Jandesh Nepal, Author at Education Patra | Page 22 of 173

Author: Jandesh Nepal

राप्ती इन्जिनियरिङ कलेजद्धारा प्रिडिप्लोमा इन्जिनियरिङका विद्यार्थीहरुलाई विदाई

राप्ती इन्जिनियरिङ कलेजद्धारा प्रिडिप्लोमा इन्जिनियरिङका विद्यार्थीहरुलाई विदाई

Higher Education News
जनादेश नेपाल, दाङ । राप्ती इन्जिनियरिङ कलेजद्धारा प्रिडिप्लोमा इन्जिनियरिङका विद्यार्थीहरुलाई विदाई गरेको छ । २०७७ सालमा भर्ना भएका प्रिडिप्लोमा इन्जिनियरिङ कार्यक्रमहरु अमिन, इलेक्र्टीकल र सिभिल तर्फका विद्यार्थीहरुलाई विदाई गरिएको कलेजले जनाएको छ । विदाई कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै कलेजका अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले भन्नु भयो, राप्ती इन्जिनियरिङ कलेजबाट उत्पादीत ८० प्रतिशत शैक्षिक जनशक्तिले रोजार प्राप्त गर्न सफल भएको छ । कलेजले प्रदान गरेको गुणस्तरीय शिक्षाका कारण लोक सेवा पास गर्ने विद्यार्थीहरु राप्ती ईन्जिनियरिङ कलेजका धेरै छन् । राप्ती इन्जियिरिङ कलेजले आधुनकि प्रविधिको प्रयोग गरी खोजमा आधारित शिक्षण सिकाई गर्ने गरेको हुँदा विद्यार्थीहरुको ज्ञान, सीप, दृष्टिकोण र व्यावहारमा परिर्वतन गर्न सफल भएको बताउँनु भयो । कार्यक्रममा प्रमुख अतिथ
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४ दिन बिदा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४ दिन बिदा

Uncategorized
जनादेश नेपाल, काठमाण्डौं ।  सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४ दिन बिदा दिने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयले शिक्षण संस्था र विद्यालयलाई ४ दिन र सरकारी कार्यालय र सार्वजनिक निकायलाई २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि शिक्षण संस्थान र विद्यालयलाई मंसिर २ देखि ५ गतेसम्म र सार्वजनिक निकाय र सरकारी कार्यालयमा मंसिर ४ र ५ गते बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आइतबार हुन गइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा मतदानस्थल रहेका शिक्षण संस्था, विद्यालयहरूमा २०७९ मंसिर २ देखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा म
केयूले नेपालमै पहिलोपटक हेल्थ इन्फरम्याटिक्स विषयमा अध्यापन गर्ने

केयूले नेपालमै पहिलोपटक हेल्थ इन्फरम्याटिक्स विषयमा अध्यापन गर्ने

Main News
जनादेश नेपाल, काठमाण्डौं । काठमाडौँ विश्वविद्यालय(केयू)ले नेपालमै पहिलोपटक स्वास्थ्य सूचना प्रविधि (हेल्थ इन्फरम्याटिक्स) विषय अध्यापन गर्ने भएको छ।काभ्रेको धुलिखेलस्थित चौकोटमा रहेको केयूले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा स्वास्थ्य सूचना प्रविधि विषयमा अध्यापन सुरु गर्न लागेको हो। केयूले युरोपियन युनियनको इरास्मस प्लस कार्यक्रमअन्तर्गत नेप्लिज एजुकेशन इन इ-हेल्थ मास्टर (एनइइएम) परियोजनामार्फत ओस्लो युनिभर्सिटी, नर्वेसँग सहकार्य गर्नेगरी यो कार्यक्रम तय गरेको बताएको छ। यही परियोजनाअन्तर्गत युनिभर्सिटी इन्टिच्युट अफ लिसवन, आइएससीटीई पोर्चुगलले पनि सहयोग गरेको केयूले जानकारी दिएको छ। उपप्राध्यापक तथा हेल्थ इन्फरम्याटिक्स, स्नातकोत्तर कार्यक्रमका संयोजक उपप्राध्यापक सन्तोष खनालले ‘हेल्थ इन्फरम्याटिक्स’का जनशक्तिको आवश्यकता विश्वभर रहेकाले केयूले यो विषयमा स्नातकोत्तर तहको शै
बहुप्रतीक्षित सी-बाइडेन वार्ताः अब कस्तो होला वेइजिङ र वासिङ्टनबीचको सम्बन्ध

