Uncategorized Archives | Page 41 of 55 | Education Patra

Uncategorized

हत्या हुनुमा मृतककै दोष देखाउदै सर्वोच्चले पूर्वडिआइजी कोइरालाको सजाय घटायो

हत्या हुनुमा मृतककै दोष देखाउदै सर्वोच्चले पूर्वडिआइजी कोइरालाको सजाय घटायो

Uncategorized
जनादेश, काठमाडौँ । सर्वोच्च अदालतले आफ्नै श्रीमतीको हत्या अभियोगमा जन्म कैदको सजाय भोगीरहेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाइदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको जन्मकैद सजाय घटाएको हो । कोइरालाले साढे ८ वर्षअघि श्रीमती गीता ढकालको हत्या गरी शव प्लास्टिकमा पोको पारेर मकवानपुरको टिष्टुङ जंगलमा लगेर पेट्रोल छर्की जलाएका थिए । अनुसन्धानमा प्रहरील ढकालको हाधा जलेको शव भेटाएको थियो । श्रीमती ढकालले व्यापारका लागि पैसा मागेपछि चर्किएको विवादका कारण कोइरालाले रिसको आवेगमा धकेल्दा ढकालको मृत्यु भएको जनाउदै सर्वोच्चले सजाय घटाएको हो । हत्या हुनुमा मृतक ढकालकै दोष रहेको देखाउदै सर्वोच्चले कोइरालाको जन्मकैदको सजाय घटाएर ८ वर्ष ६ महिना बनाएको छ । जस अनुसार कोइराला यही साउन ८ गते रिहा हुने देखिएको छ ।
सेयर तथा घर कर्जा खुकुलो

सेयर तथा घर कर्जा खुकुलो

Uncategorized
कारोबार संवाददाता बैंकबाट ऋण लिएर घर किन्न चाहने उपभोक्तालाई केही राहत भएको छ । साथै, नेपाल राष्ट्र बैंकले सेयर कर्जामा पनि केहि राहत दिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीति सार्वजनिक गर्दै निजी आवास कर्जाको सीमा ६० प्रतिशत कायम गरेको छ । यसअघि यो सीमा ५० प्रतिशत थियो । तर यो सुविधा हाउजिङ व्यवसायीबाट व्यवस्थित सञ्चालन गरिएको आवास परियोजनाका घर किन्नेले मात्र पाउने छन् । व्यक्तिगत पहिलो घर निर्माणका लागि प्रवाह गर्ने कर्जामा भने राष्ट्र बैंकले कडाई गरेको छ । गत कार्तिकमा घरजग्गा तथा रियलस्टेट कर्जासम्बन्धि व्यवस्थामा संशोधन गर्दै राष्ट्र बैंकले ‘फस्र्ट होमबायर’ का लागि धितो मूल्यांकनको ७० प्रतिशतसम्म ऋण सुविधा पाइने व्यवस्था गरेको थियो । त्यसको सात महिनापछि आएको मौद्रिक नीतिले यसलाई उल्ट्याएर राष्ट्र बैंकले पहिलो घर निर्माणकर्तालाई दिने ऋणको सिमा
झोलुङ्गे पुल निर्माणका लागि सामान ढुवानी गरिँदै

झोलुङ्गे पुल निर्माणका लागि सामान ढुवानी गरिँदै

Uncategorized
जनादेश, रासस दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरु गागामा निर्माण गरिन लागेको झोलुङगे पुलका लागि हेलिकप्टरमार्फत सामान ढुवानी शुरु गरिएको छ । छाङ्गरु र तिङ्करका लागि खाद्यान्न ढुवानी गर्न आएको माउण्टेन एयरको हेलिकप्टरमार्फत पुल निर्माणको सामान ढुवानी शुरु गरिएको हो । तिङ्कर खोला र नाम्पा खोला जोडिने तिपुलच्याक्ती भन्ने ठाउँमा झोलुङगे पुल निर्माण गरिन लागेको हो । झोलुङगे पुल निर्माण शुरु गर्न हेलिकप्टरमार्फत सामान ढुवानी शुरु गरिएको निर्माण समितिका अध्यक्ष शङ्कर ऐतवालले जानकारी दिनुभयो । सामान ढुवानीका लागि बाटो नहुँदा अहिले हेलिकप्टरमार्फत सामान ढुवानी गरिन लागेको हो । हेल्पटास नेपाल र डोलिडारको आर्थिक तथा समाज कल्याण समाज दार्चुलाको प्राविधिक सहयोगमा झोलुङगे पुल निर्माण हुन लागेको हो । स्वीस सरकारको रु ७५ लाख १४ हजार ३५७ र व्यास गाउँपालिकाको रु चार लाख ७९ हजार ६३९ गरी कुल रु ७९ लाख ९
क्वारेन्टाईन व्यवस्थापन र राहत वितरणमा खट्नेलाई सम्मान

