तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका– ७ शान्तिनगरमा पहिरोका कारण जेखिममा रहेको घर । त्यस आसपास क्षेत्रका आठ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । तस्वीर ः सानेबहादुर नेपाली/रासस
६ श्रावण २०७७, मंगलवार ०२:११६ श्रावण २०७७, मंगलवार ०२:११६ श्रावण २०७७, मंगलवार ०२:११ by Jandesh NepalNo Comments
नेपाली महिला क्रिकेट टोलीले सन् २००७ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा मलेसियामा एसिसी वुमन्स टि२० क्रिकेट खेलेको थियो । पहिलो अन्तर्राष्ट्रिय खेलमै फाइनलमा बंगलादेशसँग पराजित हुँदै उप विजेतामा सिमित भएको थियो ।
त्यस प्रदर्शनकै आधारमा धेरैले नेपाली महिला क्रिकेट पुरुष भन्दा धेरै छिटो माथि जाने अनुमान गरेका थिए । हालसम्म पनि नेपाली महिला क्रिकेट टोली अन्तर्राष्ट्रिय स्तरमा उपविजेतामै सिमित हुँदै आएको छ । खेलाडीको एकल प्रयासले उपाधि जित्न प्राप्त हुन पनि सक्दैन । महिला क्रिकेटलाई अघि बढाउन लगानी र दीर्घकालिन कुनै योजना देखिदैन । घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिता चाडपर्वका रुपमा रहँदै आएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक महिला टोलीलाई पारिश्रमिक दिने तयारी गरिरहेको छ । महिला क्रिकेट विकासको लागि यो महत्त्वपूर्ण कदम भएपनि योमात्र पर्याप्त भने छैन । राष्ट्रिय ट
६ श्रावण २०७७, मंगलवार ०२:०९६ श्रावण २०७७, मंगलवार ०२:०९६ श्रावण २०७७, मंगलवार ०२:०९ by Jandesh NepalNo Comments
एजेन्सी । इंग्लिस प्रिमियर लिगमा एभर्टन र वल्भ्स विजयी भएका छन् । एभर्टनले सेफिल्ड युनाइटेडलाई तथा वल्भ्सले क्रिस्टल प्यालेसलाई पराजित गरेको हो ।
एभर्टको जितमा ब्राजिली रिचार्लीसनले दोस्रो हाफको शुरुमै गरेको गोल नै निर्णायक बन्यो । रिचार्लीसनले ४६औं मिनेटमा गिल्फी सिगुडसनको पासमा गोल गरेका थिए । जितपछि एभर्टन ३७ खेलबाट ४९ अंक जोडेर ११औं स्थानमा उक्लिन सफल भएको छ । पराजित सेफिल्ड ५४ अंकसहित आठौं स्थानमा यथावत छ ।
यस्तै अर्काे खेलमा वल्भ्सले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको छ । वल्भ्सको जितमा ड्यानिल पोडेन्स र जोनीले गोल गरे । जितपछि वल्भ्स ५९ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । वल्भ्सले टोटेनहम हस्टपुरलाई एक अंकले पछि पार्दै शीर्ष ६ मा रहेर अर्काे सिजनको युरोपा लिगको छनोट खेल खेल्ने सम्भावना जीवितै राखेको हो । पराजित क्रिस्टल प्यालेस ४२ अंक जोडेर १४औं स्थानमा यथावत छ ।
यस
६ श्रावण २०७७, मंगलवार ०२:०६६ श्रावण २०७७, मंगलवार ०२:०६६ श्रावण २०७७, मंगलवार ०२:०६ by Jandesh NepalNo Comments
एजेन्सी । सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ‘ए’ मा कीर्तिमानी गोल गरेपछि युभेन्टसले लाजियोलाई पराजित गरेको छ । टुरिनमा युभेन्टसले लाजियोलाई २–१ ले पराजित गरेको हो ।
घरेलु मैदान टुरिनमा सोमबार राति भएको खेलमा सातौ मिनेटमा युभेन्टसले पहिलो आक्रमण बुनेको थियो । डगलस कोस्टाको प्रहारलाई लाजियोका गोलरक्षक थोमसले सहजै नियन्त्रणमा लिएका थिए । १०औं मिनेटमा फ्रिकिकमा आएको बललाई म्याथ्थिज डि लेग्टले भलीमार्फत दिएको पासलाई एलेक्स सान्द्रोले गरेको प्रहार पोस्टमा लाग्दै बाहिरिदा युभेन्टस अग्रता लिनबाट चुकेको थियो ।
३१औं मिनेटमा अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला गोलनजिक पुगेर पनि चुके । ४३औं मिनेटमा लाजियोका सिरो इम्मोवाइलको २५ यार्ड टाढाको प्रहार पोस्टमा लाग्दै बाहिरिद लाजियोले पनि अग्रता लिने अवसर खेर फालेको थियो । दोस्रो हाफमा पनि घरेलु टोलीले शुरुवातदेखि नै लाजियोमाथि दवाव सिर
६ श्रावण २०७७, मंगलवार ०१:४७६ श्रावण २०७७, मंगलवार ०१:४७६ श्रावण २०७७, मंगलवार ०१:४७ by Jandesh NepalNo Comments
जनादेश, काठमाण्डौ ।
देशका विभिन्न स्थानमा बर्षा भएको छ । मनसुनी वायु सक्रिय रहँदा रातिदेखि नै देशका अधिकांश स्थानमा लागातार वर्षा भएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा सरेको मनसुनी न्यून चापीय रेखाको प्रभावले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।
बुधवारसम्म देशभरि मनसुनी गतिविधि सक्रिय हुने विवरण आइरहेको समयमा विज्ञहरूले बाढी तथा पहिरोबाट जोगिन मौसम र विपद्सम्बन्धी पूर्वचेतावनीलाई समुदायले अटेर नगर्न सुझाव दिएका छन्।
तराईका जिल्लाहरुका भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले नदी किनार र डुवान भईरहने होचा स्थानमासतर्क अपनाउँन आग्रह समेत गरेको छ ।
नदि तथा खोला आसपासका बस्तीहरुलाई सतर्क रहन स्थानिय प्रशासनले आग्रह समेत गर्दै आएको छ ।
केही स्थानहरूमा भारी र अति भारी वर्षा हुने यो क्रम बुधवारसम्म जारी रहने र त्यसपछि केही कमी आउने विभागका
६ श्रावण २०७७, मंगलवार ०१:३०६ श्रावण २०७७, मंगलवार ०१:३०६ श्रावण २०७७, मंगलवार ०१:३० by Jandesh NepalNo Comments
जनादेश, (रासस) :
काठमाडौँ । नेपाल वायु सेवा निगमले चार्टर्ड उडानका दौरानमा कतिपय व्यक्ति तथा संस्थाले यात्रुबाट अस्वाभाविक रुपमा बढी मूल्यमा टिकट बिक्री गरेको भन्ने गुनासो आएको तर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कतिपय व्यक्ति वा संस्थाले यात्रुलाई सहजै टिकट मिलाइ दिने भनी आफ्नो सम्पर्क नं सहित विभिन्न सञ्चारमाध्यममा सूचना प्रकाशित गरेकोसमेत बुझिएको भन्दै निगमले आज एक विज्ञप्तिमार्फत त्यस्ता व्यक्ति वा संस्थाको भ्रममा नपर्न सम्बन्धित सबैलाई सूचीत गरेको छ ।
यदि निगमको वेबसाइटमा प्रकाशित भाडादरभन्दा बढी असुलेर कुनै व्यक्ति वा संस्थाले टिकट विक्री गरेको प्रमाणित भएमा प्रचलित कानूनबमोजिम कारवाही गरिने निगमले जनाएको छ ।
निगमका उद्धार उडान तालिका र भाडादरसम्बन्धी जानकारी चाहिएमा निगमको निम्न नं ४२४८६१४, ४२४८६२५ मा सम्पर्क गर्नुहुन् तथा निगमको वेबसाइटमा हेर्न हुनसमेत अनुरोध गरेको छ
५ श्रावण २०७७, सोमबार १४:४३५ श्रावण २०७७, सोमबार १४:४३५ श्रावण २०७७, सोमबार १४:४३ by Jandesh NepalNo Comments
जनादेश, काठमाण्डौ ।
काठमाडौं ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।
सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैतयता आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएको छ ।
अब भदौ १ देखि भने नियमित व्यवसायिक उडान सञ्चालन गर्ने निर्णय भएको भट्टराईले बताए ।
५ श्रावण २०७७, सोमबार १४:२५५ श्रावण २०७७, सोमबार १४:२५५ श्रावण २०७७, सोमबार १४:२५ by Jandesh NepalNo Comments
काठमाडौँ, ५ साउन (रासस) ः
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले भलिबल खेलाडी प्रतिभा मालीलाई उपचारका लागि रु दुई लाख सहयोग गरेको छ ।
लामो समयदेखि चोटील बनेकी मालीलाई सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, पूर्वअध्यक्ष दीपक विष्ट र १३औँ सागकी दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले आज सहयोग हस्तान्तरण गरेका हुन् ।
नेपाल भलिबल सङ्घले आयोजना गरेको पाँचौँ संस्करणको राष्ट्रिय वाणिज्य बैंक एनभीए कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल्ने क्रममा माली गत वर्ष माघ १० गते घाइते हुनुभएको थियो ।
उहाँको घुँडामा चोट लागेको थियो । प्रतिभा घुँडाको शल्यक्रियापछि थेरापी गर्दै आउनुभएको छ । चोटकै कारण उहाँले प्रतियोगितामा भाग लिन सक्नुभएन ।
आर्थिक अभाव भएपछि सङ्घले आफ्नो खेलाडी अक्षय कोषबाट सो सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यसअघि प्रतिभालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उपचार
५ श्रावण २०७७, सोमबार १४:०४५ श्रावण २०७७, सोमबार १४:०४५ श्रावण २०७७, सोमबार १४:०४ by Jandesh NepalNo Comments
जनादेश , (रासस) :
काठमाडौँ । नेपाली काँग्रेसका नेताहरुले विभिन्न बहानामा पत्रकारलाई पेशाबाट वञ्चित गरिएकाप्रति आपत्ति जनाएका छन् ।
कोरोना भाइरसले नेपाली सञ्चार क्षेत्रमा पारेको असरबारे नेपाली काँग्रेसको कोरोना अनुगमन समिति र नेपाल पत्रकार महासङ्घबीच आज भएको छलफलमा नेपाली काँग्रेसका सहमहामन्त्री एवं कोरोना अनुगमन समितिका संयोजक डा प्रकाशशरण महतले पत्रकार जनताको पिरमर्का उजागर गर्न लागीरहेको बताउँदै उनीहरको पेशागत सुनिश्चितताका लागि सरकार तथा सम्बन्धित सञ्चार गृहले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कोरोना अनुगमन समितिका सदस्य डा चन्द्र भण्डारीले कोरोना विपद्को समयमा पत्रकारलाई संरक्षण गर्नुपर्नेमा रोजगारीबाटै निष्काशन गर्नु अत्यन्तै अमानवीय व्यवहार भएको टिप्पणी गर्नुभयो ।
काँग्रेसकै नेता एनपी साउदले अहिलेको परिस्थितिमा सबै बाँच्ने र
५ श्रावण २०७७, सोमबार १३:५७५ श्रावण २०७७, सोमबार १३:५७५ श्रावण २०७७, सोमबार १३:५७ by Jandesh NepalNo Comments
काठमाडौँ, रासस० ः
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ० ले मापदण्डविपरीत विभिन्न नियुक्ति गरिएको भन्दै त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा ताला लगाएको छ ।
विश्वविद्यालयमा भएका नियुक्तिमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का कार्यकर्तालाई प्राथमिकता दिएको आरोप लगाउँदै नेविसङ्घ त्रिवि समितिले आज रजिष्ट्रार र रेक्टरको कार्यालयमा समेत ताला लगाएको हो ।
सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयको व्यवस्थापनभन्दा पनि अमुक पार्टीका कार्यकर्ताको व्यवस्थापन गर्ने गरी हालै नियुक्ति गरिएका विभागीय प्रमुख, क्याम्पस प्रमुख, डिनहरूको नियुक्ति खारेज गरी विश्वविद्यालयको मापदण्डअनुसार नियुक्त नगरेसम्म अनिश्चितकालीन तालाबन्दी गरिएको जानकारी गर्दछौँ ।’
मागसँगै वार्ताका लागि पटक–पटक पहल गर्दा पनि पदाधिकारी तयार नभएपछि आफूहरु तालाबन्दी गर्न बाध्य भएको सङ्घका नेत