Main News Archives | Page 22 of 81 | Education Patra

Main News

विषय शिक्षकको माग राख्दै शारदा माविमा विद्यार्थी आन्दोलित

विषय शिक्षकको माग राख्दै शारदा माविमा विद्यार्थी आन्दोलित

Main News, Special News Highlights
एजुकेशनपत्र, दोलखा । विगु गाउँपालिका–३ स्थित शारदा माविका विद्यार्थीहरु विषय शिक्षकको माग राख्दै अहिले आन्दोलनमा उत्रिएका छन् । सोमबार कक्षा बहिष्कार गरी चर्को घाममुनि विद्यालयमा जम्मा भएर विद्यालय प्रशासन प्रति असन्तुष्टि व्यक्त गर्दै नाराबाजी गरेका थिए । विद्यालयमा गत फागुनदेखि नै दरबन्दी अनुसारका चारजना शिक्षकहरु नहुँदा स्कुलले विभिन्न समस्या भोगी रहेको छ । यसले सिकाइ र सिकाइ प्रक्रियालाई नराम्ररी प्रभावित गरेको छ । विद्यार्थीहरू विषय शिक्षक र गुणस्तरीय शिक्षाको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । शिक्षा सेवा आयोगले स्थायी दरबन्दीका लागि मनोनयन गरेका शिक्षक विद्यालय हाजिर भएपछि राहत कोटाका एक शिक्षकले राजीनामा दिएका छन् । शिक्षक भर्नाका लागि गत फागुनमा विज्ञापन प्रकाशित भए पनि करार शिक्षकका लागि परीक्षा सञ्चालन हुन नसकेको प्रधानाध्यापक बालकृष्ण मल्ल ठकुरीले बताए । विद्य
गाउँपालिकाद्धारा उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय पुरस्कृत

गाउँपालिकाद्धारा उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय पुरस्कृत

Main News, Special News Highlights
ताप्लेजुङ, जेठ २२ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई पुरस्कृत गरेको छ । शैक्षिक क्षेत्रको विकासमा टेवा गर्ने उद्देश्यसहित गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान तथा पुरस्कृत गरिएको हो । जेहेन्दार तथा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी, उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षक तथा प्रधानाध्यापक र उत्कृष्ट शैक्षिक क्रियाकलाप गर्ने विद्यालयलाई पुरस्कृत गरिएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले जानकारी दिनुभयो । अध्यक्ष लिम्बूका अनुसार उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई नगद पुरस्कार, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको छ । उत्कृष्ट मूल्याङ्कन भई पुरस्कृत हुने विद्यार्थीमा कक्षा ८ तर्फ विनिता तामाङ र टेकहाङ लाबुङ रहनुभएको छ । उहाँहरुलाई जनही २० हजार रुपियाँसहित पुरस्कृत गरिएको छ । यस्तै, कक्षा
युवालाई युरोपमा रोजगारीको आकर्षण देखाई ठगने गिरोह सक्रिय

युवालाई युरोपमा रोजगारीको आकर्षण देखाई ठगने गिरोह सक्रिय

Employment, Main News
एजुकेशनपत्र, काठमाण्डौं । केही संस्था वा व्यक्तिले भ्रमण भिसाका विभिन्न मुलुकमा आकर्षक तलब र सेवासुविधा उपलब्ध गराउने भन्दै नेपाली युवालाई ठगी गरेकोप्रति वैदेशिक रोजगार विभागको ध्यानाकर्षण गराएको छ । विभागले विज्ञप्तिमार्फत नेपाली युवालाई युरोपका विभिन्न देशमा  लगेर अलपत्र पारेका उजुरी आउने क्रम  बढेकाले यसप्रति ध्यानाकर्षण भएको जनाएको हो । विभागका अनुसार शैक्षिक परामर्शनका लागि खोलिएका कन्सल्टेन्सी, व्यक्तिले फेसबुक, युट्युबमार्फत फिलिपिन्स, माल्टा, इजरायललगायतका देशमा आकर्षक तलबको प्रलोभन देखाउने, ठूलो परिणाममा रकम असुल गर्ने र युवालाई अवैध ढङ्गबाट पठाई विदेशमा अलपत्र पार्ने घटना बढ्दै गएको छ । सरकारबाट अनुमति नभएका संस्था वा व्यक्तिको कुरालाई विश्वास गरी विदेश नजान आमयुवालाई आग्रह गर्दै यसरी ठगी गर्ने संस्था वा व्यक्तिलाई कानुन अनुसार हदैसम्म कारबाही हुने विभागका प्रवक्ता ग
समस्या सम्बोधन नगरेको भन्दै देशभरका विद्यालय कर्मचारी आन्दोलित

