Uncategorized Archives | Page 6 of 55 | Education Patra

Uncategorized

ट्वीटरबाटै रविन्द्र मिश्रलाई विष्णु रिमालको धम्कीः मर्यादामा बस्नुस् !

ट्वीटरबाटै रविन्द्र मिश्रलाई विष्णु रिमालको धम्कीः मर्यादामा बस्नुस् !

Uncategorized
जनादेश  । प्रधानमन्त्री र देशको समग्र राजनीतिक परिदृष्यप्रति विरक्ति प्रकट गर्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले धम्कीपूर्ण जवाफ दिएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले रविन्द्र मिश्रलाई समयले जवाफ माग्ने भन्दै ‘धम्की’ दिएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, "सीमामा बस्नुस् रबीन्द्र जी! तपाईँको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन । यति चाहि भनूँ- मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससंग समयले जवाफ माग्ने छ।"
बलिउडमा पिता र पुत्र दुवैसँग ‘अनस्क्रिन रोमान्स’ गर्ने यी अभिनेत्री

बलिउडमा पिता र पुत्र दुवैसँग ‘अनस्क्रिन रोमान्स’ गर्ने यी अभिनेत्री

Uncategorized
बलिउडमा कैयौं अनस्क्रिन जोडी देखिए। कतिपय जोडी हलबाट फिल्म उत्रेसँगै विस्मृतिमा पुगे भने कति चाहिं दर्शकको मनमा बसिरहे। नायकको तुलनामा नायिकाको फिल्मी करिअर छोटो हुने मानिन्छ। तर, बलिउडका केही अभिनेत्री यस्ता छन्, जसले फिल्ममा पिता र पुत्र दुवैसँग रोमान्स गरेका छन्। अभिनेत्रीहरुले आफ्नो जमानाका अभिनेताहरुसँग जोडी बनाएर दर्शकको मन त जितेकै थिए, ती अभिनेताका छोरासँग पनि अनस्क्रिन जोडी सुहाउँदिलो बन्यो। ती अभिनेत्रीहरुबारे चर्चा गरौं:   माधुरी र विनोद खन्ना । माधुरी दीक्षितले फिल्म 'दयावान' मा विनोद खन्नासँग जोडी बाँधेकी थिइन्। त्यसको नौ वर्षपछि उनी विनोदका छोरा अक्षय खन्नासँग फिल्म 'मोहब्बत' मा पनि देखिइन्। 'दयावान' मा काम गर्दा विनोदको उमेर ४२ वर्ष थियो भने माधुरीको २० वर्ष। उमेरमा यति अन्तर भए पनि फिल्ममा उनीहरुको जोडी गजब देखियो। नौ वर्षपछि अक्षय खन्नासँग जोडी बाँध्दा पनि कम
कक्षा ११ : सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै

कक्षा ११ : सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै

Uncategorized
– किरण पौड्याल, इलाम । पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन् । विगतमा यो समयमा कक्षा ११ को आधा पाठ्यक्रम पढाइसकिने समयमा यस वर्ष भने पाठ्यक्रमकै टुङ्गो लागेको छैन । पाठ्यक्रम विकास केन्द्रले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६’ स्वीकृत गरेर चालु शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा लागू गरेको थियो । नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तकसमेत तयारी गरेर विद्यार्थीको हातहातमा पुस्तक पुग्न लाग्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि पढाइ सञ्चालन हुनसकेको छैन । भगवता अर्यालले गत असोज २८ मा संविधानको अनुसूची–८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्
अन्तर्राष्ट्रिय शक्ति केन्द्रको इशारामा चल्दै ओली, बाबुरामको संकेत कता !

अन्तर्राष्ट्रिय शक्ति केन्द्रको इशारामा चल्दै ओली, बाबुरामको संकेत कता !

