Main News Archives | Page 19 of 81 | Education Patra

Main News

राप्ती इञ्जिनियरिङ कलेजका अभिभावकहरुलाई अभिमुखीकण

राप्ती इञ्जिनियरिङ कलेजका अभिभावकहरुलाई अभिमुखीकण

Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । राप्ती इञ्जिनियरिङ कलेजमा डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ र प्रि—डिप्लोमा इन सर्भे, सिभिल र इलेक्ट्रिकल इञ्जिनियरिङ कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुलाई अभिमुखीकरण तालिम दिएको कलेज प्रशासनले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथिको रुपमा बोल्दै घोराही उपमहानगरपालिका वडा नं १६ का वडा अध्यक्ष तारा बहादुर डाँगीले विद्यार्थीहरुको वृद्धिविकासको लागि कलेजले गरेको अभिमुखिकरण तालिमले महत्वपूर्ण भूमिका खेल्ने र यस कार्यक्रमलाई सार्थकता दिन अभिभावकहरुले पनि लाग्नुपर्नेमा जोड दिनुभएको थियो । डागीले कलेज एक्लै लागेर मात्र नहुने भएकोले विद्यार्थीहरुलाई घरमा पनि अभिभावकले नियमित रुपमा गर्ने गरेका कार्यहरुको निगरानी गर्नेपर्ने बताउनुभएको थियो । उहाँ आगामी बजेटमा प्राविधिक पढन चाहाने विद्यार्थीहरुका लागि बजेटको समेत व्यवस्था गर्ने कुरा बताउनु भएको थियो ।
विद्यालयका प्रशासन प्रमुख मनिष श्रेष्ठमाथि यौन दुर्व्यवहारकाे आरोप

विद्यालयका प्रशासन प्रमुख मनिष श्रेष्ठमाथि यौन दुर्व्यवहारकाे आरोप

Main News
एजुकेशनपत्र , दाङ ।  पद्मोदय पब्लिक मोडेल उच्च माध्यमिक विद्यालयकी एक विद्यार्थीले विद्यालयका प्रशासन प्रमुख मनिष श्रेष्ठमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । विद्यार्थीले फेसबुकमा पोष्ट गरे, "शिक्षकले तिम्रा तिघ्रामा हात राख्दा के हुन्छ? के उनीहरूले यही गर्छन्?" श्रेष्ठले आफुलाई हानि पु¥याउने धम्की समेत दिएको छात्राले बताएकी छन् । । "आज मलाई यो भयो, कसलाई थाहा छ यो अरू कसैलाई पनि हुन सक्छ। हामी केटीहरूले अझै कति सहनु पर्छ?" उनले फेसबुकमा लेखिन् । विद्यार्थीमाथि दुर्व्यवहारको घटनाले सामाजिक सञ्जालमा आक्रोश मच्चाएको छ । बिहीबार विद्यालयका सह विद्यार्थीले आरोपित श्रेष्ठलाई कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए । विद्यालयका तर्फबाट प्रधानाध्यापक मोहन अधिकारीले घटनाको अनुसन्धान भइरहेको र विद्यार्थी र आरोपी श्रेष्ठसँग छलफल गरी अवस्था बुझ्ने काम भइरहेको बताएकी छन्  ।
छात्रवृतिको विवरण पेश नगर्ने महानगरभित्रका ३९ निजी विद्यालयलाई एक–एक लाख रुपैयाँ जरिवाना

छात्रवृतिको विवरण पेश नगर्ने महानगरभित्रका ३९ निजी विद्यालयलाई एक–एक लाख रुपैयाँ जरिवाना

