Educationpatra, Author at Education Patra | Page 30 of 62

Author: Educationpatra

शैक्षिक मेलामा विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता

Banner News
एजुकेशनपत्र काठमाण्डौं । उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सको संयुक्त आयोजनामा सञ्चालन भएको कान्तिपुर हिसान शैक्षिक मेलामा विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता रहेको छ । काठमाडौंको भृकुटीमण्ड प्रदर्शनी हलमा सञ्चालन भएको मेलाले शैक्षिक संस्था, विषय, शिक्षण विधि र भर्ना मापदण्डका बारेमा विस्तृत जानकारी दिने लक्ष्य राखेको छ । ‘नेपालमा उत्कृष्ट शिक्षा’ भन्ने नाराका साथ तीनदिने ‘एड्युफेयर’ एसइई पासदेखि स्नातक तहसम्मका विद्यार्थीका अभिभावकसँगै शैक्षिक अन्वेषणको केन्द्र बनेको छ । ७५ भन्दा बढी शैक्षिक संस्थाहरूले आफ्ना प्रस्तावहरू प्रदर्शन गर्दै, विद्यार्थीहरूले एकै ठाउँमा विभिन्न संकाय र विषयहरू बारे जानकारी सङ्कलन गर्ने अवसर पाएका छन्। नेपाली विद्यार्थीहरूमा गुणस्तरीय शिक्षाप्रति बढ्दो चासोलाई झल्काउने मेलाले पहिलो दिनमा २५ हजार दर्शकलाई आकर्
साइबर सुरक्षा नीति, सूचना प्रविधिसम्बन्धी ऐन–कानूनहरू पारित गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री दाहाल

साइबर सुरक्षा नीति, सूचना प्रविधिसम्बन्धी ऐन–कानूनहरू पारित गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री दाहाल

ICT News, Main News, Top Feature News
एजुकेशनपत्र काठमाण्डौं । आईसीटी फाउन्डेसन नेपालले हुवावेसँगको सहकार्यमा काठमाडौंमा ‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ सम्पन्न गरेको छ । दुई दिने कार्यक्रमले नेपालको डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्ने र आवश्यक नीति र तिनको कार्यान्वयनमा सहयोगी हुनेछ । ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ मा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्दै साइबर सुरक्षा नीतिलगायत सूचना प्रविधिसम्बन्धी ऐन–कानूनहरू पारित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले सार्वजनिक सेवा प्रवाहमा सुदृढीकरणका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिँदै सम्बन्धित निकायलाई नीति, नियम र कानुनको कार्यान्वयनलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन । प्रधानमन्त्रीले डिजिटल नेपाल फ्रेमवर्कलाई सरकारले परिमार्जन गरी डिजिटल सशक्त नेपालका लागि आवश्यक पूर्वाधार विकासका लागि आवश्यक कदम चाल्ने बताए । उनले स
राप्ती इञ्जिनियरिङ कलेजका अभिभावकहरुलाई अभिमुखीकण

राप्ती इञ्जिनियरिङ कलेजका अभिभावकहरुलाई अभिमुखीकण

Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । राप्ती इञ्जिनियरिङ कलेजमा डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ र प्रि—डिप्लोमा इन सर्भे, सिभिल र इलेक्ट्रिकल इञ्जिनियरिङ कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुलाई अभिमुखीकरण तालिम दिएको कलेज प्रशासनले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथिको रुपमा बोल्दै घोराही उपमहानगरपालिका वडा नं १६ का वडा अध्यक्ष तारा बहादुर डाँगीले विद्यार्थीहरुको वृद्धिविकासको लागि कलेजले गरेको अभिमुखिकरण तालिमले महत्वपूर्ण भूमिका खेल्ने र यस कार्यक्रमलाई सार्थकता दिन अभिभावकहरुले पनि लाग्नुपर्नेमा जोड दिनुभएको थियो । डागीले कलेज एक्लै लागेर मात्र नहुने भएकोले विद्यार्थीहरुलाई घरमा पनि अभिभावकले नियमित रुपमा गर्ने गरेका कार्यहरुको निगरानी गर्नेपर्ने बताउनुभएको थियो । उहाँ आगामी बजेटमा प्राविधिक पढन चाहाने विद्यार्थीहरुका लागि बजेटको समेत व्यवस्था गर्ने कुरा बताउनु भएको थियो ।
विद्यालयका प्रशासन प्रमुख मनिष श्रेष्ठमाथि यौन दुर्व्यवहारकाे आरोप

विद्यालयका प्रशासन प्रमुख मनिष श्रेष्ठमाथि यौन दुर्व्यवहारकाे आरोप

Main News
एजुकेशनपत्र , दाङ ।  पद्मोदय पब्लिक मोडेल उच्च माध्यमिक विद्यालयकी एक विद्यार्थीले विद्यालयका प्रशासन प्रमुख मनिष श्रेष्ठमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । विद्यार्थीले फेसबुकमा पोष्ट गरे, "शिक्षकले तिम्रा तिघ्रामा हात राख्दा के हुन्छ? के उनीहरूले यही गर्छन्?" श्रेष्ठले आफुलाई हानि पु¥याउने धम्की समेत दिएको छात्राले बताएकी छन् । । "आज मलाई यो भयो, कसलाई थाहा छ यो अरू कसैलाई पनि हुन सक्छ। हामी केटीहरूले अझै कति सहनु पर्छ?" उनले फेसबुकमा लेखिन् । विद्यार्थीमाथि दुर्व्यवहारको घटनाले सामाजिक सञ्जालमा आक्रोश मच्चाएको छ । बिहीबार विद्यालयका सह विद्यार्थीले आरोपित श्रेष्ठलाई कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए । विद्यालयका तर्फबाट प्रधानाध्यापक मोहन अधिकारीले घटनाको अनुसन्धान भइरहेको र विद्यार्थी र आरोपी श्रेष्ठसँग छलफल गरी अवस्था बुझ्ने काम भइरहेको बताएकी छन्  ।