Uncategorized
जनादेश सोसल मिडिया वाच । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको उक्साहटमा रहेको हुनसक्ने आशंका गरेका छन् । मंगलबार राती एक ट्विट गर्दै डा भट्टराईले यस्तो आशंका गरेका हुन् । ‘अपुष्ट रिपोर्ट’लाई हवाला दिएका बाबुरामले ओली अहिलेसम्म उपलब्ध सबै राजनीतिक उपलब्धि गुमाउनेतर्फ उन्मुख रहेको बताएका छन् । ‘नेपालका हालसम्मका सबै लोकतान्त्रिक परिवर्तन खारेज गर्न केपी ओलीलाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले उक्साइरहेका छन्,’ बाबुरामको ट्विटमा लेखिएको छ, ‘संविधानमा केही कमजोरी भएपनि यदि त्यसो हो भने ज्यादै दुर्भाग्यपूर्ण हो। यसले दुर्घटना निम्त्याउँछ।’ If unconfirmed reports that international power centers are encouraging KP Oli to roll back all progressive democratic changes i
राष्ट्रपति र प्रधानमन्त्रीबाट राष्ट्रकविप्रति श्रद्धाञ्जलि

राष्ट्रपति र प्रधानमन्त्रीबाट राष्ट्रकविप्रति श्रद्धाञ्जलि

Uncategorized
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उहाँप्रति श्रद्धाञ्जलि एवं शोकविह्वल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । आज साँझ ट्वीट गर्दै राष्ट्रपतिले काव्य र कविताका माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उहाँले पु¥याउनुभएको योगदानलाई सधैँ सम्झिरहने बताउनुभएको छ । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको अवसानबाट नेपालले साहित्य र वाङ्मयका एक विशिष्ट साधक गुमाएको बताउनुभएको छ । उहाँले पनि आज साँझ ट्वीट गर्दै साहित्यमार्फत घिमिरेले मुलुकलाई लगाउनुभएको गुण नेपाली जनताले कहिल्यै नभुल्ने जनाउनुभएको छ ।
नेकपापछि प्रतिपक्षी नेपाली कांग्रेसमा समूहगत बसाई संस्थागत हुँदै

नेकपापछि प्रतिपक्षी नेपाली कांग्रेसमा समूहगत बसाई संस्थागत हुँदै

Uncategorized
जनादेश, काठमाडौँ । सत्तारुढ नेकपामा दुुई फरक पक्षधरता देखिएसँगै गुटगत भिन्नताको अभिव्यक्ति प्रतिपक्ष नेपाली कांग्रेसमपनि देखा परेको छ । पार्टी सभापति शेरबहादुर देउवाको संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष एक अर्काविरुद्ध आमने सामने उभिन पुगेका छन् । लामो समयदेखि चल्दै आएको उनीहरुबीचको खिचातानीले दुई भिन्न सांगठनिक स्वरुपहरु निर्माण गराउदैै लगेको देखिन्छ । यही क्र्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक पार्टी कार्यालय सानेपामा सुरुभएपछि सत्तारुढ नेकपाभित्रको महामारी प्रतिपक्ष नेपाली कांग्रेसमा सरेको देखिएको छ । पहिलेदेखि खटपट र ठोकाठोक चलिरहेको कांग्रेसभित्रको गुटगत लडाइँ अहिले आएर संगठित रुपमा देखा पर्न थालेको छ । पौडेल पक्षको बैठकमा वर्तमान पदाधिकारी, केन्द्रीय सदस्य र पूर्व पदाधिकारीसमेत सहभागी रहेको बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार
नेकपा पार्टी एकताको दिशातर्फ केन्द्रितः मणि थापा

नेकपा पार्टी एकताको दिशातर्फ केन्द्रितः मणि थापा

Uncategorized
जनादेश संवाददाता, काठमाडौँ  । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्य मणि थापाले नेकपा पार्टी एकताको दिशातर्फ केन्द्रित भएको दाबी गर्नुभएको छ । हिजोको नेकपाको बैठकमा उपाध्यक्ष बामदेव गौतमले पार्टी एकताको पक्षमा राखेको ६ बुँदे प्रस्ताव सही रहेको र आफूलगायत ११ जना स्थायी कमिटी सदस्यले यसअघि नै त्यही आशयको प्रस्ताव ल्याइसकेको उहाँको भनाइ छ । आज आयोजित साक्षात्कारमा नेता थापाले हिजोबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखिएको स्पष्ट पार्नुभयो ।
केन्द्रीय समिति बैठकको माग गर्दै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई १५२ सदस्यले बुझाए हस्ताक्षर