बहुप्रतीक्षित सी-बाइडेन वार्ताः अब कस्तो होला वेइजिङ र वासिङ्टनबीचको सम्बन्ध

International
जनादेश अन्तर्राष्ट्रिय वाच। लामो समयदेखि तनावमा रहेका दुई शक्तिराष्ट्र अमेरिका र चीनका राष्ट्रपतिले अर्थपूर्ण भेटवार्ता गरेका छन् । इन्डोनेसियाको बालीमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङ वार्तामा बसे । अमेरिकी राष्ट्रपति बाइडेनले सुरुवाती मन्तव्यमा सीलाई भनेका थिए, ‘तपाईं र मबीच व्यक्तिगत रूपमा सञ्चारको लाइनहरू खुला राख्न प्रतिबद्ध छु । किनभने हाम्रा दुई देशहरूसँग सम्झौता गर्ने अवसर छ ।’ अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार बाइडेनले थप सन्दर्भहरू पनि जोडेका थिए । छलफलको क्रममा चीन र अमेरिकाले आफ्ना मतभेदहरू व्यवस्थापन गर्न सक्छन्, प्रतिस्पर्धालाई द्वन्द्वको नजिक हुनबाट पनि जोगाउन र आपसी सहयोग आवश्यकको अलावा विश्वव्यापी मुद्दाहरूमा सँगै मिलेर काम गर्ने तरिकाहरू खोज्न सक्छन् भन्ने सन्देश प्रवाहित गर्न चाहेको पनि बताएका थिए । सन् २०१७ यता अमेरिका र चीनबी
प्युठानका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा बन्द हुने अवस्थामा, विद्यार्थी भन्दा शिक्षक धेरै

प्युठानका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा बन्द हुने अवस्थामा, विद्यार्थी भन्दा शिक्षक धेरै

Main News
जनादेश नेपाल संवाददाता, प्युठान । प्युठान जिल्लामा प्रविधिकधार तर्फको अध्ययन अध्यापन शुरु भएको धेरै वर्ष भएको छैन । कृषि, कम्प्युटर, सिभिल इन्जिनियरिड., कक्षा ९ देखि पढाई हुन्छ । एसर्ईई दिएका विद्यार्थीहरुले पनि उल्लेखित विषय पढीरहेका छन । दुई वर्षअघि कानुन विषयको पढाई सुरु गर्दा प्युठान खलंगास्थित महेन्द्र मावि यो विषय अध्यापन गराउने जिल्लाकै पहिलो विद्यालय बनेको थियो । तर अहिले विद्यालयमा यो विषयको पढाई हुँदैन । कारण हो, विद्यार्थी अभाव । कक्षा ११ र १२ मा कानुन विषयको पढाई थाले पनि नयाँ विद्यार्थी नआएपछि विद्यालयले पठनपाठन नै बन्द गर्नुपरेको हो। २०७४ सालबाट कृषि बाली विज्ञानको पठनपाठन सुरु गरेको प्यूठान नगरपालिका ९ मरन्ठानास्थित बालबिद्या माविमा पनि यो वर्ष विद्यार्थी अभाव छ । ४० जनाको कोटा रहेको विद्यालयमा हालसम्म १० जना पनि बिद्यार्थी पनि भर्ना भएका छैनन् । पर्याप्त विद्यार्थ