क्वारेन्टाईन व्यवस्थापन र राहत वितरणमा खट्नेलाई सम्मान

Uncategorized
जनादेश, घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर ४ ले क्वारेन्टाईन व्यवस्थापन, राहत वितरणमा खटिएका युवा, स्वास्थ्य स्वयसेविका र टोल विकास संस्थाहरुलाई कदर एवं सम्मान गरेको छ । वडा कार्यालयले कोरोना संक्रमण रोकथामका लागि सञ्चालन गरेको क्वारेन्टाईन व्यवस्थापन एवं राहत वितरणमा खटिएका ८१ जना युवाहरु र १२ जना स्वास्थ्य स्वंयसेविकालाई कदर पत्र र ७ वटा टोल विकास संस्थाहरुलाई सम्मान पत्र प्रदान गरेको हो । वडा अध्यक्ष भीमबहादुर सार्कीले कोरोना रोकथामका लागि गरिएका प्रयासमा रातदिन खट्ने र विपन्न परिवारहरुको घरघरमा राहत पुराउने युवाहरुलाई कदर पत्र र सहजिकरण गर्ने टोल विकास संस्थाहरुलाई सम्मान पत्र प्रदान गर्नुभएको हो । लकडाउनको अबधीमा भारतबाट आई मावि गोग्ली, आधारभूत विद्यालय सुनपुर, आधारभूत विद्यालय सवारीकोट र प्रावि पालुथानमा सञ्चालन गरिएको क्वारेन्टाईनमा बसेका वडाबासीहरुलाई खाना तथा बसाई व्यव
मंसिरमा महाधिवेशन प्रस्ताव : चार शीर्ष नेताको असन्तुष्टि, यस्ता छन् सात चुनौती

मंसिरमा महाधिवेशन प्रस्ताव : चार शीर्ष नेताको असन्तुष्टि, यस्ता छन् सात चुनौती

Uncategorized
एकातिर कोरोनाको महामारी, अर्कोतिर चाडपर्वको लहर, तर पनि नेकपा महाधिवेशन मंसिरमै गर्ने अनौठो प्रस्ताव शुरोजङ्ग पाण्डे काठमाडौं नेकपामा जारी विवादबीच महाधिवेशनको बहस सुरु भएको छ । अध्यक्ष केपी ओलीको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकारात्मक धारणा राखेका छन् भने माधव नेपालसहितका नेताहरूले आशंका व्यक्त गरेका छन् । आगामी मंसिरमा महाधिवेशन गर्ने प्रस्तावमा स्थायी कमिटीले छलफल गर्ने भएको छ । शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफूले पनि आत्मालोचना गर्ने बताउँदै अरूलाई पनि आ–आफ्ना कमजोरी सच्याउन आग्रह गरेका थिए । ‘सिंगो देश र पार्टी अहिले संकटमा छ । संकट टार्नुपर्ने हाम्रो दायित्व छ । अहिलेको महत्वपूर्ण काम भनेको पार्टी एकता हो । एकता बचाउन हामी सबै आ–आफ्ना कमजोरी स्वीकार गर्न तयार हुनुपर्छ । म मेरो कमजोरी स्वीकार गर्छु, आत्मालोचना गर्छु । अरू साथीले प
राष्ट्रपतिसँग नेकपा अध्यक्षद्धयको भेट

राष्ट्रपतिसँग नेकपा अध्यक्षद्धयको भेट

Uncategorized
जनादेश, काठमाण्डौ राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ भेटवार्ता गर्नुभएको छ । पार्टीको सचिवालय बैठक सकिएलगत्तै अध्यक्षद्वयले राष्ट्रपति भवन शीतलनिवास पुगेर भेटघाट गर्नुभएको हो । भेटवार्ताका क्रममा मुलुकको समसामयिक विषयमा छलफल भएको जनाइएको छ । नेकपाको शीर्ष तहमा देखिएको विवाद समाधानका लागि छलफल जारी रहेका बेला आज सचिवालय बैठकसमेत बसेको थियो । आजको सचिवालय बैठक सङ्कट समाधानका लागि सकारात्मक दिशातर्फ अघि बढेको जनाइएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकले पार्टीमा देखिएको सङ्कट समाधान गर्न छलफल जारी राख्ने निष्कर्ष निकालेको जानकारी दिनुभएको छ । शीर्ष नेताबीच सरकार र पार्टी सञ्चालनका विषयमा एकमत नहुँदा यसअघि पटकपटक स्थायी कमिटी बैठक स्थगन हुँदै आएक
के साँच्चै होला सत्तारुढ नेकपाको मंसीरमा महाधिवेशन ?

