Uncategorized
बच्चा जन्माउन साइत हेरेर शल्यक्रिया !
काशीराम शर्मा
बाँके, (रासस) :
नेपालगञ्ज उपमहानगरपालिका–४ की २६ वर्षकी एक महिलालाई डाक्टरले गत असारको १४ गते सुत्केरी हुने समय दिए ।
डाक्टरले सुत्केरी हुन दिएको समयभन्दा तीन दिनअघि नै उहाँ भेरी अस्पताल नेपालगञ्जमा पुग्नुभयो । उहाँ ज्योतिषीसँग राम्रो साइत हेराएर बच्चा जन्माउन पुग्नुभएको थियो । उहाँले भनेकै साइतमा चिकित्सकले पनि शल्यक्रियामार्फत बच्चा जन्माइदिए तर, डाक्टर ज्योतिषले भनेको साइतबारे भने जानकार थिएनन् ।
त्यस्तै नेपालगञ्ज–४, कै अर्की महिलाले पनि डाक्टरले दिएको मितिभन्दा दुई दिनअघि नै अस्पतालमा पुगेर शल्यक्रियामार्फत बच्चा जन्माउनुभयो । यी दुई महिला प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ ।
धेरैलाई ‘नर्मल डेलिभरी’ स्वास्थ्यका लागि राम्रो हो भन्ने थाहा हुँदाहुँदै पनि लामो समयसम्म पीडा सहन नसक्ने, ज्योतिषलाई हेराएर बच्चा जन्माउने साइत निकाल्नेजस्ता कुराले पछिल्लो समय शल्यक्र
कोरोना महामारीको असर ‘देउडा पर्व’मा
सुर्खेत (रासस) :
कर्णालीका लागि साउने (कर्कट) संक्रान्ति मात्र होइन, देउडा पर्वको विशेष दिन पनि हो ।
यसका लागि कर्णाली प्रदेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा गरेको छ । सरकारले पहिलोपटक आधिकारिकरुपमा सार्वजनिक बिदा दिएको देउडाको पर्वको विशेष दिन भने सुनसान बन्यो । कोरोना महामारी कारण भाषा र संस्कृतिको मुख्य थलो जुम्लामा तीन दिनदेखि निषेधाज्ञा जारी छ ।
त्यस्तै, दैलेखमा पनि कोभिड–१९ का कारण देउडा पर्व मनाइएन । सुर्खेतमा पनि देउडाका कुनै क्रियाकलाप हुन सकेनन् । कोरोना कहरले कर्णाली र सुदूरपश्चिम दुवै प्रदेशका नागरिकको यसपालि देउडा खेल्ने रहर अधुरो बन्यो ।
साउन १ गते यसलाई भव्य तवरले मनाइने दिनका रुपमा आधिकारिक घोषणा गरिए पनि हरेक महिनाको १ र १५ गते पछिल्लो राजधानी वीरेन्द्रनगर सुर्खेतमा स्वतः मेला लाग्ने गर्दछ । यसका लागि न विज्ञापन गर्नुपर्दछ नत कुनै आधिकारिक सूचना नै
असार मसान्तभित्रै ७६ प्रतिशत रोपाइँ सकियो
खोटाङ (रासस) :
बाह्र हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको खोटाङमा हालसम्म ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यस वर्ष समयमै पर्याप्त वर्षा भएका कारण साउन नलाग्दै ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । बेँसी क्षेत्रमा लगाइएको चैते धान र मकै भित्र्याउन बाँकी भएकाले बेँसी क्षेत्रमा भने रोपाइँ हुन बाँकी रहेको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताउनुभयो ।
“चैते धान र मकै भित्र्याएपछि बेँसी क्षेत्रमा रोपाइँ हुने छ”, उहाँले भन्नुभयो, “जिल्लामा कूल १४ हजार १५९ हेक्टर खेत भए पनि १२ हजार ८९८ हेक्टरमा मात्र धान खेती लगाउने गरिएको छ ।” सिमसार भएका खेतमा जेठको अन्तिम सातादेखि रोपाइँ हुने गरे पनि सिञ्चित र असिञ्चित खेतमा वर्षा भएपछि मात्र रोपाइँ हुने गरेको छ ।
सिञ्चित खेतमा जुनसुकै समयमा रोपाइँ गर्न सकिए पनि आकाशे पानीको भर
गाडी किन्ने बजेटबाट मेयरले खोले प्राविधिक कलेज
चन्द्रकला भण्डारी, (रासस) :
मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ ।
गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई नगरसभाले नगरपालिकाको प्रमुख चढ्नका लागि रु ६० लाख बजेट विनियोजन गरेको थियो तर नगरप्रमुख राजेन्द्र पोखरेलले लाखौँ खर्चेर आफ्ना लागि सवारीसाधन खरिद गर्ने प्रस्ताव अस्वीकार गर्नुभयो ।
“बजेटमा रकम छुट्याइएको थियो, प्रमुखले सवारीसाधन किन्न मान्नुभएन”, कनकाईकी उपप्रमुख मञ्जु प्रसाईले भन्नुभयो, “त्यसपछि गाडी किन्ने बजेट प्राविधिक शिक्षालय स्थापनामा खर्च गरियो ।” नगरलाई शैक्षिक हब बनाउने र रोजगारीमूलक शिक्षा प्रदान गर्ने योजनाअनुरुप नगरप्रमुख पोखरेलले नै इञ्जिनीयरिङ विषयको पढाइ हुने कलेज खोल्ने प्रस्ताव अघि बढाउनुभयो ।
अहिले त्यही सवारीसाधन खरिद
बलात्कारको धम्की दिनेविरुद्ध छानबिन होस् : रिहा चक्रवर्तीबलात्कारको धम्की दिनेविरुद्ध छानबिन होस् : रिहा चक्रवर्ती
सामाजिक सञ्जालमा अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्याको दोष लगाएकोबारे रिहा चक्रवर्तीले प्रतिक्रिया दिएकी छिन् । बलात्कारको धम्की दिनेविरुद्ध अभिनेत्री चक्रवर्तीले साइबर कानुनमा प्रमाणसहित कारबाहीको माग गरेकी छिन् ।
इन्स्टाग्राममा उनले लेखेकी छिन्, 'मलाई सम्पत्तिमा आँखा लगाएको भनियो म चुप बसें । मलाई हत्यारा भनियो, म चुप बसें । चरित्रहिन देखाइयो । म चुप बसें । तर मेरो मौनताले तिमीलाई कसरी अधिकार दिन्छ– मेरो बलात्कार हुन्छ र आत्महत्या हुन्छ ? यदि मैले आत्महत्या गरिनँ भने ?'
