Uncategorized Archives | Page 50 of 55 | Education Patra

Uncategorized

कवि रमेश मल्लद्धारा लिखित कविताः मेरो देश

कवि रमेश मल्लद्धारा लिखित कविताः मेरो देश

Uncategorized
नामः रमेश मल्ल जन्मः २८ माघ २०३५ ठेगानाः कुमाख गा.पा. वार्ड नं. ५, कालागाउँ सल्यान । अध्ययनः राजनीतिक शास्त्रमा स्नाकोत्तर । साहित्य श्रृजनाः विद्यार्थी कालदेखि विशेष रुचिः समाज सेवा, राजनीति र साहित्य लेखन । पूर्व अध्यक्षः अनेरास्वीयु (क्रन्तीकारी), २०७१ देखि २०७३ सम्म । विद्यार्थी राजनीतिमा सक्रिय मल्ल हाल  युवा, विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्ष हुनुहुन्छ । । राजनीति र साहित्यमा उहाँको योगदान निरन्तर रहोस् । हाम्रो हार्हिक शुभकामना । प्रस्तुत छ कवि रमेश मल्लद्धारा लिखित कविताः मेरो देश
नेकपा विवाद : ओली-दाहाल अडान यथावत्

नेकपा विवाद : ओली-दाहाल अडान यथावत्

Uncategorized
काठमाडौँ — सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाललगा
अख्तियारको नियन्त्रणमा डिल्लीबजार मालपोत कार्यालयका प्रमुख

अख्तियारको नियन्त्रणमा डिल्लीबजार मालपोत कार्यालयका प्रमुख

Uncategorized
जनादेश संवाददाता काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन प्रमुख गोविन्द अधिकारीलाई नियन्त्रणमा लिएको छ। असार २ मा डिल्लीबजार मालपोत कार्यालय अधिकृत रघु वंश कँडेल सहित ६ जना कर्मचारी ८ लाख ५० हजार घुस सहित रंगेहात समातिएपछि अधिकारीमाथि पनि सूक्ष्म अध्ययन थालिएको थियो ।  
बचत सहकारीको अनुगमन राष्ट्र बैंकमार्फत गर्न सुझाव

बचत सहकारीको अनुगमन राष्ट्र बैंकमार्फत गर्न सुझाव

Uncategorized
बचत तथा ऋणको कारोबार गर्ने सहकारीको अनुगमन नेपाल राष्ट्र बैंकमार्फत गर्न संसदीय उपसमितिले सुुझाव दिएको छ । सहकारीमा वित्तीय कारोबार बढ्दै गएपनि प्रभावकारी अनुगमन नहुँदा जोखिम बढेको भन्दै नियमन प्रभावकारी बनाउन सुझाव दिएको हो । पुँजी र मुद्रा बजारसम्बन्धी अध्ययन गर्न संघिय संसद्को अर्थ समितिले सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिले मंगलबार बुझाएको प्रतिवेदनमा बचत तथा ऋण कारोबार गर्ने सहकारीको अनुगमन राष्ट्र बैंक गर्नुपर्ने उल्लेख गरेको हो । सहकारीमार्फत वित्तीय कारोबार बढ्दै गएपनि नियमनका लागि प्रभावकारी व्यवस्था हुन सकेको छैन । यसअघि पनि विभिन्न समिति तथा आयोगका साथै बजेट बक्तव्यमा समेत राष्ट्र बैंक वा छुट्टै नियमन निकाय गठन गरी सहकारीलाई प्रभावकारी अनुगमन गर्ने उल्लेख भएपनि कार्यान्वयन हुन सकेको छैन । उल्टै संविधानको व्यवस्थाअनुसार सरकारले सहकारीह
विपन्नका लागि विश्व बैंकको २९ अर्ब अनुदान, प्रशासनिक खर्चमा सकियो १० अर्ब, लगानी भएको १९ अर्बको जवाफदेही कोही छैन

विपन्नका लागि विश्व बैंकको २९ अर्ब अनुदान, प्रशासनिक खर्चमा सकियो १० अर्ब, लगानी भएको १९ अर्बको जवाफदेही कोही छैन

Uncategorized
सुवास भट्ट काठमाडौं नयाँ पत्रिका विशेष रिपोर्ट : गरिबको नाममा कसले गर्‍याे मोज ? -आयआर्जनमा गरिबी निवारण कोषको १५ अर्ब निःसर्त लगानी, तर पहिलो किस्ताको रकम लगेका व्यक्ति र संस्थाले दोस्रो किस्ताको रकम लिन आएनन् । प्रगति विवरण बुझाउन नसकेर दोस्रो किस्ता दाबी गर्न नसकेका कार्यक्रमको अवस्था के छ ? कोषलाई थाहा छैन -पूर्वाधारमा पाँच अर्ब लगानी, तर अनुगमन शून्य । सुरु नै नभएका परियोजना सकिएको रिपोर्ट बनाएर भुक्तानी । संस्था नै सम्पर्कमा नभएकोले जवाफदेही कोही छैन । -सात जिल्लाका विपन्नलाई हस्तकलाका सामान उत्पादन र बजार प्रवद्र्धन गर्न १० करोड परिचालन, तर कार्यशालामा तीन करोड ५० लाख, क्षमता विकासमा दुई करोड ६ लाख र अनुगमनमा एक करोड चार लाख खर्च -तालिममा भारत जान कालिगढको नाम स्वीकृत गराएर कर्मचारीको नाममा टिकट, भ्रमण रद्द गरेर टिकटमा भुक्तानी  -२५ करोड ९२ लाख बेरुजु, महाल
नेकपा स्थायी समिति बैठक फेरी स्थगित