के साँच्चै होला सत्तारुढ नेकपाको मंसीरमा महाधिवेशन ?

Uncategorized
जनादेश, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसीरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेपछि पार्टीभित्र अनावश्यक रुपमा तानिइरहेको बहसले एकाएक नयाँ मोड लिएको छ । प्रम ओली पार्टी र सरकार दुवै सञ्चालनमा असक्षम रहेको बताउँदै दुवै जिम्मेवारीबाट राजीनामा दिन माग गर्दै कहिले स्थायी समिति त कहिले पार्टी सचिवालयको वैठक अदलीबदली बसिरहेका बखत प्रम ओलीको मंसीरमा अधिवेशन गर्ने प्रस्तावले सबैलाई आश्चर्यमा पारिदिएको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका बहुमत नेताहरुको मागलाई अस्वीकार गर्दै आएका ओली अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडान छन् । शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रम ओलीले पार्टीको एकता महाधिवेशन मंसीरमै गर्ने प्रस्ताव गरेपछि उक्त प्रस्ताव सचिवालयमा निल्नु न ओकल्नु भएको थियो । तर सचिवालय सदस्यहरुले
भौतिक दूरी कायम नगर्ने सार्वजनिक सवारी कारवाहीमा

भौतिक दूरी कायम नगर्ने सार्वजनिक सवारी कारवाहीमा

Uncategorized
जनादेश, काठमाडौँ  कोभिड–१९ को जोखिमका समयमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी बढी यात्रु बोकेका सार्वजनिक सवारीलाई आज कारवाही गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा स्वास्थ्य मापदण्ड नअपनाई सञ्चालन भएका ३० सार्वजनिक सवारीलाई कारवाही गरेको हो । कोभिड–१९ को सङ्क्रमण जोखिम कायमै रहेका बेला तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरी सञ्चालनमा आएका सार्वजनिक यातायातको विशेष जाँच अभियान चलाउँदा ती सवारी कारवाहीमा परेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । दिनभर नियन्त्रण लिई आगामी दिनमा गल्ती नगर्ने शर्तमा छाडिएको र अर्काे पटक पनि फेला परेमा थप कारवाही गरिने ढकालले बताउनुभयो । सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, स्यानिटाइजर प्रयोग गर्नुपर्ने, चालकले पञ्जासहित मास्क पनि लगाउनुपर्ने, सिटको एक लहरमा एक जना
‘इलाम हाम्रो चियाबारी राम्रो’ गीतको म्युजिक भिडियो सार्वजनिक

‘इलाम हाम्रो चियाबारी राम्रो’ गीतको म्युजिक भिडियो सार्वजनिक

Uncategorized
जनादेश, इलाम पूर्वप्रधानमन्त्री झलनाथ खनालको शब्द रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । इलामको सेरोफेरोलाई समेटेर पूर्वप्रधानमन्त्री खनालले रचना गर्नुभएको ‘इलाम हाम्रो चियाबारी राम्रो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । इलामका बिभिन्न पर्यटकीय र प्राकृतिक ठाउँको वर्णन गरिएको सो गीतमा चर्चित गायक यम बरालको स्वर रहेको छ । मिलन तिमल्सिनाको सङ्गीत रहेको उक्त गीतको एरेन्ज दिनेश राजवाहकले गर्नुभएको छ । द पेक डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीत डाइनामिक मल्टीमिडियाको व्यानरमा निर्माण गरिएको छ । गीतको निर्देशन राज केसीले गर्नुभएको छ । इलामको सन्दकपुर, माईपोखरी, कन्याम, अन्तु, इलाम चिया बगानजस्ता क्षेत्र समेटिएको गीतको भिडियोमा कृष्ण भट्टराई, प्रमोद रावल, अविषेक गुरुङ, कपिल बुढाथोकी, सन्तोष लोहार, मुकेश घतानी, पूर्णिमा थामी र आरोही श्रेष्ठले अभिनय