केन्द्रीय समिति बैठकको माग गर्दै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई १५२ सदस्यले बुझाए हस्ताक्षर

Uncategorized
जनादेश संवाददाता, काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १५२ जना केन्द्रीय सदस्यले पार्टीको केन्द्रीय समिति बैठक बोलाइनु पर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालयमार्फत अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई हस्ताक्षरसहितको पत्र बुझाएका छन् । बैठकको मागसहित पार्टीको केन्द्रीय कार्यालयमा उनीहरुले हस्ताक्षरसहितको पत्र बुझाएका हुन् । स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि  उनीहरुले पार्टीको आन्तरिक विवाद समाधानका लागि केन्द्रीय समितिको बैठक माग गरेका हुन् । बैठक माग गर्नेमा बिजय पौडेल, जगन्नाथ खतिवडा, कृष्ण केसी, मुक्ति प्रधान, हिमाल शर्मा, लेखनाथ न्यौपाने, दिलुकुमारी पन्त, झपट बहादुर रावल, सुजन किराती, राजेन्द्र राई, बलावती शर्मा, कृष्ण केसीलगायत १५२ जना छन् । बैठक माग गर्ने केन्द्रीय सदस्य  
नाष्टले बनायो ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’

नाष्टले बनायो ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’

Uncategorized
ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट) ले मुलुकमा पहिलो पटक मोबाइल स्वाब कलेक्शन भेहिकल अर्थात् स्वाब सङ्कलन गर्ने प्रविधि प्रयोगमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ महामारीको सङ्क्रमणले बिरामीबाट चिकित्सकलाई सजिलै जोगाउन नाष्टले उक्त प्रविधि निर्माण गरेको हो । ‘समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवत्र्तन’ भन्ने मूल नारालाई अघि सार्दै नाष्टले नेपाली सेनाको सहयोगमा प्राप्त टोयटा गाडीमा आवश्यक प्रविधि जडान गरी स्वाब सङ्कलन गर्ने व्यवस्था गरेको वरिष्ठ प्रविधि अधिकृत डा शङ्कर ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना प्रभावित व्यक्ति र चिकित्सकबीच स्वाब सङ्कलन गर्दा बढ्ने सक्ने खतरालाई अन्त्य गर्न यस प्रविधिले निकै सहयोग गर्नेछ, यस भेहिकलमा पिपिई ग्लोब्स, पोजिटिभ पे्रसर च्याम्बर, भाइरस फिल्टर गर्ने प्रविधि र आइस बक्सलगायत आवश्यक वस्तु जडान गरि
  सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने तयारी   

  सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने तयारी   

Uncategorized
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौँ आउने समय मागेकाले भदौ तेस्रो हप्तादेखि परीक्षा गर्ने तयारी थालेको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातकोत्तर तह र स्नातक तहका सेमेष्टर परीक्षा भदौको तेस्रो हप्ता र वार्षिक परीक्षा असोजको पहिलो हप्तादेखि शुरु गर्ने गरी तयारी थालिएको बताउनुभयो । “भदौको पहिलो हप्ता विद्यार्थी आएपछि १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “अनि त्यसपछि हामी सेमेष्टरको परीक्षा सबैभन्दा कम विद्यार्थीबाट शुरु गर्ने तयारी गरेको छौँ ।” त्रिविले ती परीक्षाका लागि चाँडै नै कार्यतालिका प्रकाशन गर्ने तयारीमा समेत रहेको छ । यसपटक विद्यार्थीलाई पायक पर्