सम्भावना अझै रहेको छ । भिल्ला ३७ खेलबाट ३४ अंक जोडेर १७औं स्थनमा रहेको छ । भिल्लाले वाट्फोर्डलाई गोलअन्तरमा पछि पारेको हो । अब अन्तिम खेलबाट नै रेलिगेसनमा पर्ने तेस्रो टोलीको टुंगो लाग्नेछ । बर्नमाउथ र नर्विच सिटी रेलिगेसनमा परिसकेको छ । अब भिल्ला र वाट्फोर्डमध्ये एक टोली रेलिगेसनमा पर्नेछ । अन्तिम चरणमा वाट्फोर्डले आर्सनलस
अन्तरराष्ट्रिय विमानस्थलमा एकैदिन १६ अन्तरराष्ट्रिय उडान

अन्तरराष्ट्रिय विमानस्थलमा एकैदिन १६ अन्तरराष्ट्रिय उडान

Uncategorized
जनादेश काठमाण्डौ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकैदिन १६ वटा आन्तरिक उडानका जहाज आवतजावत गरेका छन् । आन्तरिकतर्फ यो बन्दाबन्दी शुरु भएयताकै सबैभन्दा बढी चार्टर्ड उडान हो । यसअघि असारको दोस्रो साता दैनिक १० देखि १४ वटासम्म आन्तरिक उडान भएका थिए । आज यती एयरलाइन्सले पोखराबाट सबैभन्दा बढी ५२ यात्रु काठमाडौँ ल्याएको छ भने सीता एयरले सुर्खेतमा १६ यात्रु लगेको छ । सिम्रिक एयर, कैलाश एयर, मनाङ एयर, एयर डाइनेष्टिको हेलिकप्टरले विभिन्न गन्तब्यमा उपचार उडान गरेको विमानस्थल कार्यालयले जनाएको छ । कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले गत चैत ११ बाट देशभर लागू गरेको बन्दाबन्दी मङ्गलबार रातिदेखि पूर्णरुपमा हटाउने निर्णय गरेको थियो । आन्तरिक तथा अन्तरराष्ट्रिय उडान पनि साउन ६ गतेसम्म प्रतिबन्ध गरिएको थियो । सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन