Uncategorized Archives | Page 40 of 55 | Education Patra

Uncategorized

सत्तारुढ नेकपाको स्थायी समितिको बैठक फेरी स्थगित

सत्तारुढ नेकपाको स्थायी समितिको बैठक फेरी स्थगित

Uncategorized
अर्को बैठक मंगलबार विहान ११ बजे बस्ने जनादेश, काठमाण्डौ । सत्तारुढ नेकपाको स्थायी समितिको बैठक फेरी स्थगित भएकोछ । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटीको बैठक पर्सिसम्मका लागि स्थगित भएको छ । नेकपाको केन्द्रीय कार्यालयले विज्ञप्ति निकालेर बैठक पर्सि बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो । आज दिउँसो तीन बजेका लागि बोलाइएको बैठक एक्कासी स्थगित गरिएको हो । यसअघि साउन २ गते बोलाइएको बैठक पनि आजका लागि सारिएको थियो । नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको यो सातौं पटक हो । अस्तीको सचिवालय बैठकमा मंसीरमा महाधिवेशन गर्ने प्रस्ताव आएपछि नेकपामा जारी विवाद नयाँ मोडमा पुगेको हो ।  
‘एक घर एक तालीम’

‘एक घर एक तालीम’

Uncategorized
गण्डकी, (रासस)ः कास्कीको अन्नपूर्ण गाउँपालिकाले परम्परागत खाद्य पदार्थलाई ब्रान्डका रुपमा स्थापित गर्दै त्यसको बजारीकरण गर्ने भएको छ । गाउँपालिकाले हस्तकलाका सामग्रीसहित र परम्परागत खाद्य पदार्थहरु (सिन्की, गुन्द्रुक, मह, कफी, अलैँची आदि) लाई विशेष ब्रान्डका रूपमा स्थापित गर्ने भएको छ । साथै निकासीजन्य वस्तु उत्पादन गर्न प्रोत्साहन गर्ने तयारी अगाडि बढाएको छ । स्थानीय स्रोत सीप साधन एवम् प्रविधिको प्रयोगलाई बढावा दिई परम्परागत रूपमा रहेका राडीपाखी, कम्बल, भाङ्ग्रा, झोला बनाउने तानहरूलाई आधुनिकीकरण गरी व्यावसायिकताका साथ अन्नपूर्ण ब्रान्डका रूपमा विकास गरिने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय वन पैदावर, प्राकृतिक स्रोतसाधन, जडीबुटी, अल्लोमा आधारित उद्योग गाउँपालिका तथा स्थानीयवासीसँग साझेदारीमा स्थापना गर्न लगानीकर्तालाई उचित वातावरणक
गल्याङद्वारा पशुपालनका लागि रु एक करोड अनुदान

गल्याङद्वारा पशुपालनका लागि रु एक करोड अनुदान

Uncategorized
स्याङ्जा, (रासस) ः गल्याङ नगरपालिकाले पशुपालनका क्षेत्रमा रु एक करोड अनुदान वितरण गरेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेटबाट नगरपालिकामा पशुपालन गर्दै आएका कृषकलाई अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगपालिकाका प्रमुख भूपराज अधिकारीले किसानलाई कामका आधारमा अनुदान दिएर कृषिलाई व्यावसायिक रुपमा अगाडि बढाउने योजनानुसार नगरपालिकाले काम गरिरहेको बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेका अनुसार प्रतिलिटर रु १५ का दरले ४८ लाख र गाईभैँसीका लागि रु ७५ लाख अनुदानस्वरुप वितरण गरिएको छ । पशु शाखा प्रमुख सुशील अर्यालले चार सयभन्दा बढी घर परिवारले दूधमा प्रतिलिटर रु १५ का दरले अनुदान पाएको जानकारी दिनुभयो । यसैगरी पशुधन बीमा कार्यक्रमअन्तर्गत दुई हजार तीन सय परिवार लाभान्वित भएको र रु १० लाख अनुदानस्वरुप वितरण गरिएको छ । बङ्गुरपालन, बाख्रापालन, घाँस खे
कर्णालीका ८७ प्रतिशत सङ्क्रमित कोरोना जितेर घर फर्के

