Special News Highlights Archives | Page 8 of 24 | Education Patra

Special News Highlights

राप्ती इञ्जिनियरिङ कलेजका अभिभावकहरुलाई अभिमुखीकण

राप्ती इञ्जिनियरिङ कलेजका अभिभावकहरुलाई अभिमुखीकण

Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । राप्ती इञ्जिनियरिङ कलेजमा डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ र प्रि—डिप्लोमा इन सर्भे, सिभिल र इलेक्ट्रिकल इञ्जिनियरिङ कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुलाई अभिमुखीकरण तालिम दिएको कलेज प्रशासनले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथिको रुपमा बोल्दै घोराही उपमहानगरपालिका वडा नं १६ का वडा अध्यक्ष तारा बहादुर डाँगीले विद्यार्थीहरुको वृद्धिविकासको लागि कलेजले गरेको अभिमुखिकरण तालिमले महत्वपूर्ण भूमिका खेल्ने र यस कार्यक्रमलाई सार्थकता दिन अभिभावकहरुले पनि लाग्नुपर्नेमा जोड दिनुभएको थियो । डागीले कलेज एक्लै लागेर मात्र नहुने भएकोले विद्यार्थीहरुलाई घरमा पनि अभिभावकले नियमित रुपमा गर्ने गरेका कार्यहरुको निगरानी गर्नेपर्ने बताउनुभएको थियो । उहाँ आगामी बजेटमा प्राविधिक पढन चाहाने विद्यार्थीहरुका लागि बजेटको समेत व्यवस्था गर्ने कुरा बताउनु भएको थियो ।
योग शिक्षालाई विश्वस्तरीय विश्वविद्यालयका रूपमा नेपालमै स्थापित गर्दै लगिने छ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

योग शिक्षालाई विश्वस्तरीय विश्वविद्यालयका रूपमा नेपालमै स्थापित गर्दै लगिने छ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

Health Care, Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योगाभ्यासका लागि एक सुन्दर भूमि भएकाले नेपाल योगसम्बन्धी ज्ञान–विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि मूल गन्तव्य बन्न सक्ने बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजनमा आज आयोजित अन्तर्राष्ट्रिय योग दिवस–२०८० को मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले योग नेपालकै अमूल्य निधि भएको र प्राकृतिक वातावरणको हिसाबले परिकल्पना गरेका योगमाया आयुर्वेद विश्वविद्यालयले भोलिको दिनमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्नुपर्नेमा पनि जोड दिनुभयो । “नेपालका तीन सभ्यता शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको पाइन्छ । नेपालको सांस्कृतिक इतिहासलाई खोतल्ने हो भने यहाँका पुराना भवन र सहरको निर्माणमा पनि योगको ज्ञान–विज्ञा
राप्ती इञ्जिनियरिङ कलेजद्धारा एसईई दिएका विद्यार्थीहरुलाई क्यारियर काउन्सेलिङ

राप्ती इञ्जिनियरिङ कलेजद्धारा एसईई दिएका विद्यार्थीहरुलाई क्यारियर काउन्सेलिङ

Main News, Special News Highlights
एजुकेशनपत्र, घोराही । राप्ती इन्जिनियरीङ कलेजले एसईई दिएर बसेका विद्यार्थीहरुलाई क्यारियर काउन्सिलिङ गरेको छ । कलेजमा कम्प्युटर बेसिक कोर्ष गरिरहेका विद्यार्थीहरुलाई सहभागी गराई एक कार्यक्रमका बीच उक्त काउन्सेलिङ गरिएको कलेज प्रशासनले एजुकेशनपत्रलाई जानकारी गराएको छ । कलेज संचालक समितिका अध्यक्ष एवं कार्याकारी निर्देशक डा. शैलेन्द्र गिरीले कलेजका उपलब्धीहरु, भौतिक संरचनाहरु, कलेजमा रहेका शाखाहरु, कलेजबाट उत्पादित विद्यार्र्थीहरुको रोजगारीको अवस्थाको बारेमा जानकारी गराउनुु भएको थियो । कलेजले २०६५ सालदेखि नै प्रविधि शिक्षा तथा व्यवसायिक तालिम परिषद सानोठिमी भत्तपुरबाट सम्बन्धन प्राप्त गरी डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, प्रि–डिप्लोमा इन सर्भे, सिभिल र इलेक्ट्रिकल इञ्जिनियरिङ तथा पोखरा विश्वविद्यालय अन्र्तगत विसिए र विई सिभिल कार्यक्रमको कक्षा सञ्चालन गर्दै आईरहेको बताउनुभएको
राप्ती इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुले योग अभ्यास गरी योग दिवस मनाए (फोटो फिचर)