Main News, Top Feature News
एजुकेशनपत्र काठमाण्डौं । पछिल्लो समय छात्रवृत्तिको विवरण नबुझाउने निजी विद्यालयलाई काठमाडौं महानगरपालिकाले कारबाही थालेको छ । हालसम्म प्रदान गरिएको छात्रवृत्तिको विवरण पेश नगरेकोमा महानगरभित्रका ३९ निजी विद्यालयलाई एक–एक लाख रुपैयाँ जरिवाना गरिएको छ । महानगरीय क्षेत्रभित्र रहेका ५०४ निजी विद्यालयमध्ये ४ सय ६५ विद्यालयले मात्रै छात्रवृत्ति प्रावधानसम्बन्धी कागजात महानगरपालिकालाई उपलब्ध गराएका छन् । तर, महानगरपालिकाको तोकेताअनुसार अझैं ३९ विद्यालयले छात्रवृतिको आवश्यक जानकारी महानगरमा पठाएका छैनन् । काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन विनियम २०७४ को परिच्छेद १० बमोजिम छात्रवृत्ति र निःशुल्क शिक्षाको प्रावधानमा केन्द्रित रहेका विद्यालयहरूले छात्रवृत्ति पाएका विद्यार्थीहरूको सूची सार्वजनिक गर्नुपर्ने भएता पनि हालसम्म ३९ विद्यालयले अटेर गरेका छन् । महानगरीय अधिकारीहरूल
योग शिक्षालाई विश्वस्तरीय विश्वविद्यालयका रूपमा नेपालमै स्थापित गर्दै लगिने छ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

योग शिक्षालाई विश्वस्तरीय विश्वविद्यालयका रूपमा नेपालमै स्थापित गर्दै लगिने छ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

Health Care, Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योगाभ्यासका लागि एक सुन्दर भूमि भएकाले नेपाल योगसम्बन्धी ज्ञान–विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि मूल गन्तव्य बन्न सक्ने बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजनमा आज आयोजित अन्तर्राष्ट्रिय योग दिवस–२०८० को मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले योग नेपालकै अमूल्य निधि भएको र प्राकृतिक वातावरणको हिसाबले परिकल्पना गरेका योगमाया आयुर्वेद विश्वविद्यालयले भोलिको दिनमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्नुपर्नेमा पनि जोड दिनुभयो । “नेपालका तीन सभ्यता शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको पाइन्छ । नेपालको सांस्कृतिक इतिहासलाई खोतल्ने हो भने यहाँका पुराना भवन र सहरको निर्माणमा पनि योगको ज्ञान–विज्ञा
राप्ती इञ्जिनियरिङ कलेजद्धारा एसईई दिएका विद्यार्थीहरुलाई क्यारियर काउन्सेलिङ

राप्ती इञ्जिनियरिङ कलेजद्धारा एसईई दिएका विद्यार्थीहरुलाई क्यारियर काउन्सेलिङ

Main News, Special News Highlights
एजुकेशनपत्र, घोराही । राप्ती इन्जिनियरीङ कलेजले एसईई दिएर बसेका विद्यार्थीहरुलाई क्यारियर काउन्सिलिङ गरेको छ । कलेजमा कम्प्युटर बेसिक कोर्ष गरिरहेका विद्यार्थीहरुलाई सहभागी गराई एक कार्यक्रमका बीच उक्त काउन्सेलिङ गरिएको कलेज प्रशासनले एजुकेशनपत्रलाई जानकारी गराएको छ । कलेज संचालक समितिका अध्यक्ष एवं कार्याकारी निर्देशक डा. शैलेन्द्र गिरीले कलेजका उपलब्धीहरु, भौतिक संरचनाहरु, कलेजमा रहेका शाखाहरु, कलेजबाट उत्पादित विद्यार्र्थीहरुको रोजगारीको अवस्थाको बारेमा जानकारी गराउनुु भएको थियो । कलेजले २०६५ सालदेखि नै प्रविधि शिक्षा तथा व्यवसायिक तालिम परिषद सानोठिमी भत्तपुरबाट सम्बन्धन प्राप्त गरी डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, प्रि–डिप्लोमा इन सर्भे, सिभिल र इलेक्ट्रिकल इञ्जिनियरिङ तथा पोखरा विश्वविद्यालय अन्र्तगत विसिए र विई सिभिल कार्यक्रमको कक्षा सञ्चालन गर्दै आईरहेको बताउनुभएको
राप्ती इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुले योग अभ्यास गरी योग दिवस मनाए (फोटो फिचर)

राप्ती इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुले योग अभ्यास गरी योग दिवस मनाए (फोटो फिचर)