कर्णालीका ८७ प्रतिशत सङ्क्रमित कोरोना जितेर घर फर्के

Uncategorized
कर्णाली (रासस) : पछिल्लो समयमा कर्णालीमा निको भएर घर फर्कने कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि आएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार १७ सङ्क्रमित निको भएर घर फर्केका छन् । कोरोनाबाट निको भएर घर फर्कने सङ्ख्या भने दिनप्रतिदिन बढिरहँदा सङ्क्रमणदर भने घट्दो अवस्थामा छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कलाई हेर्दा शनिबार चार जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यो सङ्ख्या कर्णालीमा अहिलेसम्मकै न्यून हो । शनिबारसम्म १७ सङ्क्रमित निको भएसँगै कर्णालीमा कोरोना भाइरस जितेर घर फर्कनेको सङ्ख्या एक हजार ५१० पुगेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । “कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार ७३७ पुगेको छ”, महाशाखा प्रमुख डा तिवारीले भन्नुभयो, “जसमा कूल सङ्क्रमि
चिया किसानको आन्दोलन सहमति नजिक

चिया किसानको आन्दोलन सहमति नजिक

Uncategorized
किरण पौड्याल इलाम (रासस) : लामो समयदेखि आन्दोलनरत चिया किसानले पछिल्लो छलफलबाट आफ्ना माग सुनुवाइ हुँदै गएकाले सहमति नजिक पुगेको बताएका छन् । उद्योगले विभिन्न बहाना बनाएर हरियो चियाको दाम कम्ती दिएको भन्दै आन्दोलनमा होमिएका किसान अब भने चियाको उचित दाम पाउनेमा आशावादी देखिएका छन् । सूर्योदय नगरपालिकामा रहेका चिया उद्योगले बन्दाबन्दीको बहाना बनाउँदै नगरले तोकेको मूल्यभन्दा कम मूल्यमा चिया लिने बताएपछि किसान आन्दोलनमा होमिएका थिए । दुई वर्षअघि नगरपालिकाले हरियो चियापत्ती प्रतिकिलो मूल्य रु ४० भन्दा कममा उद्योगले किन्न नपाउने भन्दै कार्यविधि नै बनाएको थियो तर अहिले उद्योगीले बन्दाबन्दीमा चिया बेच्न नसकिएका कारण व्यवसाय घाटामा गएकाले तोकिएको मूल्य दिन नसक्ने बताएका थिए । त्यसपछि आन्दोलनमा रहेका किसानले पछिल्लो समय उद्योगले माग सम्बोधन गर्न सकारात्मक रहेकाले सहमतितर्फ वार्ता पुग
आज घण्टाकर्ण अर्थात् गठामङ्गल मनाइँदै

आज घण्टाकर्ण अर्थात् गठामङ्गल मनाइँदै

Uncategorized
प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री शहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन् । परापूर्वकालदेखि मनाइँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा किरा नलाग्ने विश्वास रहेको बताउनुहुन्छ । यसैगरी बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै
विदेशमा कोभिड–१९ बाट १६० नेपालीको मृत्यु

विदेशमा कोभिड–१९ बाट १६० नेपालीको मृत्यु

Uncategorized
विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको छ । शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जनाउँदै सङ्घले २८ हजार ६८१ जना अर्थात् ९३ प्रतिशत सङ्क्रमणमुक्त भएका बताएको छ ।
एसी मिलानको सानदार जित