राप्ती इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुले योग अभ्यास गरी योग दिवस मनाए (फोटो फिचर)

Health Care, Main News, Special News Highlights
एजुकेशनपत्र घोराही । घोराही १६, दाङ सर्रामा अवस्थीत राप्ती इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुले योग अभ्यास गरी योग दिवस मनाएका छन् । योग क्लब राप्ती इन्जिनियरिङ कलेजदद्धारा आयोजीत उक्त कार्यक्रममा योग गरु रविन्द बस्नेतले योग सम्बन्धी आफ्नो धारणा राख्नुका साथै विद्यार्थीहरुलाई योग अभ्यास गराउँनु भएको थियो । उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावको समेत सहभागीता रहेको थियो । लुम्बिनी प्रदेशकै उत्कृत राप्ती इन्जिनियरिङ कलेजले प्राकृतिक रुपमा अत्यन्त मनोरम र शान्त वातावरण कायम राख्न सफल भएको छ । कलेजको चारैतिर हरियाली, फुल बगैंचा र दुबो रहेको हुनाले विद्यार्थीहरुलाई योग अभ्यास गर्न सहज भएको एक अभिभावकले बताए । यसको साथै शान्त र हरियाली वतावरणले विद्यार्थीहरुको शिक्षण सिकाईमा राम्रो प्रभाव रहने विद्यार्थीहरुको अनुभव रहेको छ । योग अभ्यास गर्दै विद्यार्थीहर
मेडिकल शिक्षा पढेर इन्टर्न गर्दै आएका विद्यार्थीहरूमाथि चरम–श्रम शोषण

मेडिकल शिक्षा पढेर इन्टर्न गर्दै आएका विद्यार्थीहरूमाथि चरम–श्रम शोषण

Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र काठमाण्डौं । मेडिकल शिक्षा पढेर इन्टर्न गर्दै आएका विद्यार्थीहरूमाथि चरम–श्रम शोषण हुने गरेको पाइएको छ । जीवन निर्वाह भत्ता पाउनुपर्नेमा उनीहरू एकदमै न्यून तलबमा काम गर्न बाध्य भएका छन्। विशेष गरी निजी मेडिकल कलेजमा पढ्दै आएका विद्यार्थी यस्तो समस्यामा परेका छन् । निजी मेडिकल कलेजहरूले करिब ७५ लाख रुपैयाँ पढाइ शुल्क लिने गरेका छन् । त्यसपछि फेरि इन्टर्नका लागि भनेर विद्यार्थी भर्ना हुने बेलामा २ लाख रुपैयाँ लिने गरेका छन् । तर इन्टर्न गर्दा मासिक १० देखि १५ हजारका दरले मात्र तलब दिने गरेका छन् । यो रकम विद्यार्थी स्वयंले पाँच वर्षअघि तिरेको २ लाख रुपैयाँबाट कटाउँदा समेत एक वर्षमा १ लाख २० हजार मात्रै हुन आउँछ । तर त्यो दुई लाख रुपैयाँको पाँच वर्षको ब्याज मात्रै पनि कलेजहरूले निकै धेरै कमाउँछन् । यसरी कलेजहरूले विद्यार्थीमाथि इन्टर्नका नाममा चरम–श्रम शोषण गर्र्दै आएका
सबै विषयमा अध्ययनरत व्यक्तिले शिक्षक लाइसेन्स परीक्षामा सहभागी हुन पाउने

