Uncategorized Archives | Page 42 of 55 | Education Patra

Uncategorized

नेपालको पहिचान विश्वसामु पु¥याउन वरिष्ठ नेता पौडेलको आग्रह

नेपालको पहिचान विश्वसामु पु¥याउन वरिष्ठ नेता पौडेलको आग्रह

Uncategorized
जनादेश, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोहणका माध्यमबाट नेपालको पहिचानलाई विश्वसामु पु¥याउन सक्रिय भूमिका निर्वाह गर्न किर्तिमानी आरोहीहरुलई आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस प्रवेश गरेका पर्वतीय पर्यटन क्षेत्रका व्यवसायी तथा आरोहीको आज यहाँ आयोजित स्वागत कार्यक्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । सर्वोच्च शिखर सगरमाथालगायत हिमाल आरोहणमा कीर्तिमान कायम गरेका विभिन्न ३१ आरोही काँग्रेस प्रवेश गरेका हुन् । वरिष्ठ नेता पौडेलले व्यक्तिगतभन्दा पनि व्यावसायिक हितमा दृढतापूर्वक लाग्न आग्रह गर्दै साहसिक पर्यटन नेपालको विशिष्ट पहिचानसँग जोडिएको र यो विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो । हाँले नेपालको पर्वतारोहण क्षेत्रलाई व्यवस्थित र गुणस्तरीय बनाउनेतर्फ पनि युवा आरोहीले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । वरिष्ठ नेत
नवलपरासी जिल्लाका खेलाडीलाई राहत वितरण

नवलपरासी जिल्लाका खेलाडीलाई राहत वितरण

Uncategorized
नवलपरासी । नवलपरासी जिल्ला फुटबल संघले जिल्लाका ३१ पूर्व खेलाडीलाई राहत वितरण गरेको छ । जिल्लाबाट विभिन्न प्रतियोगिता खेलेका २६ पुरुष र ५ महिला खेलाडीलाई राहत वितरण गरिएको थियो । कोभिड १९ का कारण देशमा भएको लकडाउनका कारण आर्थिक कठिनाई परेको भन्दै फिफाको सहयोगमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एकमुष्ट ७५ हजार रुपैयाँ उपलब्ध गराएको थियो । पूर्व खेलाडीले जनही ३ हजारका दरले राहत पाएका छन् । जिल्ला संघले आफ्नोतर्फबाट १९ हजार रुपैयाँ थपेर खेलाडीलाई राहत वितरण गरेको जनाएको छ । नवलपरासी जिल्ला फुटबल संघका अध्यक्ष धनप्रसाद गुरुङले खेलाडीलाई राहत वितरण गरेका थिए । एन्फाले जिल्ला, ए, बी,सी क्लब, राष्ट्रिय खेलाडी, कर्मचारी, प्रशिक्षकलगायतलाई राहत वितरण गरेको छ ।
झापा ११ ले फुटबल एकेडेमी सञ्चालन गर्ने

झापा ११ ले फुटबल एकेडेमी सञ्चालन गर्ने

Uncategorized
हिमाल खरेल ष्ट्रिय लिग खेलिसकेको झापा ११ फुटबल क्लबले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । शनिबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै एकेडेमी सञ्चालनमा तयारी भइरहेको जलकुमार गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार एकेडेमी सञ्चालनका लागि ५ करोड रुपैयाँ खर्च हुने अनुमान छ । प्रशिक्षक, खेलाडी तथा प्राविधिकसँगको परामर्शपछि ऐकेडेमी सञ्चालनको तयारी सुरु गरेका हौं, उनले भने, क्लबलाई आगामी दिनमा अझ मजबुद बनाउन तथा खेलाडी उत्पादनको उद्देश्य राखेर एकेडेमी सञ्चालन गर्न लागेका हौं । एकेडेमी विना नयाँ खेलाडी उत्पादनको सम्भावना नदेखिएकोले प्रयास थालिएको गुरुङको तर्क छ । ‘एकेडेमी नहुँदा क्लबका लागि खेलाडीको अभाव देखियो’, गुरुङले भने, ‘भाँडामा खेलाडी किनेर कति दिनसम्म खेल्नु ?’ एकेडेमीका लागि प्रशिक्षकसँग पनि सल्लाह गरिएको बताइएको छ । सहिद स्मारक ए डिभि
पत्रकार रिजालको एकान्तवास आजदेखि बजारमा

