Uncategorized Archives | Page 52 of 55 | Education Patra

Uncategorized

नेपालले जित्यो १० पदक

नेपालले जित्यो १० पदक

Uncategorized
काठमाडौं । नेपालले आईएसकेयू इन्टरनेसनल अनलाइन कराते काता च्याम्पियनसिपमा ४ स्वर्णपदकसहित १० पदक हात पार्न सफल भएको छ । नेपालले चार स्वर्ण, समान ३ रजत पदक र ३ कांस्य पदक गरी १० पदक जित्न सफल भएको हो । नरहरिपुर कराते डोजो, मच्छेगाउँकी सञ्जु देसारले महिला क्याडेट इभेन्ट्समा श्रीलंकाकी एसएभी देभमिनी डि सिल्भालाई पराजित गर्दै स्वर्णपदक हात पारिन् । यस्तै ७ वर्षमुनिको स्पर्धामा प्रशन्न घर्ती मगरले आयोजक भारतका सात्विक खेतानलाई पराजित गर्दै स्वर्ण दिलाए । आठ वर्षमुनिको स्पर्धामा सत्कार घर्ती मगरले श्रीलंकाका थरुसा लकमललाई पराजित गर्दै स्वर्ण जिते । यस्तै, महिला १० वर्षमुनिको स्पर्धामा दीक्षा महताराले इरानकी साबा रोहीलाई पराजित गर्दै स्वर्ण हात पारिन् । इन्टरनेसनल सोतोकान कराते युनाइटेड (आईएसकेयू) र इन्स्टिच्युट अफ सोतोकान कराते युनाइटेड (आईएसकेयू)को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपमा
प्रधानमन्त्री ओली–प्रचण्डबीच छलफल निष्कर्ष बिहिन

प्रधानमन्त्री ओली–प्रचण्डबीच छलफल निष्कर्ष बिहिन

Uncategorized
काठमाण्डौँ : नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा तीन घन्टा छलफल भएको छ । उक्त छलफ निष्कर्ष बिहिन भएर टुड्गीएकोछ । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत सहभागी थिए । दुई अध्यक्षबीचको संवाद भोलि स्थायी कमिटीको बैठकअगाडि पनि हुने छलफलमा सहभागी एक नेताले बताए । दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म भएको छलफलमा ठोस सहमति भए–नभएको विवरण  भने आएको छैन । दुई अध्यक्षबीचको छलफलमा पूर्वएमाले समूहबाट महासचिव विष्णु पौडेल र मुख्यमन्त्री शंकर पोखरेल तथा पूर्वमाओवादी समूहबाट स्थायी कमिटी सदस्य जनार्दन शर्मा र ऊर्जामन्त्री वर्षमान पुन सहभागी थिए । छलफलमा दुवै पक्षबीच अविश्वास बढ्नुका कारण र पछिल्ला आरोप–प्रत्यारोपमा केन्द्रित रहेर खुला छलफल भएको सहभागी एक नेताले बताए । एकताको मर्मविपरीत पार्टीको स्थापित मूल्य–मान्यता र विधिलाई
कोरोना भाइरस नेपाल: काठमाण्डूमा सङ्क्रमण ‘समुदाय स्तरमा फैलिएको’ आशङ्काकाबीच के गर्दैछ सरकार

कोरोना भाइरस नेपाल: काठमाण्डूमा सङ्क्रमण ‘समुदाय स्तरमा फैलिएको’ आशङ्काकाबीच के गर्दैछ सरकार