सबै विषयमा अध्ययनरत व्यक्तिले शिक्षक लाइसेन्स परीक्षामा सहभागी हुन पाउने

Employment, Main News, Special News Highlights
एजुकेशनपत्र काठमाण्डौं । सरकारले शिक्षक लाइसेन्स परीक्षामा जुनसुकै विषयमा अध्ययनरत व्यक्तिले पनि सहभागी हुन पाउने व्यवस्था गरेको छ । सरकारले आर्थिक वर्ष २०८०र८१ को बजेट भाषणमा यस्तो घोषणा गरेको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिए । सरकारले शिक्षक लाइसेन्स परीक्षामा सबै विषयमा अध्ययन गरेका व्यक्तिलाई सहभागी हुन दिने निर्णय गरेको छ । तर, परीक्षाको ठ्याक्कै मिति भने घोषणा भइसकेको छैन, शिक्षा तथा विज्ञान मन्त्रालयका एक अधिकारीले भने । हाल ऐनमा परिमार्जन हुन नसक्दा यो व्यवस्था कार्यान्वयनमा समस्या भएको ती अधिकारीले बताए । सरकारले बजेट भाषणमा आगामी आर्थिक वर्षदेखि यो व्यवस्था लागू गर्ने प्रस्ताव गरेको उनले बताए । तर, शिक्षक सेवा आयोगले कार्यान्वयनका लागि तत्काल आफ्नो नियमावली परिमार्जन गर्न आवश्यक छ । हालको कानूनले कुनै पनि विषय अध्ययन गर्ने व्यक्तिलाई परीक्षा दिन नदिने भए पनि स
जनताको जीवनमा सूचना प्रविधिको महत्व र सुशासनको आवश्यकतामा प्रदेश सरकारले समेत जोड दिनेछः मान्त्री राजु खनाल

जनताको जीवनमा सूचना प्रविधिको महत्व र सुशासनको आवश्यकतामा प्रदेश सरकारले समेत जोड दिनेछः मान्त्री राजु खनाल

ICT News, Main News, Special News Highlights
एजुकेशनपत्र काठमाण्डौं । लुम्बिनी प्रदेशका स्वास्थ मन्त्री राजु खनालले प्रदेश सरकारले साइबर सुरक्षा ऐन र नीति तर्जुमालाई प्राथमिकतामा राख्ने बताउँनु भएको छ । शनिबार घोराहीमा आयोजित सञ्चार, साइबर सुरक्षा नीति तथा कानूनसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री खनालले जनताको जीवनमा सूचना प्रविधिको महत्व र यसको नियमन र सुशासनको आवश्यकतामा समेत जोड दिनुभयो । छोटो समयमै सुचना प्रविधिले धरै फड्को मारिसकेको आवस्थामा प्रदेश सरकारले पनि अब साइबर अपराध न्युनीकरण र साइबर सुरक्षा जस्ता विषयमा जनजागरण जस्ता कार्यक्रमहरु ल्याउँनु पर्छ मन्त्र खनालले भन्नु भयो । साथै उहाँले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै यसको सुरक्षाका चुनौती बढेको बताउँनु भएको छ । त्यसैले साइबर कानुन र नीति बनाउँने कुरामा अब ढिला गरिनु हुदैन उहाले भन्नु भयो । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले अहिल
प्राध्यापक सूर्यप्रसाद सुवेदी मानार्थ फेलो फेलोको पदमा निर्वाचित