पत्रकार रिजालको एकान्तवास आजदेखि बजारमा

Uncategorized
जनादेश, चितवन  चितवनका पत्रकार विनोदबाबु रिजालले लेखेको पुस्तक ‘एकान्तवास’ बजारमा आएको छ । कोभिड–१९ महामारीको कारण गरिएको विश्वव्यापी लकडाउनका बेला भोगेका, देखेका र सुनेका विविध सन्दर्भ समेटेर लेखिएको डायरी एकान्तवास हो । यसलाई ‘लकडाउन डायरी’ पनि भनिएको छ । “मेरो मात्रै होइन, हामी सबैका अनुभूतिको प्रतिविम्ब समेटेको छु”, लेखक रिजालले भन्नुभयो, “कोरोना भाइरस र यसले निम्त्याएको लकडाउन हाम्रो जीवनकालमा भोगेका सबैभन्दा अविष्मरणीय घटना हो, यसलाई कसैले पनि भुल्न सक्दैन ।” किताबमा २०७६ चैत ११ देखि २०७७ जेठ ३२ सम्म गरिएको कठिन लकडाउनका सन्दर्भ समेटिएको साहित्यकार बालकृष्ण थपलियाले बताउनुभयो । हरेक दिनका घटना र गतिविधिका टिपोटलाई उहाँले निबन्धात्मक रूप दिनुभएको छ । हरेक सन्दर्भलाई उहाँले व्याख्या गरी यसका कारण र परिणामको चर्चा गर्नुभएको थपलियाले बताउनुभयो । लकडाउनको तत्कालीन समयका आर्
तत्काल अनलाइन कक्षा सुचारु गर्न माग

तत्काल अनलाइन कक्षा सुचारु गर्न माग

Uncategorized
काठमाडौँ, रासस : विद्यालयले यही साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित विद्यार्थीको लागि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप सुचारु गर्नुपर्ने माग गरिएको छ । यहाँ शुक्रबार आयोजित साक्षात्कारमा सरोकारवालाले विद्यालय सञ्चालन नभएको अवस्थामा अनलाइन कक्षासमेत सञ्चालन नगर्दा विद्यार्थीलाई सिकाइबाट वञ्चित हुने तर्क गर्दै जतिसक्दो चाँडो सञ्चालन गर्नुपर्ने माग गरेका हुन् । कोभिड–१९ ले देशको सबै क्षेत्र अस्तव्यस्त भएको र सबैभन्दा बढी शिक्षा क्षेत्रमा असर परेकाले यो क्षेत्रको समस्या समाधानको लागि राज्य जिम्मेवार हुनुपर्ने सरोकारवालाको भनाइ छ । शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले भन्नुभयो, “अनलाइन शिक्षा प्रणालीलाई प्रभावकारिता बनाउनुपर्छ, विकल्प नै नभएको अवस्थामा प्रभावकारी भएन भनेर हल्ला गर्नुभन्दा पनि अब कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतर्फ सबैले सोच्नुपर्छ ।” विद्यालय सञ्
नेपालमा कोरोना संक्रमितको संख्या १७५०२

नेपालमा कोरोना संक्रमितको संख्या १७५०२

Uncategorized
जनादेश, काठमाण्डौ । नेपालमा आज ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमले बितेको २४ घण्टामा गरिएको ३ हजार ३ सय ३१ जनाको पिसिआर परिक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि जानकारी दिनुभयो । योेसँगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ । कुल संक्रमितमध्ये अहिले ५ हजार ८ सय ३५ जना उपचाररत रहेका छन् । यसैबीच बितेको २४ घण्टामा १ सय ३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । यसरी डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ३७ जना पुगेको डा. गौतमले बताउनुभयो । नेपालमा अहिलेसम्म ३ लाख ९ हजार ८ सय २९ जनाको पिसिआर मार्फत कोरोना जाँच भएको छ । अहिले क्वारेन्टाईनमा २३ हजार २ सय ७५ र आइसोलेसनमा ५ हजार ८ सय २५ जना रहेको मन्त्रालयले जनाएको छ ।
वैकल्पिक राजनीतिको खोजी हुन थालेको हो ?

वैकल्पिक राजनीतिको खोजी हुन थालेको हो ?

Uncategorized
जनादेश, काठमाडौँ । यो प्रश्नले धेरैलाई झस्काउन सक्छ । तर देशमा यस्तोखाले सन्देश प्रवाह हुन थालिसकेको छ । यो सामान्य सरकार हेरफरको विषयसँग जोडिएको पनि हुन सक्छ र सिंगो राज्यसत्ता हेरफेरको कुरासँग जोडिएको पनि हुन सक्छ । त्यसो त कुरा सामान्य विकल्पको होस् कि महाविकल्पको, जनताका माझमा यस्तो चाहना व्यक्त हुन थालिसकेको छ । हाल सत्ताधारी पार्टीदेखि विपक्षी र राष्ट्रिय रुपमा दर्ता गरिएका वा नगरिएका सबैमा विकल्पको चाहना उत्कट रुपमा देखा पर्न थालेको छ । सत्ताधारी नेकपा आफैमा विग्रहको अवस्थामा पुगेको छ । प्रतिपक्षी नेपाली कांग्रेस आफैमा सन्तुष्ट छैन । अन्य पार्टीहरु रातारात फुट र जुटको अवस्थामा पुगेका छन् । वर्तमान संसदीय सत्ताको विपरीत ध्रुवको राजनीति गर्ने क्रान्तिकारी पार्टीहरु पनि चोइटिने र अलग्गिने अवस्थाबाट गुज्रिइरहेका छन् । जीवन्त र क्रियाशील राजनीतिक पार्टीहरुमा यस्ता क्रिया र प्रति
शारिरिक अभ्यास जेष्ठ नागरिकका लागि महत्वपूर्ण