Health Care, Main News, Special News Highlights
एजुकेशनपत्र घोराही । घोराही १६, दाङ सर्रामा अवस्थीत राप्ती इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुले योग अभ्यास गरी योग दिवस मनाएका छन् । योग क्लब राप्ती इन्जिनियरिङ कलेजदद्धारा आयोजीत उक्त कार्यक्रममा योग गरु रविन्द बस्नेतले योग सम्बन्धी आफ्नो धारणा राख्नुका साथै विद्यार्थीहरुलाई योग अभ्यास गराउँनु भएको थियो । उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावको समेत सहभागीता रहेको थियो । लुम्बिनी प्रदेशकै उत्कृत राप्ती इन्जिनियरिङ कलेजले प्राकृतिक रुपमा अत्यन्त मनोरम र शान्त वातावरण कायम राख्न सफल भएको छ । कलेजको चारैतिर हरियाली, फुल बगैंचा र दुबो रहेको हुनाले विद्यार्थीहरुलाई योग अभ्यास गर्न सहज भएको एक अभिभावकले बताए । यसको साथै शान्त र हरियाली वतावरणले विद्यार्थीहरुको शिक्षण सिकाईमा राम्रो प्रभाव रहने विद्यार्थीहरुको अनुभव रहेको छ । योग अभ्यास गर्दै विद्यार्थीहर
मेडिकल शिक्षा पढेर इन्टर्न गर्दै आएका विद्यार्थीहरूमाथि चरम–श्रम शोषण

मेडिकल शिक्षा पढेर इन्टर्न गर्दै आएका विद्यार्थीहरूमाथि चरम–श्रम शोषण

Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र काठमाण्डौं । मेडिकल शिक्षा पढेर इन्टर्न गर्दै आएका विद्यार्थीहरूमाथि चरम–श्रम शोषण हुने गरेको पाइएको छ । जीवन निर्वाह भत्ता पाउनुपर्नेमा उनीहरू एकदमै न्यून तलबमा काम गर्न बाध्य भएका छन्। विशेष गरी निजी मेडिकल कलेजमा पढ्दै आएका विद्यार्थी यस्तो समस्यामा परेका छन् । निजी मेडिकल कलेजहरूले करिब ७५ लाख रुपैयाँ पढाइ शुल्क लिने गरेका छन् । त्यसपछि फेरि इन्टर्नका लागि भनेर विद्यार्थी भर्ना हुने बेलामा २ लाख रुपैयाँ लिने गरेका छन् । तर इन्टर्न गर्दा मासिक १० देखि १५ हजारका दरले मात्र तलब दिने गरेका छन् । यो रकम विद्यार्थी स्वयंले पाँच वर्षअघि तिरेको २ लाख रुपैयाँबाट कटाउँदा समेत एक वर्षमा १ लाख २० हजार मात्रै हुन आउँछ । तर त्यो दुई लाख रुपैयाँको पाँच वर्षको ब्याज मात्रै पनि कलेजहरूले निकै धेरै कमाउँछन् । यसरी कलेजहरूले विद्यार्थीमाथि इन्टर्नका नाममा चरम–श्रम शोषण गर्र्दै आएका
सुचना प्रविधिले समाज रुपान्तरणमा सहयोग गरेको छः मेयर टिकाराम खडका

