Main News Archives | Page 46 of 81 | Education Patra

Main News

पैसा बाँडेको आरोपमा काठमाडौं ५ (२)का एमाले उम्मेदवार पाँच घन्टा नियन्त्रणमा

पैसा बाँडेको आरोपमा काठमाडौं ५ (२)का एमाले उम्मेदवार पाँच घन्टा नियन्त्रणमा

Main News
जनादेश नेपाल, काठमाण्डौैं । स्थानीयवासीले पैसा बाँडिरहेको खबर गरेपछि बुढानीलकण्ठ– ६ बाट एमालेका प्रदेश उम्मेदवार दीपक निरौला, नगर कमिटी अध्यक्ष प्रदीप डंगोल र वडाध्यक्ष रवि खड्का प्रहरी नियन्त्रणमा । यो क्षेत्रमा प्रतिनिधिसभातर्फ एमालेबाट ईश्वर पोखरेल उम्मेदवार छन् । मौन अवधिमा मतदातालाई पैसा बाँडेको आरोपमा काठमाडौं ५ (२)का एमाले उम्मेदवार दीपक निरौलासहित तीनजनालाई प्रहरीले करिब पाँच घन्टा नियन्त्रणमा लिएको छ । उनीसँगै बुढानीलकण्ठ नगरपालिका– ६ का वडाध्यक्ष रवि खड्का र एमाले बुढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले शुक्रबार साँझ साढे ७ बजेतिर नियन्त्रणमा लिएको थियो । यो क्षेत्रमा प्रतिनिधिसभातर्फ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । स्थानीयबासीले उम्मेदवार निरौलासहितको टोलीले बुढानीलकण्ठ– ६ स्थित एक घरमा पैसा बाँडिरहेको खबर गरेपछि प्रहरी पुगेको थियो
एक वर्षमा नौ लाख ३३ हजार विद्युतीय राहदानी वितरण

एक वर्षमा नौ लाख ३३ हजार विद्युतीय राहदानी वितरण

Main News, Science and Technology
जनादेश नेपाल, काठमाण्डौैं । सरकारले एक वर्षमा नौ लाख ३३ हजार २९३ वटा विद्युतीय राहदानी वितरण गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै विभागले सो मात्रामा राहदानी वितरण गरेको जनाएको हो। २०७८ मंसिर १ गतेदेखि विद्युतीय राहदानी वितरण थालेको राहदानी विभागले आफ्नो कार्यलयबाट एक वर्षमा तीन लाख ३४ हजार ५८३ वटा राहदानी वितरण गरेको जनाएको छ। यस्तै जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट पाँच लाख १६ हजार ८०५ र विदेशस्थित नियोगबाट ८१ हजार ९०५ थान विद्युतीय राहदानी वितरण गरेका हुन्। २०७८ असोजबाट विद्युतीय राहदानीको परीक्षण उत्पादन सुरु गरेर सफल परीक्षण पश्चात २०७८ असोज १ गतेबाट विद्युतीय राहदानीको उत्पादन तथा वितरण थालिएको हो। विभागका अनुसार हाल सबै जिल्ला प्रशासन कार्यालय, १७ इलाका प्रशासन कार्यालय र ३८ कूटनीतिक नियोगबाट विद्युतीय राहदानी जारी हुने गरेको छ। विभिन्न जिल्ला प्रशासन कार्याल
निर्वाचनलाई असर गर्ने गतिविधि नियन्त्रण गर्न सरकार सक्षम छ : गृह मन्त्रालय

निर्वाचनलाई असर गर्ने गतिविधि नियन्त्रण गर्न सरकार सक्षम छ : गृह मन्त्रालय

Banner News, Main News
जनादेश नेपाल । सरकारले निर्वाचनलाई असर गर्ने खालका गतिविधि नियन्त्रण गर्न सक्षम रहेको बताएको छ।  शुक्रबार निर्वाचन पूर्व तयारीको सम्बन्धमा जानकारी दिन गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचनलाई असर गर्ने खालका क्रियाकलापलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताएको हो। पत्रकार सम्मेलनमा बोल्दै गृहसचिव विनोदप्रकाश सिंहले अराजक र हिंसात्मक गतिविधि गर्ने व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याइने बताउनुभयो। उहाँले मतदानलाई असर पर्ने खालका कुनै पनि गतिविधि हुन नदिने स्पष्ट पार्नुभयो।  उहाँले कर्मचारी, मतदाता, उम्मेदवार र मतपेटिकालगायत मतदान सामग्रीको सुरक्षामा खतरा पैदा हुने कुनै पनि क्रियाकलाप सह्य नहुने बताउनुभयो। त्यस प्रकारका गतिविधिलाई सरकारले कडाइपूर्वक नियन्त्रण गर्ने उहाँको भनाइ छ। ‘शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्नेसँग एग्रेसिभ रुपमा हामी थिएनौँ। तर केही दिन यता
उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन

उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन

Banner News, Main News
जनादेश नेपाल, काठमाण्डौं । उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ। गत भदौ २० देखि कात्तिक २१ सम्म सञ्चालित परीक्षाको नतिजा एचआरडी कोरियाबाट प्राप्त भएको ईपीएस कोरिया शाखाले जनाएको छ। भाषा परीक्षामा आठ हजार सात सय ८५ जना उतीर्ण भएका छन्। सो भाषा परीक्षामा सहभागी हुन १८ हजार पाँच सय ९५ जनाले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये १४ हजार ४३ जना परीक्षामा सहभागी भएका थिए। उत्पादनतर्फ पहिलो चरणको भाषा परीक्षाको नतिजा गत भदौमा सार्वजनिक भइसकेको छ। पहिलो चरणमा सात हजार एक सय ४२ जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए। सन् २०२२ को उत्पादनतर्फको भाषा परीक्षा सम्पन्न भएको ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिनुभयो। उत्पादनतर्फ सन् २०२३ का लागि भने केही ढिला मात्र परीक्षा सञ्चालन हुनेछ। सन् २०२२ का लागि पहिलो र दोस्रो चरणमा उत्तीर्ण भ
निर्वाचन आयोगले सोध्यो प्रमुख प्रशासकीय अधिकृतसहित गाउँपालिका प्रमुखलाई स्पष्टीकरण

निर्वाचन आयोगले सोध्यो प्रमुख प्रशासकीय अधिकृतसहित गाउँपालिका प्रमुखलाई स्पष्टीकरण

Main News
जनादेश नेपाल, काठमाण्डौं । निर्वाचन आयोगले पर्साको छिपहरमाई गाउँपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई निर्वाचन आचारसंहिता विपरीत शिक्षक नियुक्ति गरेको विषयमा स्पष्टीकरण सोधेको छ । उक्त नगरपालिकाले करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी राखेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा २४ घन्टाभित्र जवाफ दिन स्पष्टीकरण सोधिएको हो । आयोगले यसअघि पनि विभिन्न सरकारी क्याम्पस र विद्यालयका शिक्षकलाई आचारसंहिता उल्लंघनका विषयमा स्पष्टीकरण सोधेको थियो ।
नेपाल टेलिकमको नाफा घटनुको कारण के?

नेपाल टेलिकमको नाफा घटनुको कारण के?

Main News, Science and Technology, Top Feature News
जनादेश नेपाल, काठमाण्डौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक (साउनदेखि असोज) मा २ अर्ब २२ करोड ५५ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको यही अवधिमा कम्पनीको खुद मुनाफा २ अर्ब २५ करोड  ९९ लाख ४ हजार रुपैयाँ थियो । यसपालि ३ करोड ४३ लाख ८० हजार अर्थात १.५२ प्रतिशतले नाफामा कमी आएको कम्पनीले जनाएको छ । टेलिकमले बुधबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कुल सञ्चालन आयमा समेत कमी आएको छ । गत आवको पहिलो त्रैमासिककमा कम्पनीको कुल सञ्चालन आय ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा ९ अर्ब ७ करोड ७५ लाख ८५ हजार रहेको छ । यसपटक ६९ करोड ७७ लाख ९ हजार अर्थात ७.१४ प्रतिशतले सञ्चालन आयमा कमी भएको वित्तीय विवरणमा देखिन्छ । अन्तरआबद्धता सम्बन्धी निर्देशिकाअनुसार डोमेस्टिक अन्तरआबद्धता शुल्कमा कमी आएको र ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआ
प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि मतदान गर्न उपत्यका बाहिरिनेको भीड (फोटो फिचर)

प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि मतदान गर्न उपत्यका बाहिरिनेको भीड (फोटो फिचर)