प्राध्यापक सूर्यप्रसाद सुवेदी मानार्थ फेलो फेलोको पदमा निर्वाचित

Main News, Special News Highlights
करुण अर्याल, लण्डन । अक्सफोर्ड विश्वविद्यालयको एक्सेटर कलेजको प्राज्ञ सभाले प्राध्यापक सूर्यप्रसाद सुवेदीलाई मानार्थ फेलोकाे पदमा निर्वाचित गरेको छ । कला, साहित्य, विज्ञान, प्रविधि, चिकित्साशास्त्र, मानविकी, समाजशास्त्र, कानुनजस्ता विधामा उत्कृष्ट योगदान दिने व्यक्तिलाई नियुक्ति गरिने उक्त फेलोसिप अक्सफोर्डको कलेजहरूले दिन सक्ने सबभन्दा उच्च सम्मान हो । उक्त कलेजका प्राचार्य प्राध्यापक सर रिक ट्रेनोरले प्राध्यापक सुवेदीलाई अक्सफोर्डमा उच्च सम्मानको रूपमा हेरिएको बताउनुभयो  । हेरी पोटरकी चर्चित लेखिका जे के राउलिंग, बेलायती लेखकद्वय आलन बेनेट र सर फिलिप पुलम्यान,  स्पेनकी महारानी सोफिया, घानाका पूर्वराष्ट्रपति डा. जोन कुफोउर, जीव विज्ञानशास्त्री सर जोन आसवोर्थ र नेल्सन मण्डेलालगायतका व्यक्ति उक्त कलेजका मानार्थ फेलो छन् । यस्ता चर्चित व्यक्तिबीच आफूलाई पनि मानार्थ फेलो नियुक्त गरि

मेला रोकिएपछि १५ करोड रुपियाँबराबरको क्षति दाबीसहित मुद्दा दायर

Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं ।  स्पष्ट आधारबिना काठमाडौँ महानगरपालिकाले राजधानीको शैक्षिक मेला रोकेको आरोप लगाउँदै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले १५ करोड रुपियाँबराबरको क्षति दाबीसहित मुद्दा दायर गरेको छ। आइतबार हिसानद्वारा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो। हिसानका महासचिव लोकबहादुर भण्डारीका अनुसार मेला रोकिँदा भएको १५ करोड रुपियाँबराबरको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ। हिसानले जेठ ३२ गतेदेखि भृकुटीमण्डपमा शैक्षिक मेला आयोजना गरेको थियो। तर माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक नहुँदै मेला स्थलबाटै विद्यार्थी भर्ना गरिएको, उनीहरूको नाम दर्ता गरेको तथा शुल्कबारे जानकारी दिइएको आरोप लगाउँदै महानगरपालिकाले सोही दिन मेला बन्द गराएको थियो। महानगरपालिकाले मेला सञ्चालन गर्नुअघि नै सार्वजनिक स
साइबर सुरक्षा अहिलेको मुख्य चुनौती: मन्त्री रेखा शर्मा

साइबर सुरक्षा अहिलेको मुख्य चुनौती: मन्त्री रेखा शर्मा

Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, घोराही।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा अहिलेको प्रमुख चुनौती रहेको बताउनुभएको छ । शनिबार घोराहीमा आयोजित सञ्चार, साइबर सुरक्षा नीति तथा कानूनसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै यसको सुरक्षाका चुनौती बढेको बताउँनु भयो । मन्त्री शर्माले भन्नु भयो, नेपालमा सूचना प्रविधिको विकास तीव्र गतिमा भइरहेको छ, तर प्रभावकारी कानुन, नीति र नियमावली नहुँदा यसको दुरुपयोगको जोखिम बढेर गएको छ र यसलाई सम्बोधन गर्नुपर्ने चुनौती सरकारका सामु छ। कमजोर साइबर सुरक्षा कानुनका कारण नागरिकको गोपनियता हनन भई विभिन्न साइबर अपराध हुने गरेको मन्त्री शर्माले बताउँनु भयो । यस्ता दुरुपयोग हुन नदिन सरकारले साइबर सुरक्षा ऐन बनाउँन लागेको उहाँले बताउँनु भयो । । ‘सूचना र प्रविधिको दुरुपयोग र साइबर अपराधमा भएको वृद्धि