Jandesh Nepal, Author at Education Patra | Page 13 of 173

Author: Jandesh Nepal

इस्लिङटन कलेजले विदेशी शैक्षिक संस्थाको व्यवस्थापन सम्हाल्ने

इस्लिङटन कलेजले विदेशी शैक्षिक संस्थाको व्यवस्थापन सम्हाल्ने

Banner News, Higher Education News, Main News
जनादेश नेपाल, काठमाडौं । कमलपोखरीस्थित इस्लिङटन कलेजले विदेशी शैक्षिक संस्थाको व्यवस्थापन सम्हाल्ने भएको छ। यस सम्बन्धमा शनिबार उक्त कलेज, लण्डन मेट्रोपोलिटान विश्वविद्यालय, माइ सेकेण्ड टिचर र आरभिआई ग्रुपबीच सम्भौता भएको हो। जस अनुसार लण्डन मेट्रोपोलिटान विश्वविद्यालयले तयार गरेको पाठ्यक्रम इस्लिङटन कलेजको व्यवस्थपनमा म्यानम्यार र थाइल्याण्डको शैक्षिक संस्थामा अध्यापन हुनेछ। विश्वको चर्चित मानिएको आरभिआई ग्रुपले विश्वविद्यालयको पाठ्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सम्पूर्ण सहयोग गर्नेछ। आरभीआईका प्रमुख कार्यकारी अधिकृत आर्गस एङगले आरभिआई ग्रुपले भियतनाम, इन्डोनेसिया, कम्बोडिया, म्यानमार, थाइल्याण्ड लगायत अन्य मुलुकमा काम गरिरहेको जानकारी दिनुभयो। कक्षा आगामी फेबु्रअरी सेसनबाट सञ्चालन हुनेछ। इस्लिङट्न कलेजले विद्यार्थी परामर्शदेखि भर्ना प्रकृया र विद्यार्थीको क्षमता अभिवृ
बालबालिका र पौष्टिक आहार

बालबालिका र पौष्टिक आहार

Health Care, Top Feature News
मीरा शाह  पोषण शरीरका लागि अनिवार्य छ  ।  बालबलिकाका लागि पर्याप्त पौष्टिक आहारा चाहिन्छ । यस्तो पौष्टिक आहारा सामान्यतया दुर्गम क्षेत्रका बच्चामा कमी हुने गरेको छ भनिन्छ ।  पोषण नपाएका बालबालिका बढी देखिएका छन् पनि ।  पछिल्लो समय गाउँघर तथा दुर्गम क्षेत्र मात्र होइन राजधानी काठमाडौँका बालबालिकामा पनि देखिएको छ । जसले गर्दा  बालबालिकामा मोटोपनाको उच्च जोखिम देखिएको छ । यसको मुख्य कारण अधिक पोषण वा बाहिराको जङ्क फुडको सेवन गर्नु हो । अभिभावकहरू आफ्नो कार्य वा व्यस्तताले गर्दा घरमा पकाएर खुवाउन नसक्ने र तयारी खानेकुरामा बढी खुवाउने र  टिभी, मोबाइल, ल्यापटप, आइप्याड आदि हेर्दै खाँदै गर्ने र बाहिर खेल्न नजाने, एकै ठाउँमा बसेका कारणले पनि मोटोपनाको जोखिम बढेको देखिएको छ । नेपालको जनसाङ्ख्यिकीय सर्वेक्षण र स्वास्थ्य सेवाको अनुसार कम उचाइ भएका  ( पुड्को) बच्चा ४२ प्रातिशत तराईमा छ भने सह
महिलामा किन हुन्छ पिसाव चुहिने समस्या ? कारण र समाधान

महिलामा किन हुन्छ पिसाव चुहिने समस्या ? कारण र समाधान

Health Care
हिजो आज पिसाव चुहिने समस्या लिएर अस्पताल आउनेको भिड बढन थालेको छ । यस्तो समस्या पुरुष तथा महिला दुवैमा देखा पर्छ । तर पनि पुरुषको अनुपातमा महिलाहरू यो समस्याबाट बढी प्रभावित भएको पाइन्छ । महिलामा यो अवस्था जति उमेर बढ्दै गयो त्यति बढी हुने गर्छ । कतिपय महिलाहरू यसलाई उमेर बढ्दै गएपछि अनुभव गर्नैपर्ने अवस्था भनेर लिने गरेको समेत पाइन्छ । डा. अर्जुनदेव भट्ट बरिष्ठ युरोलोजिष्ट खास गरेर यो अवस्थाले सोझै ज्यानमा असर नपार्ने भएकाले पीडितहरू थोरैले मात्रै उपचारका लागि चिकित्सकसँग परामर्श गर्छन् । तर यो अवस्थाले महिलाको शारीरिक, मानसिक र सामाजिक सबै क्षेत्रमा नराम्रो प्रभाव पार्ने गर्छ । पश्चिमा देशहरूको तथ्यांकमा महिलाहरू कम्तीमा ३० प्रतिशतसम्म मूत्र चुहिने समस्याले ग्रस्त हुन्छन् । त्यसमध्ये ५० प्रतिशत भन्दा कम मात्रै उपचारका निम्ति जाने गर्छन् । नेपालमा पिसाब चुहिने समस्याबाट कति प्
महले पाचन प्रणालीमा सुधार गर्न र तौल घटाउन मद्दत गर्दछ, कसरी?

महले पाचन प्रणालीमा सुधार गर्न र तौल घटाउन मद्दत गर्दछ, कसरी?

Health Care, Top Feature News
जब चिनीको स्वस्थ विकल्पको कुरा आउँछ, मह सबैभन्दा मनपर्ने विकल्पहरू मध्ये एक हो । यसले तपाईंले खाएको खानेकुरालाई मिठो स्वाद मात्र प्रदान गर्दैन, यसको सेवन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । यो तौल घटाउन वा आफ्नो शरीरलाई फिट राख्न चाहनेहरूका लागि चिनीको स्वस्थ विकल्प पनि हो । तौल घटाउन खोजिरहेका मानिसहरूका लागि पनि महको सेवन धेरै लाभदायक साबित हुन सक्छ र छिटो तौल घटाउन मद्दत गर्छ । विशेष गरी यदि तपाईं मनतातो पानीमा मह मिसाएर सेवन गर्नुहुन्छ भने, यसले तपाईंलाई छिटो क्यालोरी घटाउन मद्दत गर्दछ । साथै यसले धेरै स्वास्थ्य लाभसमेत प्रदान गर्दछ । मनतातो पानी र मह पिएर तौल कसरी घटाउने भन्ने प्रश्न धेरैको हुनसक्छ ? वा कसरी एक भारतीय सञ्चार माध्यमले यस विषयमा थप जान्न क्लिनिकल पोषण विशेषज्ञ र आहारविद् गरिमा गोयलसँग कुरा गरेको छ । यसमा मनतातो पानी र महको मद्दतले तौल घटाउने तरिकाबारे बताइरह