नेकपा स्थायी समिति बैठक फेरी स्थगित

Uncategorized
जनादेश संवाददात सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने भनिएकने स्थायी समिति बैठक स्थगित भएको छ । आज ११ बजेका लागि बैठक बोलाइएको थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको छलफलमा आज (बुधबार) बस्ने बैठक तोकिएकै समयमा बस्ने सहमति पनि भएको थियो । अर्काे बैठक २६ गते विहान ११ बजे बस्ने भएको छ ।  
स्वाब परिक्षणको शोधभर्ना प्रति नागरिक समाजको ध्यानाकर्षण

स्वाब परिक्षणको शोधभर्ना प्रति नागरिक समाजको ध्यानाकर्षण

Uncategorized
चन्द्र प्रकाश नेपाली घोराही। राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले पिसिआर परिक्षणको शुल्क मागेर स्थानीय पालिकालाई शोध भर्नाका लागि लेखिएको पत्रप्रति नागरिक समाज दाङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नागरिक समाजको आज बसेको बैठकले प्रतिष्ठानले लेखेको पत्रप्रति ध्यानाकर्षण भएको जनाएको हो । प्रतिष्ठानले केही दिनअघि पिसिआर परिक्षण रोकेको, रकम माग गरेको र शुल्कको माग गर्दै शोध भर्नाका लागि स्थानीय पालिकालाई पत्र लेखेपछि समाजले ध्यानाकर्षण भएको जनाएको छ । साथै परिक्षण कार्यलाई निरन्तरता दिन पनि बैठकले माग गरेको छ । यस्तै प्रतिष्ठानमा देखा परेको समस्यालाई समाधान गर्नका लागि सर्बदलीय सर्बपक्षीय बैडकको आयोजना गर्न पनि माग गरिएको छ । यसअघि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान बचाऔँ अभियानले पनि हिजो बिज्ञप्ती जारी गरेर उक्त कार्यको बिरोध गरेको थियो । प्रतिष्ठान बचाऔँ अभियानका संयोजक बिकिर
नेपालमा कोरोना संक्रमित भएकामध्य ४६ प्रतिशत कोरोना मुक्त

नेपालमा कोरोना संक्रमित भएकामध्य ४६ प्रतिशत कोरोना मुक्त

Uncategorized
चन्द्र प्रकाश नेपाली नेपालमा कोरोना संक्रमित भएकामध्य ४६ प्रतिशत व्यक्तिहरु कोरोना मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १६ हजार १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तिमध्य ७ हजार ४९९ अर्थात ४६ दशमलब ४ प्रतिशत संक्रमित व्यक्ति कोरोना मुक्त भएका हुन् । वितेको २४ घण्टामा नेपालमा ६८८ जना व्यक्तिले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । यसैबिच आज थप २ सय ४ जना व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यो सँगै नेपालमा १६ हजार १ सय ६८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ । वितेको २४ घण्टामा ६ हजार १ सय ३१ जनाको पिसिआर जाँच गरिएको छ । अब देशभरको क्वारेन्टाईनमा २५ हजार ७२७ जना र ८ हजार ६ सय ३४ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

Uncategorized
मा. सरिता गिरी चन्द्र प्रकाश नेपाली २३ अषार, काठमाडौ । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरिएको छ । यससँगै गिरी सांसद पदबाट समेत पदमुक्त भएकी छन् । पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । रिफरिस अनुसार कारबाहीको निर्णय भएको समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिनुभएको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।
हुलाकी राजमार्ग निर्माणमा भारतीय फौजको अवरोध

हुलाकी राजमार्ग निर्माणमा भारतीय फौजको अवरोध

Uncategorized
माेहन विष्ट कञ्चनपुर पश्चिम कञ्चनपुरदेखि तराईका जिल्ला हुँदै पूर्व झापा जोड्ने राष्ट्रिय हुलाकी राजमार्ग निर्माणमा भारतीय पक्षले अवरोध गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईस्थित राजमार्ग निर्माण क्षेत्रमा आइतबार फिल्मी शैलीमा आएका भारतीय सुरक्षाकर्मी, प्रशासनिक अधिकारी र सर्वसाधारणको टोली निर्माण रोकेर फर्किएको छ । ‘गत असारमै राजमार्ग ग्राभेल गर्दा पनि भारतीय पक्षले अवरोध गरेको थियो । यसपालि कालोपत्रे गर्ने तयारी गर्दा फेरि अवरोध भएको छ,’ स्थानीय शिक्षक विवेक लम्सालले भने, ‘भारतीयहरू ठूलै फौज लिएर आएका थिए । उनीहरूले नेपाली भूमिमा प्रवेश गरी दादागिरी देखाएर सडक निर्माण कार्य रोके ।’ बेलौरी क्षेत्रमा सडक निर्माण गरिरहेको ठेकेदार कम्पनी बाबाहंस सिद्धिकीका सञ्चालक चक्र शाहलाई काम रोक्न भारतीय पक्षले चेतावनी दिएको छ, भारतीय टोली फर्किए पनि काम रोकिएको छ । भारतीय पक्षले