Uncategorized
घना बस्ती भएको काठमाण्डूमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या थपिँदै गएको तथा ढलमा पनि उक्त भाइरसको 'स्ट्रेन' फेला परेको विवरणहरू सार्वजनिक भइरहेका बेला स्वास्थ्य मन्त्रालयले सङ्घीय राजधानीमा परीक्षण बढाउने तयारी गरिरहेको बताएको छ। विभिन्न देशहरूबाट नेपाल फर्कन चाहनेहरूको उद्धार जारी रहेको तथा लकडाउन समेत खुकुलो पारिएको अवस्थामा सर्वसाधारणहरूबाट कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि भनेर तोकिएको मापदण्डको पालना नहुँदा सङ्क्रमितहरूको सङ्ख्या बढेको मन्त्रालयका सह-प्रवक्ता समीर अधिकारी बताँउछन्। "सङ्क्रमितहरू प्राय:ले यात्रा गरेको देखिएको छ। त्यसैले काठमाण्डूमा अझै पनि सङ्क्रमण समुदाय स्तरमा फैलिसकेको छ भन्ने अवस्था छैन," अधिकारीले भने। तर स्वतन्त्र विज्ञहरू सरकारी दाबीसँग सहमत देखिन्नन्। उनीहरूले काठमाण्डूमा सङ्क्रमण समुदाय स्तरमा पुगिसकेको बताउने गरेका छन्। नेपालमा दिनदिनै यसरी
खर्च कटौती गर्दै बैंकहरू

खर्च कटौती गर्दै बैंकहरू

Uncategorized
२१ अषाढ २०७७, काठमाण्डौ । कोभिड–१९ का कारण व्यवसाय खुम्चने भएपछि बैंकहरूले  खर्च कटौतीको तयारी गरेका छन् । सञ्चालन खर्च घटाउन करार र आउटसोर्सिङमा राखिएका कर्मचारी कटौती, शाखा घटाउने, आवश्यकभन्दा बढी संख्यामा रहेका एटिएम हटाउने काममा बैंकहरू लागेका छन् । कर्मचारी कटौती र एटिएम घटाउनेमा खासै सरकारको हस्तक्षेप नभए पनि शाखा बन्द गर्ने विषयमा भने राष्ट्र बैंकको अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था छ । तर, वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले शाखा बन्द गर्ने अधिकार बैंकहरूलाई नै दिनुपर्ने माग गर्दै आगामी मौद्रिक नीतिमा सुझाब दिइसकेका छन् । ‘हाम्रो संघले मौद्रिक नीतिमा सम्बोधन गर्न बैंकहरूले आफ्नै तजबिजीमा शाखा बन्द गर्न पाउनुपर्ने माग गरेका छौँ,’ एक बैंकरले भने । बैंकरहरूले यस्तो मागमा राष्ट्र बैंक भने सकारात्मक देखिएको छैन । बैंकहरूले हालसम्म खर्च कटौतीका लागि करारका कर्मचारी कट
लकडाउनको बेला सहकारी संस्थामा तरलताको अभाव

लकडाउनको बेला सहकारी संस्थामा तरलताको अभाव

Uncategorized
२१ अषाढ २०७७, काठमाण्डौ ।कोभिड–१९ को संक्रमण र लकडाउन लम्बिँदै गएपछि बचत तथा ऋण सहकारी संस्थामा तरलताको समस्या देखिन थालेको छ । सहकारीको दैनिक बचत संकलनका साथै ऋण असुली समेत प्रभावित भएपछि संस्थाहरूलाई बचत फिर्ता गर्न समेत अप्ठ्यारो पर्न थालेको हो । गत सातामात्र थानकोटस्थित बन्दना बहुउद्देश्यीय सहकारी संस्थाले बचत फिर्ता नदिएको भन्दै सदस्यहरू प्रहरी कार्यालय पुगेका थिए । लकडाउनपछि संस्थाले कार्यालय बन्द गरेको र बचत फिर्ताका लागि समेत आनाकानी गरेपछि सदस्यहरू उजुरी लिएर प्रहरीकोमा पुगेपनि प्रहरीको रोहवरमा सात महिनाभित्र बचत फिर्ता गर्ने सहमति भएको छ । रकारले कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन गरेसँगै बन्द भएका सहकारी संस्थाहरू लकडाउन खुकुलो हुँदा पनि पूर्ण रुपमा खुल्न सकेका छैनन् । विषेश गरी न्यूरोडलगायतका व्यापारिक क्षेत्रमा सञ्चालित सहकारीले कार्यालय सञ्चालन गर्न नै सकेका छैनन् ।
कोरोना जाँचको लागि राप्तीले शुल्क लिन पाउँदैन् : मुख्यमन्त्री पोखरेल

