पिसिआर मेशिन जडान शुरु
जनादेश, झापा ।
झापामा समुदायबाट सङ्कलित रकमबाट कोभिड–१९ को स्वाब परीक्षण गर्ने पिसिआर मेशिन खरीद गरिएको छ । प्रयोगशालाका उपकरण आज आइपुगेपछि जडान शुरु गरिएको छ ।
कोभिड–१९ को महामारीका अवस्थामा झापाका युवा समाजसेवीले शुरु गरेको ‘एकका लागि एक अभियान’बाट चन्दा सङ्कलन गरेर यन्त्र खरीद गरिएको हो । अभियानका सहसंयोजक विनोद बस्नेतले कनकाई नगरपालिका–४ कोटीहोमस्थित समर्पण भवनमा प्रयोगशालाका सबै उपकरण आज आइपुगेको जानकारी दिनुभयो ।
मुलुकमै समुदायबाट चन्दा सङ्कलन गरेर स्थापना गर्न लागिएको यो पहिलो पिसिआर ल्याब हो । यसका लागि रु एक करोड २० लाख जति चन्दा सङ्कलन भइसकेको अभियानले जनाएको छ । यसमा अन्तरराष्ट्रिय झापाली समाज एक्लैले रु २५ लाख योगदान गरेको छ । “सम्पूर्ण उपकरण आइपुगेको छ”, एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीले भन्नुभयो, “आशा छ, अबको पाँच दिनभित्रै उपकरण जडान सकिएर न