शारिरिक अभ्यास जेष्ठ नागरिकका लागि महत्वपूर्ण

Uncategorized
ब्राजिल, रासस÷एएनआई ः नियमित रुपमा शारिरीक अभ्यासमा सम्लग्न हुने जेष्ठ नागरिकहरुलाई मानसिक तनाव कम पर्ने एक अध्ययनले देखाएको छ । त्यसैगरी दीर्घ रोग, कमजोर मांसपेशीसम्वन्धी समस्या र अन्य शारिरीक कमजोरीलगायतका लागि पनि नियमित शारिरिक अभ्यास छ की छैन भन्ने कुराले महत्व राख्ने अध्ययनकर्ताहरुको निश्कर्ष छ । ब्राजिलको साओ पाउलो विश्वविद्यालयबाट गरिएको अध्ययनको प्रतिवेदन अमेरिकी जेरियाट्रिक्स सोसाइटीको जर्नलमा प्रकाशित भएको हो । अध्ययनले पाँच देखि १० दिनसम्मको निस्क्रियताले पनि मांशपेसीमा समस्या ल्याउन सक्ने देखाएको प्रतिवेदनमा उल्लेख छ । विश्वभरी कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि जेष्ठ नागरिकहरुको शारिरीक अभ्यासमा कमी आएको र त्यसले उनीहरुको स्वास्थ्यमा पनि असर पारेको अध्ययनकर्ताहरुले बताएका छन् । दैनिक एक हजार ५०० पाईलासम्म हिडेकाहरुलाई मांशपेसी चलेर स्वास्थ्यमा कम समस्या आउने अध्ययनले देख
कोरोना संक्रमित बलिउड अभिनेत्री ऐश्वर्यको स्वास्थ्यमा समस्या

कोरोना संक्रमित बलिउड अभिनेत्री ऐश्वर्यको स्वास्थ्यमा समस्या

Uncategorized
एजेन्सी । कोरोना संक्रमित बलिउड अभिनेत्री ऐश्वर्य रायको श्वासप्रश्वासमा समस्या देखिएको छ । श्वास फेर्न समस्या भएलगत्तै ऐश्यर्यलाई नानावीत अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ऐश्वर्यलगाउत उनका परिवारका सबै सदस्यमा कोरोना संक्रमण देखिएको छ । ससुरा अमिताभ बच्चनलाई कोरोना संक्रमण देखिएपछि ऐश्वर्यलगाएत सबै परिवारका सदस्यले कोरोना परीक्षण गराएका थिए । जसमा ऐश्वर्यका पति तथा अभिनेता अभिषेक बच्च, सासु जया बच्च र छोरी आराध्या बच्चनमा कोरोना पुुष्टि भएको थियो ।
दौडने विन्दु एउटै भयो भने खेल निष्पक्ष हुन्छ : तापसी पन्नू

दौडने विन्दु एउटै भयो भने खेल निष्पक्ष हुन्छ : तापसी पन्नू

Uncategorized
काठमाडौँ ।  यतिखेर बलिउडमा नातावादको विषय चर्किरहेको छ । अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्यापछि यो विषयले बलिउड तताएको हो । सुशान्तको मृत्युपछि अभिनेत्री कंगना रनावतले यसको कारणमध्ये नातावाद पनि रहेको कुरा बोलेकी थिइन् । त्यसपछाडि बलिउडमा पक्ष विपक्षमा बोल्नेहरु थपिएका छन् । यसबीच अभिनेत्री तापसी पन्नूको ट्वीटलाई लिएर पनि चर्चापरिचर्चा हुन थालेको छ । हुन त अभिनेत्री पन्नू पनि संघर्ष गरेर बलिउडमा प्रवेश गरेकी हुन् । उनी पनि 'आउटसाइडर' कलाकारमा पर्छिन् । शुक्रबार अभिनेत्री पन्नूले निष्पक्ष दौडको विषय जोड्दै लेखिन्, 'दौडमा सबै खेलाडीको सुरुवाती विन्दु एकै भएमात्र त्यो दौड निष्पक्ष हुन्छ र नतिजा पनि मान्य हुन्छ । तर भएन भने तुलना सुरु हुन्छ र त्यसपछि आउने आक्रमणले खेलको गरिमा नै खोसिदिन्छ ।'