सलहको दोस्रो लट नेपाल आउने तयारीमा
जनादेश संवाददाता
काठमाडौं । असार १४ गते नेपाल छिरेका सलह बिस्तारै–बिस्तारै हराउँदै गएका छन् भने अर्को नयाँ झुण्ड छिर्ने तर्खरमा देखिएको छ ।
चितवन, पाल्पा, मकवानपुर, अर्घाखाँची जिल्लामा करौंडोको बालीनाली नष्ट गरेका किरा बिस्तारै आफैं हराएका छन् ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रकाअनुसार पछिल्लो विवरणअनुसार हाल भारतको जयपुर र आगराको बीचमा पर्ने धौषा भन्ने स्थानमा देखिएका ५ वटा सलहका झुण्डहरु करिब ५२५ हेक्टर क्षेत्रफल साइजमा रहेका छन् ।
इरान तथा पाकिस्तान र अफ्रिकाबाट आएका झुण्डहरुमा मिसिएर राजस्थान र उत्तरी गुजरातमा वंशवृद्घि गरी जुलाइको अन्ततिर फेरि नयाँ पुस्ताका झुण्ड तयार हुनसक्ने अनुमान गरिएको छ । यसमध्ये केही झुण्ड नेपालका समथर भू–भाग र केही पहाडी क्षेत्रहरुसम्म पनि पुग्न सक्ने पूर्वानुमान एफएओको रहेको छ ।