Main News Archives | Page 13 of 81 | Education Patra

Main News

निजी विद्यालयको शुल्क मिटरब्याजीको भन्दा चर्को

निजी विद्यालयको शुल्क मिटरब्याजीको भन्दा चर्को

Main News
एजुकेशनपत्र, काठमाण्डौं । उपभोक्ता सचेतना अभियान नेपालले निजी विद्यालयले असुलेको चर्को शुल्कका विषयमा उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएको छ । गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा निजी विद्यालयले नियामक बैंकले लिने ब्याजदरभन्दा बढी ब्याजदर लिएको भन्दै फारम शुल्क, भर्ना शुल्क, ट्युसन शुल्कलगायतका विभिन्न शुल्कलाई नियमन गर्न उक्त अभियानले आग्रह गरेको छ । उपप्रधान समेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै अभियानले निजी विद्यालायको फाराम शुल्क, भर्ना शुल्क, ट्युसन फी र अन्य शुल्क मिटरब्याजीको भन्दा महँगो भएकाले नियमन गर्न माग गरेको हो । निजी विद्यालयहरूले असुलेको चर्को शुल्कप्रति चिन्ता व्यक्त गर्दै भर्ना शुल्क, अतिरिक्त क्रियाकलाप शुल्कका नाममा लिइने लाखौं रुपैया बढी भएको बताएको छ । गृहमन्त्रीले ज्ञापनपत्र बुझ्दै भने, 'उ
संस्कृत विश्वविद्यालयमा सधैं तालाबन्दी: दैनिक कामकाज प्रभावित

संस्कृत विश्वविद्यालयमा सधैं तालाबन्दी: दैनिक कामकाज प्रभावित

From Today's Newspaper, Main News
दाङ  ।  नेपाल संस्कृत विश्वविद्यालय पटक–पटकको तालाबन्दीले गतिहीन भइरहेको छ । एकपछि अर्को तालाबन्दी हुँदा बेलझुन्डीस्थित केन्द्रीय कार्यालय र मातहतका अन्य निकायका काम प्रभावित भइरहेका छन् । बेलझुन्डीस्थित केन्द्रीय आयुर्वेद विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियनले असार ३ देखि केन्द्रीय कार्यालयमा ताला लगाएको छ । नेपाल विद्यार्थी संघले असार ९ गते सेवा आयोगको कार्यालय र १२ गते आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा ताला लगाएको छ । अनेरास्ववियुले जेठ २७ गते केन्द्रीय आयुर्वेद विद्यापीठमा लगाएको ताला असार १९ गते खुलेको छ । अन्य ताला भने अझै खुल्न सकेका छैनन् । आयुर्वेद स्नातक अध्ययनरत विद्यार्थीको प्रयोगात्मक अभ्यासबापतको छात्रवृत्ति रकम वृद्धि गर्नुपर्ने, पुस्तकालयको व्यवस्था हुनुपर्ने, प्रयोगात्मक अभ्यासको सहज व्यवस्था गर्नुपर्नेलगायत माग राखी केन्द्रीय कार्यालय र आयुर्वेद डिनको का
नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमीमा राख्ने सरकारको निर्णय

नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमीमा राख्ने सरकारको निर्णय

Main News
एजुकेशनपत्र, काठमाण्डौं । नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमीमा राखिने सरकारले नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरको सानोठिमीमा राख्ने निर्णय गरेको छ। बिहीबार असार २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन्। ad त्यसैगरी, सरकारले पर्यटन विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, भारतको गुजरातमा हुन लागेको जी–२० को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने लगायतका निर्णयहरू गरेको छ।
दिल्लीमा बाढीको वितण्डा, सबै शिक्षण संस्था बन्द, जनजीवन नराम्रोसँग प्रभावित

