Uncategorized Archives | Page 43 of 55 | Education Patra

Uncategorized

वेस्ट ह्याम प्रिमियर लिगमै

वेस्ट ह्याम प्रिमियर लिगमै

Uncategorized
लन्डन । वेस्ट ह्याम युनाइटेडले शुक्रबार इंग्लिस प्रिमियर लिगको रेलिगेसनबाट बच्ने लगभग निश्चित गरेको छ । उसले घटुवाको तनावमा रहेको वाटफोर्डलाई लन्डन स्टेडियममा ३-१ ले हरायो । वेस्ट ह्यामका तीनै गोल पहिलो हाफमा भएका थिए । तनावपूर्ण प्रतिस्पर्धा हुने मानिएको खेलमा ३६ मिनेटभित्र वेस्ट ह्याम तीन गोलले अगाडि रहेको थियो र यसका लागि माइकल एन्टोनियो, टोमस सोसेक र डेक्लाय्न राइसले गोल गरे । वाटफोर्डका तर्फबाट ट्रोय डेनीले एक गोल फर्काए । अगस्टयता वेस्ट ह्यामको यो लगातार दोस्रो जित हो । यससँगै वेस्ट ह्यामको ३७ अंक भएको छ र १५ औं स्थानमा उक्लेको छ । यो रेलिगेसन क्षेत्रबाट छ अंकको अग्रता हो । वाटफोर्ड भने अन्तिम तीन स्थानबाट तीन अंक मात्र माथि छ र अबका बाँकी दुई खेलमा उसले म्यानचेस्टर सिटी र आर्सनलको सामना गर्नेछ ।
लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिग खेल्‍ने

लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिग खेल्‍ने

Uncategorized
लिड्स । लिड्स युनाइटेडले अर्को सिजन इंग्लिस प्रिमियर लिगमा खेल्ने भएको छ । लिड्स १६ वर्षको अन्तरपछि इंग्लिस फुटबलको माथिल्लो डिभिजनमा उक्लेको हो । दोस्रो डिभिजनको च्याम्पियनसिपमा वेस्ट ब्रुम हडर्सफिल्डविरुद्धको खेलमा २–१ ले पराजित भएपछि लिड्स बढुवा हुने निश्चित भएको हो । लिड्स अब शनिबार अथवा आइतबारभित्र लिग च्याम्पियन हुन सक्नेछ । अर्जेन्टिनी प्रशिक्षक मार्सेलो बिसलीले टिम सम्हालेयता दोस्रो सिजनमा लिड्स माथि उक्लेको हो । गत सिजन लिड्स तेस्रो स्थानमा रहेर प्ले अफबाट बाहिरिएको थियो ।
स्टोक्सको सानदार शतकमा इंग्ल्यान्डको विशाल अग्रता

स्टोक्सको सानदार शतकमा इंग्ल्यान्डको विशाल अग्रता

Uncategorized
एजेन्सी । अलराउन्डर बेन स्टोक्सको सानदार शतकमा वेस्टइन्डिजसँगको दोस्रो टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्डले पहिलो इनिङमा विशाल अग्रता लिएको छ । दोस्रो दिनको समाप्तीमा इंग्ल्यान्डले ४ सय ३७ रनको अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिँदा वेस्ट इन्डिजले १४ ओभरमा ३२ रन बनाउन एक विकेट गुमाएको छ । ओपनर क्रेग ब्रेथवेट ६ र अल्जारी जोसेफ १४ रनमा क्रिजमा छन् । जोन क्याम्पबेललाई साम करनले १२ रनमा एलबिडब्लू आउट गरे । कप्तान जो रुटले रिभ्यु लिदैं क्याम्पबेललाई पेभिलिएन फर्काए । त्यसअघि इंग्ल्यान्डले १ सय ६२ ओभरमा ४ सय ६९ रन जोड्दा ९ विकेटको क्षतिमा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । स्टोक्सले ३ सय ५६ बलमा १७ चौका र २ छक्का सहित १ सय ७६ रनको उत्कृष्ट इनिङ खेले । स्टोक्सलाई केमार रोचले विकेटकिपर शेन डोरीचबाट क्याच गराएपछि दोहोरो शतक बनाउन चुकेका थिए । स्टोक्सले २ सय ५५ बलमा आफ्नो टेष्ट करिअरको द
स्टोक्स र सिब्लेको शतक

