तारा विस्फोटन भएपछि के भयो? ३७ वर्षपछि बल्ल खुल्यो रहस्य
पल्लब घोष, विज्ञान संवाददाता -
ब्रह्माण्डमा भएको एउटा चर्चित विस्फोटनसँग सम्बन्धित रहस्य खुलेको वैज्ञानिकहरूले बताएका छन्।
सन् १९८७ को फेब्रुअरी महिनामा हाम्रो आकाशगङ्गाबाट नजिकै रहेको तारापुञ्जमा एउटा तारा विस्फोटन भएको देखिएको थियो।
त्यस क्रममा १० करोडवटा सूर्यको शक्ति जति उज्यालो निस्किएको पृथ्वीबाट धेरै महिना देखिएको थियो।
तारा विस्फोटन हुँदा यति धेरै भग्नावशेष निस्किएको थियो कि शक्तिशाली टेलिस्कोपहरूले त्यहाँ के बाँकी रह्यो भन्ने पत्ता लगाउनै सकेनन्।
अहिले वैज्ञानिकहरू उक्त विस्फोटनबाट 'न्यूट्रन तारा' बनेको र त्यो निकै सघन भएको निष्कर्षमा पुगेका छन्। उनीहरूका अनुसार त्यो ताराको एक चम्चाजति अंश एक करोड टनजति गह्रुँगो छ।
४०० वर्षमा देखिएको पहिलो घटना
अनुसन्धानकर्ताहरूको टोलीले उक्त "हत्याको रहस्योद्घाटन" गरेको 'बीबीसी स्काई एट नाइट'की प्रस्तो