Main News
काठमाडौँ। मङ्सिर ४ गते आइतबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आ–आफ्नो क्षेत्रका उम्मेदवार चयनका लागि मतदान गर्न जानेको भीड लाग्न थालेको छ । शुक्रवार बिहानैदेखि उपत्यकाका विभिन्न नाकाबाट मतदाताहरू बाहिरिनेको भीड लागेको हो ।
केयूले नेपालमै पहिलोपटक हेल्थ इन्फरम्याटिक्स विषयमा अध्यापन गर्ने

केयूले नेपालमै पहिलोपटक हेल्थ इन्फरम्याटिक्स विषयमा अध्यापन गर्ने

Main News
जनादेश नेपाल, काठमाण्डौं । काठमाडौँ विश्वविद्यालय(केयू)ले नेपालमै पहिलोपटक स्वास्थ्य सूचना प्रविधि (हेल्थ इन्फरम्याटिक्स) विषय अध्यापन गर्ने भएको छ।काभ्रेको धुलिखेलस्थित चौकोटमा रहेको केयूले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा स्वास्थ्य सूचना प्रविधि विषयमा अध्यापन सुरु गर्न लागेको हो। केयूले युरोपियन युनियनको इरास्मस प्लस कार्यक्रमअन्तर्गत नेप्लिज एजुकेशन इन इ-हेल्थ मास्टर (एनइइएम) परियोजनामार्फत ओस्लो युनिभर्सिटी, नर्वेसँग सहकार्य गर्नेगरी यो कार्यक्रम तय गरेको बताएको छ। यही परियोजनाअन्तर्गत युनिभर्सिटी इन्टिच्युट अफ लिसवन, आइएससीटीई पोर्चुगलले पनि सहयोग गरेको केयूले जानकारी दिएको छ। उपप्राध्यापक तथा हेल्थ इन्फरम्याटिक्स, स्नातकोत्तर कार्यक्रमका संयोजक उपप्राध्यापक सन्तोष खनालले ‘हेल्थ इन्फरम्याटिक्स’का जनशक्तिको आवश्यकता विश्वभर रहेकाले केयूले यो विषयमा स्नातकोत्तर तहको शै
प्युठानका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा बन्द हुने अवस्थामा, विद्यार्थी भन्दा शिक्षक धेरै

प्युठानका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा बन्द हुने अवस्थामा, विद्यार्थी भन्दा शिक्षक धेरै

Main News
जनादेश नेपाल संवाददाता, प्युठान । प्युठान जिल्लामा प्रविधिकधार तर्फको अध्ययन अध्यापन शुरु भएको धेरै वर्ष भएको छैन । कृषि, कम्प्युटर, सिभिल इन्जिनियरिड., कक्षा ९ देखि पढाई हुन्छ । एसर्ईई दिएका विद्यार्थीहरुले पनि उल्लेखित विषय पढीरहेका छन । दुई वर्षअघि कानुन विषयको पढाई सुरु गर्दा प्युठान खलंगास्थित महेन्द्र मावि यो विषय अध्यापन गराउने जिल्लाकै पहिलो विद्यालय बनेको थियो । तर अहिले विद्यालयमा यो विषयको पढाई हुँदैन । कारण हो, विद्यार्थी अभाव । कक्षा ११ र १२ मा कानुन विषयको पढाई थाले पनि नयाँ विद्यार्थी नआएपछि विद्यालयले पठनपाठन नै बन्द गर्नुपरेको हो। २०७४ सालबाट कृषि बाली विज्ञानको पठनपाठन सुरु गरेको प्यूठान नगरपालिका ९ मरन्ठानास्थित बालबिद्या माविमा पनि यो वर्ष विद्यार्थी अभाव छ । ४० जनाको कोटा रहेको विद्यालयमा हालसम्म १० जना पनि बिद्यार्थी पनि भर्ना भएका छैनन् । पर्याप्त विद्यार्थ
फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

Interview, Main News
जनादेश नेपाल, काठमाण्डौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने व्यक्तिहरूलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ।आयोगले कानूनको व्यवस्थालाई पूर्ण रूपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो। आयोगले कानूनको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित हुने भन्दै निर्वाचनलाई बिथोल्ने कुनै पनि व्यक्ति र तत्वहरूलाई कारबाही गर्ने कुरामा पछि नहट्न निर्देशन दिएको हो। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शुक्रबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानूनको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा निर्वाचन अधिकृतहरूले पूर्ण रूपमा पालना गर्न र गराउन निर्देशन दिए। उनले निर्वाचन बिथोल्ने गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिई निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही प्रारम्भ गर्न न