स्टोक्स र सिब्लेको शतक

Uncategorized
एजेन्सी । स्टार अलराउन्डर बेन स्टोक्स र ओपनर डोम सिब्लेले दोस्रो टेष्ट खेलमा वेस्ट इन्डिजविरुद्ध शतक प्रहार गरेका छन् । दोस्रो दिनको पहिलो सेसनमा सिब्ले र भोजनपछि स्टोक्सले शतक पूरा गर्दै पहिलो इनिङमा बलियो अवस्थामा पुर्याएका छन् । इंग्ल्यान्डले १ सय ११ ओभरमा २ सय ७३ रन जोड्न ३ विकेट गुमाएको छ । स्टोक्स २ सय ५८ बलमा १० चौका र १ छक्का सहित १ सय ३ रनमा खेलि रहेका छन् । स्टोक्सले २ सय ५५ बलमा आफ्नो टेष्ट करिअरको दशौं शतक पूरा गरे । रोस्टन चेशलाई रिभर्स स्विप सटमा चौका प्रहार गर्दै स्टोक्सले शतक पूरा गरेका थिए । सिब्ले ३ सय २९ बलमा ४ चौका सहित १ सय ६ रनमा खेलि रहेका छन् । सिब्लेले ३ सय १२ बलमा आफ्नो दोस्रो टेष्ट शतक पूरा गरेका थिए । जुन सन् २००० मा माइकल एथर्टन पछि इंग्ल्यान्डका ब्याट्सम्यानले बनाएको सबैभन्दा ढिला शतक पर्दछ । सिब्ले कोरोनापछि अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने पहिलो ब्याट्स
कोरोना संक्रमणबाट थप एकको मृत्यु

कोरोना संक्रमणबाट थप एकको मृत्यु

Uncategorized
चन्द्रप्रकाश नेपाली नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको छ । सप्तरीका ७३ वर्षीय वृद्धको गएराति मृत्यु भएको वीपी मन्त्रालयले जनाएको छ । असार ३१ गते अस्पतालमा भर्ना गरिएको उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । मृतक उच्च रक्तचाप, मधुमेह र मुटुका बिरामी रहेको मन्त्रालयले जनाएको छ ।
चौविस घण्टामा देशभर थपिए १०१ जना कोरोना संक्रमित, संक्रमितको संख्या १७ हजार ४४५

चौविस घण्टामा देशभर थपिए १०१ जना कोरोना संक्रमित, संक्रमितको संख्या १७ हजार ४४५

Uncategorized
नेपाली हेल्थ काठमाडौँ, २ साउन । पछिल्लो चौविस घण्टामा देशभर थप १०१ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा ४ हजार ६८८ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १०१ जनामा संक्रमण देखिएको बताए । यो संगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ। पछिल्लो २४ घण्टामा थप २८५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ११ हजार ५३४ पुगेको छ । देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा ५ हजार ८७१जना उपचाररत छन् । भने क्वारेनटिनमा २२ हजार ७५६ जना रहेका छन् ।
काँग्रेस प्रशिक्षण प्रतिष्ठानमा तीन निर्देशक नियुक्त

काँग्रेस प्रशिक्षण प्रतिष्ठानमा तीन निर्देशक नियुक्त

Uncategorized
काठमाडौँ, (रासस) ः नेपाली काँग्रेस केन्द्रीय उपसभापति एवं पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले प्रतिष्ठानका तीन सदस्यलाई निर्देशकमा नियुक्त गर्नुभएको छ । काँग्रेसको विधानबमोजिम नीति निर्देशकमा डा जगदीशचन्द्र पोख्रेल (तनहुँ), अनुसन्धान निर्देशकमा डा सूर्य ढुङ्गेल (महोत्तरी) र प्रशिक्षण निर्देशकमा खिलानाथ दाहाल (ओखलढुङ्गा) लाई आज नियुक्त गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहालले जानकारी दिनुभयो । यसअघि युवा प्रशिक्षण कार्यक्रम संयोजकमा रञ्जित कर्ण (सप्तरी) लाई मनोनयन गरिएको थियो । उहाँहरु प्रतिष्ठानका केन्द्रीय सदस्य हुनुहुन्छ । निर्देशक तथा संयोजकले प्रतिष्ठान प्रमुख र कार्यकारी निर्देशकसँग समन्वय गरी कार्यक्रम गर्ने प्रतिष्ठानले जनाएको छ । यसै सन्दर्भमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री
नेकपा स्थायी कमिटी बैठक आज

नेकपा स्थायी कमिटी बैठक आज

Uncategorized
चन्द्रप्रकाश नेपाली पटकपटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पाटी नेकपाको स्थायी कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागपछि बढेको विवादका कारण बैठक स्थगित हुँदै आएको थियो । असार १७ गते यता चार पटकसम्म स्थगित स्थायी कमिटी बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । यस बीचमा शीर्ष नेताहरुले सहमतिको प्रयास गरे पनि अझै टुंगिएको छैन । सहमतिको लागि अझै केही समय लिने नेताहरुको तयारी छ । आजको स्थायी कमिटी बैठक औपचारिकताको लागि मात्रै बस्ने र स्थायी कमिटीबाट केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ ।
राक्षसि राजालाई यसरी काटियाे ।Pyuthan Dalle Saraya

राक्षसि राजालाई यसरी काटियाे ।Pyuthan Dalle Saraya

Uncategorized
प्युठानको प्रसिद्ध डल्ले सराय, यो तिहारको दोस्रो दिन नाचिन्छ । जहाँ एकै ठाउँमा नै स्थानबाट अलग अलग सरायहरु आएर एकै ठाउँमा भेला भएर संयुक्त नृत्य गर्दछन् ।