दिल्लीमा बाढीको वितण्डा, सबै शिक्षण संस्था बन्द, जनजीवन नराम्रोसँग प्रभावित

International, Main News
बीबीसी । भारतको नयाँ दिल्लीमा बाढी र डुबानको कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ । दिल्ली सरकारको आकस्मिक बैठकले सबै स्कुल, कलेज र विश्वविद्यालय आइतबारसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द गरिएको छ । अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । अत्यावश्यकसेवाबाहेकका सरकारी र निजी कर्मचारीहरुलाई ‘वर्क फ्रम होम’ (घरबाटै काम) गर्न भनिएको बैठकपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले जानकारी दिए । उनले बैठकले गरेका निर्णयहरु ट्वीटरमार्फत् सार्वजनिक गरेका छन् । बीबीसी हिन्दीका अनुसार दिल्ली भएर बग्ने यमुना नदीको जलस्तर बिहीबार २०८.६ मिटरभन्दा माथि पुगेको छ । यो हालसम्मकै उच्च जलस्तरको रेकर्ड हो । यसअघि सन् १९७८ मा यमुना नदीको जलस्तर २०७.४९ मिटर पुगेको रेकर्ड थियो । त्यतिबेला दिल्ली डुबानमा परेर ठूलो क्षति पु
अवैध रुपमा विद्यालयको माटो बिक्री गरेको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अवैध रुपमा विद्यालयको माटो बिक्री गरेको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Main News
एजुकेशनपत्र, काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर लालझाडी गाउँपालिका वडा नं. ४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयको माटो अवैध बिक्रीमा संलग्न भएको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरी कानुनी कारबाही गरेको छ । आयोगले विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष लक्ष्मण राणा, प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहरा, न्यू भगवती इँटा उद्योगका व्यवस्थापक राजेन्द्रबहादुर भाट र सिद्ध वैजनाथका सञ्चालक धनबहादुर विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालयको माटो गैरकानूनी रूपमा उत्खनन गरी स्थानीय इँटा उद्योगलाई बिक्री गरेर भ्रष्टचारमा संलग्न रहेको आरोप उनीहरु माथि लागेको छ। अख्तियारले भ्रष्टाचार ऐनमा संलग्न दोषीलाई उचित सजायको माग गर्दै आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आरोपपत्रमा उल्लेख
विद्यालयका कर्मचारी र सरकारबीच सहमति-आन्दोलनका कार्यक्रम स्थगन

विद्यालयका कर्मचारी र सरकारबीच सहमति-आन्दोलनका कार्यक्रम स्थगन

Main News
एजुकेशनपत्र, काठमाण्डौं । विद्यालयका कर्मचारी र सरकारबीच सहमति भएपछि कर्मचारीले यसअघि सुरु गरेको आन्दोलनका कार्यक्रम स्थगन भएको छ । विद्यालयका कर्मचारीले राखेका पाँच बुँदे माग सम्बोधन गर्ने विषयमा सहमति भएको र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ती मागहररु विचार गरी पूरा गर्ने सहमति गरेको छ । साथै, सहमति भएका उपायहरूको कार्यान्वयन गर्न अर्थ मन्त्रालयलाई पत्र पठाइनेछ। सम्झौताको एउटा मुख्य पक्ष भनेको संघीय शिक्षा ऐनमा विद्यालय कर्मचारीको तलब सम्बन्धी प्रावधान समावेश गर्नु हो। विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले चालु अधिवेशनमा नै तलब स्केलको व्यवस्था ऐनमै स्पष्ट उल्लेख गर्दै संघीय संसदमा विधेयक पेस गर्न सरकारले सहमति गरेको बताए । अध्यक्ष तिवारीले यस सम्झौताले लेखापाल र कार्यालय सहायकका लागि समान सुविधा सुनिश्चित गर्दै उनीहरुको न्यायोचित व्यवहारको माग सम्बोधन ग
त्रिविका १ सय ७५ क्याम्पस खारेजीको प्रक्रियामा

त्रिविका १ सय ७५ क्याम्पस खारेजीको प्रक्रियामा

Higher Education News, Main News
एजुकेशनपत्र, काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन नवीकरण नगरेका १ सय ७५ क्याम्पस खारेजीको प्रक्रिया थालेको छ । विश्वविद्यालयले १ हजार ६० निजी तथा सामुदायिक क्याम्पसलाई सम्बन्धन दिएको थियो । तीमध्ये दुई पटक सूचना प्रकाशित गर्दा पनि नवीकरण प्रक्रियामा नआएका क्याम्पसको सूची सार्वजनिक गरिएको छ । १ सय ५० मध्ये सामुदायिक र निजी क्याम्पसको संख्या लगभग बराबर रहेको उपकुलपति कार्यालयको योजना निर्देशनालयले जनाएको छ । त्रिविमा ६४ आंगिक क्याम्पस पनि सञ्चालनमा रहेका छन् । दोस्रो जनआन्दोलनयता विश्वविद्यालयले मनोमानी सम्बन्धन बाँडेको थियो । पछिल्ला वर्षहरुमा ती क्याम्पस विद्यार्थी अभावमा संकटमा रहेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । त्रिविसहित अन्य विश्वविद्यालयका करिब साढे ५ सयवटा क्याम्पसमा १ सयभन्दा कम विद्यार्थी अध्ययरत छन् । त्रिविले क्याम्पस समायोजनको नीतिसमेत अघि सारेको
छात्रवृत्तिका लागि जापानद्वारा साढे ३८ करोड अनुदान