एसी मिलानको सानदार जित

Uncategorized
एजेन्सी । इटालियन सिरी ‘ए’ मा एसी मिलानले सानदार जित निकाल्दै शीर्ष ६ भित्र पर्ने सम्भावनालाई जीवितै राखेको छ । घरेलु मैदान सान सिरोमा शनिबार राति भएको खेलमा बोलोग्नामाथि ५–१ को सानदार जित निकाल्दै एसी मिलानले शीर्ष ६ मा रहेर अर्काे सिजनको युरोपा लिगा खेल्ने सम्भावना जीवितै राखेको हो ।   मिलानको फराकिलो जितमा साइलेमकर्स, हकान कलहानोग्लु, इस्माइल बेनासर, एन्टी रेविच र डाभिड कालाब्रियाले गोल गरे । पाहुना टोलीका ताकेहिरो तोमीयासुले सान्त्वना गोल फर्काए ।  गोलको वर्षा भएको खेलमा मिलानले खेलको १०औं मिनेटमा एलेक्सिसको गोलबाट अग्रता बनाएको थियो । २४औं मिनेटमा हकानले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । ४४औं मिनेटमा ताकेहिरोले गोल गरेपछि पहिलो हाफ २–१ को अवस्थामा सकिएको थियो । ४९औं मिनेटमा इस्माइलले गोल गर्दै मिलानलाई ३–१ को अग्रता दिलाए । ५७औ मिनेटमा एन्टी रेविचले ज्लाटन इभ्राहिमोभिचको पास
नाछिरिङ राई भाषाको पाठ्यपुस्तक विमोचन

नाछिरिङ राई भाषाको पाठ्यपुस्तक विमोचन

Uncategorized
खोटाङ, (रासस) : विद्यालयमा नाछिरिङ राई भाषा पठनपाठन सञ्चालन गर्नका लागि कक्षा १ र २ को पाठ्यपुस्तक विमोचन गरिएको छ । किराँत रदु नाछिरिङ साखाम केन्द्र काठमाडौँको पहलमा बनाइएको रामकुमार नाछिरिङ संयोजकत्वको पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन समितिले तयार पारेको पाठ्यपुस्तक शनिबार साखामकै केन्द्रीय कार्यालय नारायणचोक कपनमा विमोचन गरिएको हो । पूर्वी नेपालका विभिन्न जिल्लामा बसोबास गरिरहेका नाछिरिङ राई भाषाको पाठ्यपुस्तक नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्ती, किराँत राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राई, किराँत राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राई, परिषद्का सदस्य सचिव एवं भाषाविद् डा तारामणि राई, लोहोरुङ राई समाजका अध्यक्ष चित्रबहादुर लोहरुङलगायतले संयुक्तरुपमा विमोचन गर्नुभयो । खोटाङ, सोलुखुम्बु, उदयपुरलगायत जिल्लाका नाछिरिङ राईको बाहुल्
सिटीलाई हराउदै आर्सनल एफए कपको फाइनलमा

सिटीलाई हराउदै आर्सनल एफए कपको फाइनलमा

Uncategorized
एजेन्सी । साविक विजेता म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनल इंग्ल्यान्डको सबैभन्दा पुरानो र चर्चित एफए कपको फाइनलमा प्रवेश गरेको छ । वेम्वली स्टेडियममा शनिबार राति भएको खेलमा सर्वाधिक १३ पटकको च्याम्पियन आर्सनलले सिटीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । आर्सनलको जितमा दुवै गोल कप्तान पिएरे इमिरिक औवमियाङले गोल गरे । खेलको शुरुवातदेखि नै सिटीले आर्सनललाई दवावमा राखेको थियो । चौथो मिनेटमा नै रहिम स्ट्रलिङको लो क्रसमा कप्ता डेभिड सिल्भाको प्रहारलाई डिफेन्डर काइरन टिएरनीले ब्लक गरिदिए । १०औं मिनेटमा रियाद महारेजको हेडरलाई ग्रानिट जाहाले नियन्त्रणमा लिदै गोल टारे । १७औं मिनेटमा सेन्टर ब्याक डेभिड लुइजको चलाखीपुर्ण थ्रु पासमा कप्तान औबामियाङको प्रहारलाई सिटीका गोलरक्षक इडर्सन मोरेसले नियन्त्रणमा लिदा आर्सनलले अग्रता लिने अवसर गुमायो । त्यसको दुई मिनेटपछि नै आर्सनलले औवा