समस्या सम्बोधन नगरेको भन्दै देशभरका विद्यालय कर्मचारी आन्दोलित

Main News
एजुकेशनपत्र, काठमाण्डौं । नेपाल विद्यालय कर्मचारी परिषदले बजेटले आफ्नो समस्या सम्बोधन नगरेको भन्दै देशभर आन्दोलन थालेको छ । जेठ २० गतेदेखि तालाचाबी विद्यालयमा बुझाएर सम्बन्धित जिल्ला शिक्षा समन्वय इकाईमा धर्ना दिईरहेका छन् । कतिपय पहाडी जिल्लाका विद्यालय कर्मचारीहरुले भने इकाइ टाढा हुने भएकोेले सम्बन्धित पालिकाको शिक्षा विभाग अगाडि धर्ना दिइरहेको परिषद्का महासचिव शान्तिनाथ योगीले जानकारी दिए । कर्मचारीहरुले २६ गतेसम्म धर्ना दिने कार्यक्रम तय गरेका छन् । २७ गतेदेखि असार १ गतेसम्म काठमाडौको भद्रकालीमा रिले अनसन बस्ने र बीचमा जेठ २८ गते भद्रकालीदेखि बानेश्वरसम्म बागमति प्रदेशका १३ वटा जिल्लाका विद्यालय कर्मचारीहरुले थाल बजाउँदै ¥याली गर्ने तयारी गरेको छ । त्यत्ति गर्दा पनि कर्मचारीको मागमाथि सुनुवाइ भएन भने असार २ गतेदेखि माग पूरा नभएसम्म बिद्यालय बन्द गर्ने घोषणा गरेको छ ।
छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराउने विद्यालयको स्वीकृति रद्द गर्दै महानगर

छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराउने विद्यालयको स्वीकृति रद्द गर्दै महानगर

Banner News, Main News
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराएका विद्यालयको अनुमति तथा स्वीकृति रद्द गर्ने चेतावनी दिएको छ । आज एक सूचना प्रकाशित गर्दै महानगरले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयको सूचीसहित कारबाही प्रक्रिया अघि बढाउने बताएको हो । आगामी जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी विवरण महानगरमा नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने जानकारी पनि सूचना मार्फत दिइएको छ । सूचनामा भनिएको छ– 'काठमाडौँ महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लङ्घन गरी हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने  विद्यालयले जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्
नाइल नदीको किनारामा विद्यार्थीले कोरे हिमालका चित्र

नाइल नदीको किनारामा विद्यार्थीले कोरे हिमालका चित्र

Main News
एजुकेशनपत्र, काठमाण्डौं । विश्व वातावरण दिवसका अवसरमा नेपाली राजदूतावास, कायरोको आयोजनामा एक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । “जलवायु परिवर्तन र हिमालय” शीर्षकमा उक्त प्रतियोगिता इजिप्टको राजधानी कायरोमा शनिबार आयोजना गरिएको थियो । प्रतियोगितामा पाकिस्तान इन्टरनेशनल स्कुल, आइरिश इन्टरनेशनल स्कुल, माआदी ब्रिटिस इन्टरनेशनल स्कुल, कायरो अमेरिकन कलेज तथा नासेर प्राइभेट स्कुलमा अध्ययनरत विभिन्न मुलुकका दर्जनौँ विद्यार्थीको सहभागिता रहेको दूतावासले जनाएको छ । कार्यक्रममा पाकिस्तान इन्टरनेशनल स्कुलका प्रिन्सिपल सैयद तोसेफ हुसैन बोखारीले चित्रकला प्रतियोगिता आयोजना गरेकामा राजदूतावासलाई धन्यवाद दिँदै यस्ता अतिरिक्त क्रियाकलापमा हुने सहभागिताले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन हुने धारणा व्यक्त गर्नुभयो । प्रतिगोयताले विद्यार्थीलाई अवसर प्राप्त भएको उल्लेख गर्दै उनीहरूले जलवायु
झाडापखालाको प्रकोप बढेपछि ताप्लेजुङको आठराई विद्यालय एक साताका लागि बन्द

झाडापखालाको प्रकोप बढेपछि ताप्लेजुङको आठराई विद्यालय एक साताका लागि बन्द

Main News
एजुकेशनपत्र, काठमाण्डौं । त्रिवेणी गाउँपालिका–५ आठराईस्थित ताप्लेजुङको चेन्ज माविका विद्यार्थीमा झाडापखालाको प्रकोप बढेपछि एक साताका लागि बन्द गरिएको छ । प्रिन्सिपल केशवप्रसाद गौतमले जनस्वास्थ्य अधिकृतसँगको परामर्शमा उक्त निर्णय गरेका हुन्। ३५ भन्दा बढी विद्यार्थीमा ज्वरोको लक्षण देखिएपछि विद्यालयले तुरुन्तै जिल्ला स्वास्थ्य कार्यालयमा खबर गरेको थियो । त्यसको जवाफमा जनस्वास्थ्य अधिकृत योगराज घिमिरेको नेतृत्वमा आएको टोलीले अन्य विद्यार्थीमा सरुवा रोग फैलिन नदिन विद्यालय एक साताका लागि बन्द गर्न सिफारिस गरेको थियो । बन्द आइतबारदेखि लागू भएको र शुक्रबारसम्म रहनेछ। यस उपायलाई कार्यान्वयन गर्न विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाको शिक्षा शाखाले मिलेर काम गरेका थिए । जनस्वास्थ्य अधिकृत घिमिरेले सामान्य रुघाखोकीजस्तै भाइरल संक्रमणका कारण झाडापखालाको प्रकोप हुने बताए । विद्यालयमा प