छात्रवृत्तिका लागि जापानद्वारा साढे ३८ करोड अनुदान

Banner News, Main News
एजुकेशनपत्र, काठमाण्डौं । नेपाल सरकार र जापान सरकारबीच मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) कार्यक्रमको तेस्रो चरण कार्यान्वयनका लागि अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि जापानी राजदूत किकुता युताकाले उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार सन् २०२३ र २०२४ मा निजामती कर्मचारीलाई छात्रवृत्ति उपलब्ध गराउन जापान सरकारले रू ३८ करोड ५० लाख (४२ करोड ४० लाख जापानी येन) अनुदान उपलब्ध गराउनेछ । यो अनुदान रकम निजामती कर्मचारीलाई दिइने स्नातकोत्तर र पिएचडी तहको छात्रवृत्ति कार्यक्रमका लागि खर्च गरिनेछ । जापान सरकारले नेपाललाई सन् २०१५ देखि यस्तो सहयोग उपलब्ध गराउँदै आएको छ । जेडिएस कार्यक्रमअन्तर्गत जापानले सन् २०१६ देखि २०२२ सम्म दुई चरणमा गरेर एक सय जना निजामती क
आइक्यानको नयाँ नेतृत्वका लागि विष्णुहरि पाण्डे सामुहको उम्मेदवारी घोषणा

आइक्यानको नयाँ नेतृत्वका लागि विष्णुहरि पाण्डे सामुहको उम्मेदवारी घोषणा

Main News
एजुकेशनपत्र, काठमाण्डौं । नेपाल शैक्षिक परामर्श संघ (आइक्यान)को नयाँ नेतृत्वका लागि विष्णुहरि पाण्डे सामुहले उम्मेदवारी घोषणा गरेको छ । पाण्डेले आगामी शनिबार हुने महाधिवेशनको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन। साथै उनले उम्मेदवारहरूको सम्पूर्ण प्यानल तयार परेका छन् । उपाध्यक्षमा भुवन क्षेत्री, लक्ष्मण पौडेल (एन्ड्र्यु) प्रकाश श्रेष्ठलाई आ–आफ्नो समूहबाट उम्मेदवार घोषणा गरिएको छ । त्यस्तै महासचिवमा वासुदेव दाहालले उम्मेदवारी दिएका छन् भने सचिवमा फिलिपकुमार डाँगी क्षेत्री र शिव त्रिपाठीले उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यस्तै कोषाध्यक्षमा विनोदकुमार सुवेदी र हेमराज सिग्देलले उम्मेदवारी घोषणा गरेका छन् । सदस्यहरुमा आशिष रायमाझी, सतीन्द्र झा, सुरज सिलवाल, एसपी भट्टराई, साधना पुडासैनी, शिवप्रसाद अर्याल, सुमन शर्मा, श्रीराम गिरी र मनजित ढकाल रहेका छन् । प्यानल घोषणा गरेपछि पाण्
शुल्क वृद्धि नगर्न बुटवलका विद्यालयहरूलाई उपमहानगरको निर्देशन

शुल्क वृद्धि नगर्न बुटवलका विद्यालयहरूलाई उपमहानगरको निर्देशन

Main News, School Education
एजुकेशनपत्र, बुटवल । बुटवल उपमहानगरपालिकाले भर्ना शुल्क वृद्धि नगर्न बुटवलका विद्यालयहरूलाई निर्देशन दिएको छ । मङ्गलबार बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरूसँगको छलफलका क्रममा विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा सहर बनाउन जोड दिँदै भर्ना शुल्क नबढाउन निर्देशन दिएको हो । बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले विद्यालय शिक्षामा सुधार ल्याउन सामुदायिक विद्यालयहरूलाई निर्देशन समेत दिनुभएको छ । माध्यमिक तहको भर्ना सुरु हुनुअघि आयोजित छलफलका क्रममा उहाँले विद्यार्थीहरूलाई पोसाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागु नगर्न र स्वैच्छिक हिसाबले खरिद गर्न दिनका लागि निर्देशन दिनुभयो । “विद्यालयले किताब, कापी र पोसाक बेच्ने र आफू अनुकूलका पसलहरूबाट खरिद गर्नका लागि सिफारिस गर्ने र बाध्यकारी बनाउने काम नगर्नुहोला”, उहाँल