सुचना प्रविधिले समाज रुपान्तरणमा सहयोग गरेको छः मेयर टिकाराम खडका

ICT News, Main News
एजुकेशनपत्र काठमाण्डौं । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले अहिले सबैको पहुँचमा मोबाइल फोन र इन्टरनेट पुगेकोले समाजको रुपान्तरणमा यसले सहयोग गरेको बताउँनु भएको छ । गत शनिबार घोराहीमा आयोजित सञ्चार, साइबर सुरक्षा नीति तथा कानूनसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै मेयर खडकाले जनताको जीवनमा सूचना प्रविधिको महत्व र यसको नियमन र सुशासनको आवश्यकतामा समेत जोड दिनुभएको हो । साइबर अपराध र सुरक्षाको विषय आमनागरिकको सरोकारको विषय भएकोले स्थानीय तहले यसलाई चासो र महत्वकासाथ ग्रहण गर्नु पर्छ । अहिले बालकालिकाहरुलाई सामाजिक संजालहरुमा प्रयोग गरिदै आएको छ । यसो गरिनु राम्रो होइन । सामाजिक संजाल मार्फत नागरिकका गोप्य सुचनाहरु चुवावट भइरहेका छन् । यसलाई तीन तहको सरकारले रोक्न सक्नु पर्छ मेयर टिकाराम खडकाले भन्नु भयो । साइबर अपराध र सुरक्षाको विषय आमनागरिकको सरोका
सबै विषयमा अध्ययनरत व्यक्तिले शिक्षक लाइसेन्स परीक्षामा सहभागी हुन पाउने

सबै विषयमा अध्ययनरत व्यक्तिले शिक्षक लाइसेन्स परीक्षामा सहभागी हुन पाउने

Employment, Main News, Special News Highlights
एजुकेशनपत्र काठमाण्डौं । सरकारले शिक्षक लाइसेन्स परीक्षामा जुनसुकै विषयमा अध्ययनरत व्यक्तिले पनि सहभागी हुन पाउने व्यवस्था गरेको छ । सरकारले आर्थिक वर्ष २०८०र८१ को बजेट भाषणमा यस्तो घोषणा गरेको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिए । सरकारले शिक्षक लाइसेन्स परीक्षामा सबै विषयमा अध्ययन गरेका व्यक्तिलाई सहभागी हुन दिने निर्णय गरेको छ । तर, परीक्षाको ठ्याक्कै मिति भने घोषणा भइसकेको छैन, शिक्षा तथा विज्ञान मन्त्रालयका एक अधिकारीले भने । हाल ऐनमा परिमार्जन हुन नसक्दा यो व्यवस्था कार्यान्वयनमा समस्या भएको ती अधिकारीले बताए । सरकारले बजेट भाषणमा आगामी आर्थिक वर्षदेखि यो व्यवस्था लागू गर्ने प्रस्ताव गरेको उनले बताए । तर, शिक्षक सेवा आयोगले कार्यान्वयनका लागि तत्काल आफ्नो नियमावली परिमार्जन गर्न आवश्यक छ । हालको कानूनले कुनै पनि विषय अध्ययन गर्ने व्यक्तिलाई परीक्षा दिन नदिने भए पनि स
जनताको जीवनमा सूचना प्रविधिको महत्व र सुशासनको आवश्यकतामा प्रदेश सरकारले समेत जोड दिनेछः मान्त्री राजु खनाल

जनताको जीवनमा सूचना प्रविधिको महत्व र सुशासनको आवश्यकतामा प्रदेश सरकारले समेत जोड दिनेछः मान्त्री राजु खनाल

ICT News, Main News, Special News Highlights
एजुकेशनपत्र काठमाण्डौं । लुम्बिनी प्रदेशका स्वास्थ मन्त्री राजु खनालले प्रदेश सरकारले साइबर सुरक्षा ऐन र नीति तर्जुमालाई प्राथमिकतामा राख्ने बताउँनु भएको छ । शनिबार घोराहीमा आयोजित सञ्चार, साइबर सुरक्षा नीति तथा कानूनसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री खनालले जनताको जीवनमा सूचना प्रविधिको महत्व र यसको नियमन र सुशासनको आवश्यकतामा समेत जोड दिनुभयो । छोटो समयमै सुचना प्रविधिले धरै फड्को मारिसकेको आवस्थामा प्रदेश सरकारले पनि अब साइबर अपराध न्युनीकरण र साइबर सुरक्षा जस्ता विषयमा जनजागरण जस्ता कार्यक्रमहरु ल्याउँनु पर्छ मन्त्र खनालले भन्नु भयो । साथै उहाँले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै यसको सुरक्षाका चुनौती बढेको बताउँनु भएको छ । त्यसैले साइबर कानुन र नीति बनाउँने कुरामा अब ढिला गरिनु हुदैन उहाले भन्नु भयो । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले अहिल