उनले आफूलाई बलात्कारको धम्की दिने व्यक्तिको म्यासेज स्किनसट गरेर इन्स्टाग्राममा सार्वजनिक गरेकी छन् । उनले उक्त म्यासेज पठाउने व्यक्तिलाई लक्षित गर्दै थप लेखेकी छन्, 'के तिमीले आफूले बोलेको कुरा गम्भीर भएर सोचेकी छौ । यी त अपराध हुन् ।'
मंगलबार मात्रै सुशान्तबारे उनले लामो भावुक स्टाटस लेखेकी थिइन् । 'म यो पीडाब
इंग्ल्यान्डको बलियो सुरुआत
म्यानचेस्टर । इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो दिन बिहीबार बलियो सुरुआत लिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले दिनको खेल टुंगिदा तीन विकेट गुमाएर २ सय ७ रन बनाएको छ ।
नटआउट ब्याट्सम्यानमध्ये डन सिबलीले ८६ र बेन स्टोक्सले ५९ रन बनाए । उनीहरूले १ सय २६ रनको साझेदारी गरिसकेका छन् । यसअघि इंग्ल्यान्डले २९ रन बनाउँदाम्म दुई विकेट गुमाइसकेको थियो ।
वेस्ट इन्डिज तीन टेस्टको सिरिजमा १–० ले अगाडि छ ।
रियल म्याड्रिड बन्यो स्पेनिस ला लिगा च्याम्पियन!
एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिड क्लबको इतिहासमै ३४ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ CC बिहीबार राति भएको ९ खेलमध्य रियलले आफ्नो खेलमा जित हासिल गर्दै ७ अंकको अग्रतासहित लिग उपाधि पक्का गरेको हो ।
रियल म्याड्रिडले घरेलु मैदानमा भिल्लारियललाई २-१ ले पराजित गर्दै लिग उपाधिमा कब्जा जमायो । खलेको २९ औं मिनेटमा करीम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका हुन् । सिजनको २० औं गोल गर्ने क्रममा बेन्जेमाले लुका मोड्रीचको पासलाई सदुपयोग गरेका थिए ।
रियलले बल पोसेसनमा बलियो पकड बनाउँदै लगातार एकतर्फी आक्रमण जारी राखेको थियो छ । ७३ औं मिनेटमा रियलले पेनाल्टी प्राप्त गर्यो । रामोससर्जियो रामोसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा रियलले पहिलो प्रयासमा भने गोल गर्न सकेन । रामोसले बेन्जेमालाई पेनाल्टीमै पास दिन खोजेपनि रेफ्रीले पुन: पेनाल्टी प्रहार गर्न लगाएका थिए । दो
राजेशल हमालले – दीपाश्रीलाई दिए माफी
काठमाडौं । आफ्नो कारणले अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले लगातार दुई सातादेखि गाली खानुपरेपछि अभिनेता राजेश हमालले निरौलालाई माफ गर्न आफ्ना प्रशंसकलाई आग्रह गरेका छन् ।
दुई साताअघि एउटा टेलिभिजनमा अन्तर्वार्ता दिनेक्रममा अभिनेत्री दीपाश्री निरौलाले तत्कालीन अवस्थामा राजेश हमाल पूर्ण निष्क्रिय भएको भन्दै उनलाई सम्बोधन गरिने ‘महानायक’ उपाधिलाई अस्वीकार गरेकी थिइन् ।
त्यसपछिबाट अभिनेत्री निरौलालाई सामाजिक सञ्जालमा दर्शकले नियमित गाली गर्दै आएका छन् । यस्तो गाली रोक्न चलचित्रसम्बन्धी सातवटा संस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दा पनि गाली गर्नेक्रम रोकिएन ।
अन्तत : अभिनेता हमालले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै दीपाश्रीलाई माफ गरिदिन आफ्ना प्रशंसकलाई आग्रह गरेका हुन् ।
स्रोतः राजधानी दैनिक
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विभिन्न ३१ जना विरुद्ध साढे तीन अर्वको मुद्दा दायर
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विभिन्न १० वटा मुद्दामा साढे तीन अर्व बिगो कायम गरी मुद्दा दर्ता गरेको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा अनुसन्धानका क्रममा रहेका उजुरीहरू उपर अनुसन्धान कार्य सम्पन्न गरी ३१ जना प्रतिवादीहरूका विरुद्ध तीन अर्व बयसट्ठी करोड २७ लाख ७३ हजार तीन सय ७३ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र कैद सजाय तथा सपत्तिहरु जफतको मागदावीसहित विशेष अदालत काठमाडौँमा १० वटा मुद्दा दर्ता गरेको हो ।