कोरोना जाँचको लागि राप्तीले शुल्क लिन पाउँदैन् : मुख्यमन्त्री पोखरेल

Uncategorized
२० असार, काठमाडौँ  । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड १९ परीक्षणको शुल्क सोधभर्ना गर्ने अधिकार नभएको बताएका छन् । प्रतिष्ठानले लमही नगरपालिकासंग पीसीआर परीक्षण गरे बापत ५५०० रुपैयाँका दरले रकम सोधभर्ना गर्न पत्र पठाएपछि मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् । ‘कोभिड – १९ को परीक्षण निशुल्क छ,’ शनिबार अपरान्ह सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले भनेका छन् , ‘सबै प्रयोगशालाका लागि लाग्ने खर्चको व्यवस्थापन प्रदेश र केन्द्र सरकारको तर्फबाट भइरहेको छ । कुनै पनि प्रयोगशालाले नीति र मापदण्ड विपरित व्यक्ति वा स्थानीय तहबाट शुल्कको माग गर्नु र शुल्क नबुझाएको भनेर परीक्षणका लागि नमूना फिर्ता गर्नु गलत हो ।’ उनले अगाडी थपेका छन, ‘प्रयोगशालाको परीक्षण खर्च उपलव्ध नभएको भए प्रदेश वा केनद्र सरकारसंग विवरण खोलेर माग गर्
तयारी नपुगको भन्दै नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित

तयारी नपुगको भन्दै नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित

Uncategorized
जनादेशडेली संबाददाता । २० अषाढ, काठमाण्डौ । आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक स्थगित भएको छ । सहमति दुबै पक्ष बीच सहमति जुट्न नसकेले शनिबारका लागि तय भएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय मागेपछि नेताहरु बैठक स्थगित गर्न सहमत भएका हुन् ।
मेसीले बार्सिलोना छोड्दै

मेसीले बार्सिलोना छोड्दै

Uncategorized
एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेसी पछिल्लो समय क्लबप्रति खुसी छैनन्। हालै उनले सार्वजनिक रुपमा क्लब प्रति टिप्पणी गदै आएकाछन् । ला लिगाको उपाधि यात्रामा धक्का लागेपछि मेसी र क्लबका अफिसियलबीच मतभेद बढेको छ। पछिल्लो दुई सिजनको ला लिगा च्याम्पियन बार्सिलोनाको खेल खस्किदा कप्तानको भूमीकामा रहेका मेसीमाथि दबाब थपिएको छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोना शीर्ष स्थानको रियल म्याड्रिड भन्दा ४ अंकले पछि छ। लिगमा अब पाँच चरणका खेल बाँकी छन्। जसमध्ये चार खेलमा विजयी भए रियलले बार्सिलोनालाई पछि पारेर उपाधि जित्नेछ।
ऋतिक र आलियालाई ओस्कारले बोलायो

ऋतिक र आलियालाई ओस्कारले बोलायो

Uncategorized
जनादेशडेली संबाददाता । २० अषाढ, काठमाण्डौ ।  बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री आलिया भट्टलगायत केही भारतीय कलाकारलाई प्रतिष्ठित 'एकेडेमी अफ मोसन पिक्चर्स आर्ट एण्ड साइन्सेस' (ओस्कार) ले आबद्ध हुन आमन्त्रण गरेको छ । एकेडेमीले हालै आमन्त्रित कलाकारको सूची सार्वजनिक गरेको छ ।
रामबहादुर बम्जनसहित तीन जनाविरुद्ध बाल यौन शोषणको मुद्दा

रामबहादुर बम्जनसहित तीन जनाविरुद्ध बाल यौन शोषणको मुद्दा

Uncategorized
जनादेशडेली संबाददाता । १९ अषाढ, सर्लाही, असार १९ गते । लिटल बुद्ध भनिने रामबहादुर बम्जनलगायत तीन जनालाई प्रतिवादी बनाई सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीले बम्जनलगायत तीनविरुद्ध अदालतमा बिहीबार बाल यौन शोषणकाे अभियाेगमा मुद्दा दायर गरेको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिनुभयो ।